mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Friday 31 December 2010

चिसो बढेका कारण बागलुङ पर्वत र म्याग्दीकेा जनजीवन प्रभावित

 बिहिबार रातीदेखि अत्याधिक चिसो बढेका कारण बागलुङ पर्वत र म्याग्दीकेा जनजीवन पनि प्रभावित भएको छ । म्याग्दीको हिमाली गाउँ खोप्रा रिखार गुर्जा लगायतका गाउँहरुमा हिमपात भएका कारण त्यहाँको जनजिवन प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि गुर्जाको सम्पुर्ण गाउँ नै ढाक्नेगरि भएको हिमपातका कारण गुर्जाबासीहरु घरबाहिर निस्किन नसकेको स्थानीय बासीले बताएका छन् ।
हिपातकै कारण बिद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ । सदरमुकाम बेनी बजारमा पनि यो वर्षकै अत्याधिक चिसो अनुभव गरिएको छ भने बागलुङको पश्चिमी भेगमा रहेका बोवाङ ढोरपाटन खुंगा खुंखानी रणिसंहकिटनी निसी लगायतका गाविसहरु र पर्वतको उत्तरी भेग चिसोबाट बढी प्रभावित बनेको छ ।
धौलागिरी अन्चलका चारै जिल्ला सदरमुकाम लगायत अन्य भागहरुमा बिहानै देखी सूर्य देखिएको छैन । सबैतिर ढपक्क बादलले ढाकेर चिसो बढाएकोले अन्चलको जनजीनवन यस वर्ष अहिले सम्मकै जाडो अनुभूति भएको छ ।

नेपालकै सबैभन्दा पुरानो भग्नावशेष

पर्वत पुष १६ । इट्टा बनाउनका लागि माटो खन्ने क्रममा पर्वतको पाङ गाबिसमा भेटिएको बिभिन्न आकृतिका कलात्मक सामाग्रीहरु नेपालकै सबैभन्दा पुरानो भग्नावशेष हुन सक्ने पुरातत्व विभागले जनाएको छ । पर्वत जिल्लाको पाङ्ग गाविस-२ कालीमाटीका हिरामणी रिजालको खेतमा पुष १२ गते माटो खन्ने क्रममा भेटिएका बस्तुहरुको पुरातत्व बिभागमा प्रारम्भिक परिक्षणका क्रममा अहिले सम्म उत्खननका क्रममा भेटिएका मध्ये सबैभन्दा पुरानो अबशेष हुन सक्ने देखिएको हो ।
माटो र सामाग्री परिक्षणका क्रममा १२ हजार बर्ष पहिलेको ढुंगे युगमा प्रयोग भएको हुन सक्ने पुरातत्व बिभागका महानिर्देशक बिष्णुराज कार्कीले जानकारी दिनुभयो । उहाँले थप परिक्षण पछि यसका बारेमा जानकारी हुने भएकाले उक्त स्थानलाई सुरक्षित बनाउन आग्रह समेत गर्नुभयो ।
बिभागका अधिकृत नवराज अधिकारी सहितको टोलीले मंगलबार माटो परिक्षणका लागि लगेको थियो । उक्त स्थानलाई सुरक्षित बनाउन र प्राचीन सभ्यताका सामाग्री भएकाले पाङ गाउँबिकास समितिलाई तारबार लगाउन तथा प्रहरीलाई सुरक्षा गर्न निर्देशन दिइसकिएको निमिक्त प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलले बताउनुभयो । पुरातत्व बिभागको अनुरोध अनुसार स्थानको सुरक्षाका लागि निर्देशन दिने काम भएको र जिल्लाकै गौरबको समेत बिषय भएको उहाँको भनाई छ ।
उक्त स्थानामा इट्टा बनाउनका लागि माटो खन्ने क्रममा पुरातात्विक महत्वका बिभिन्न सामाग्री र मन्दिर फेला परेको हो ।
माटो खन्दा सानो गुफा त्यसभित्र जीर्ण अवस्थामा रहेको मन्दिर र मुर्ती भेटिएको थियो । कालिमाटीका हिरामणी रिजालको खेतमा इट्टा बनाउने क्रममा माटो खन्दा करिब ५।६ फिट तल सानो तीन मिटर लामो गुफा भित्र जीर्ण अवस्थमा रहको भवन मुर्ती र घैंटा भेटिएको थियो ।
भेटिएको गुफा करिब ३ मिटर लम्बाई २ मिटर चौडाई र ३ फिट उचाइ रहेको छ । उक्त गुफाको छेउमा पानी संकलन गर्ने घंटो समेत भेटिएको छ । माटो खन्ने क्रममा यस्तो भेटिएपछि स्थानीयवासीहरु अचम्म मानेका छन । अहिले सो गुफा हेर्ने र मुर्तीको पुजा गर्नेहरुको भीड लागेको छ ।

पर्वतका ५५ वटै गाविसमा सर्वसुलभ रुपमा नेपाल टेलिकम

पर्वत पुष १६ । जिल्लाको कालापानी भनेर चिनिदै आएको पर्वतको पैयु क्षेत्रमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गरी साचालनमा ल्याउने तयारी गरेपछि पर्वतका ५५ वटै गाविसमा सर्वसुलभ रुपमा नेपाल टेलिकमका सेवाहरु सुचारु हुने भएका छन् ।
धौलागिरि अचलकै बासिन्दा भएपनि विगतमा समयमा लुम्बिनी र गण्डकी अचलको सचारसेवा सुविधा उपभोग गर्दै आएका दक्षिणी भेगका बासिन्दा निकट भविष्यमा नै आफ्नै अाचलको सेवा लिन पाउने भएका छन् ।
नेपाल टेलिकमले जिएसएम मोबाइलको सेवा विस्तार योजना अन्तर्गत दक्षिणी हुवास बजारमा टावर साचालनमा ल्याउन थालेको छ ।
टावर साचालनमा आएपछि एक दर्जनभन्दा बढी गाविसबासीहरु सेवामुखी हुने भएका छन् । ुटावर सचालनमा आएपछि धौलागिरि अचलका प्रयोगकर्ताहरुले अन्य अचलको सेवा सुविधा लिन बाध्य हुने छैनन्ु नेपाल टेलिकम पर्वतका प्राविधिक केशव प्रसाद भूषालले भन्नुभयो ुपौष महिना भित्रै टावर सचालनमा ल्याउने तयारी गरेका छौं ।ु
यस भन्दा अघि दक्षिणबासीहरुले गुल्मी बुटवल पाल्पा स्याङजा लगायतका स्थानबाट सचालन भएका सचारसाधानहरु प्रयोग गर्दै आएका थिए ।
टेलिकम पर्वतका अनुसार अहिलेसम्म जिल्लाका विभिन्न ११ स्थानमा टावर खडा गरिएको छ । टेलिकमले जिल्लाको धाइरिङ पाङ दुर्लुङ पकुवा बाजुङ पातिचौर पिपलटारी मुडिकुवा खानीगाउँ लुंखु लगायतका गाविसमा टावर साचालनमा ल्याइसकेको छ ।
दक्षिणी हुवास बजारमा साचालनको तयारीमा रहेको छ भने पाङराङ र शंकरपोखरीमा टावर खडा गर्न आवश्यक तयारी गरिएको टेलिकम पर्वतका शाखा प्रमुख रामकृष्ण मल्लले जानकारी दिनुभयो ।
सरकारले प्रत्येक गाविसमा टेलिफोन सेवा पुर् याउने लक्ष्य स्वरुप ठाउ ठाउमा मोवाइल टावर स्थापना गरेपछि पर्वत जिल्लालाई साचारपुर्ण जिल्ला बनाउने उद्देश्यका साथ जिल्लाका सम्पूर्ण क्षेत्रमा अहिले टेलिकमका सेवा विस्तार गर्न थालिएको मल्लले जानकारी दिनुभयो ।
समग्र धौलागिरीको तथ्याङक अनुसार जिएसएम प्रयोग कर्ता दुई लाख पुगेका छन् । त्यसमध्ये अनुमानित एक चौथाई ग्राहकहरु पर्वत जिल्लामा रहेका छन् ।
नेपाल टेलिकम सँगै पर्वतका एनसिएल युटिएल लगायतका सचारकम्पनीहरुले पनि आफ्नो सेवालाई प्रभावकारी बनाउँदै लगेका छन् ।
यता जिल्लाकै फलामखानी गाविसमा स्मार्ट टेलिकमले पनि आफ्नो सेवा विस्तारका लागि टावर खडा गर्न थालेको छ 

पर्वंतको शंकरपोखरीमा क्याम्पस संचालन भएपछि हर्षित

पर्वत पुष १६ । क्याम्पस पढ्नका लागी सदरमुकाम कुस्मा तथा पोखरा काठमाडौ जानुपर्ने बाध्यतामा रहेका पर्वतको ग्रामिण भेगका ४ गाबिसका बिद्यार्थीहरु गाउमै स्नातक तहको क्याम्पस संचालन भएपछि हर्षित भएका छन् । पर्वंतको शंकरपोखरीमा स्थानिय बासीको सकि्रयतामा त्रिभुवन क्याम्पस संचालनमा आएको छ । स्थानियबासीको सहयोगमा क्याम्पस संचालन भएपछि शंकरपोखरी थापाठाना भंगारा मुडिकुवा र खानीगाउका बिद्यार्थीहरुलाई प्रत्यक्ष फाइदा पुगेको छ स्थानिय बासी क्याम्पस संचालन गर्न महायज्ञ गर्न लागेनन् बरु क्याम्पस संचालन गर्न महायज्ञ नै लगाउने नयाँ परिपाटिलाई तोड्दै आफ्नै सकि्रयतामा चन्दा संकलन गरी उदाहरणीय बने । तीस लाख उठाउन स्थानियबासीलाई १० दिन पनी लागेन आठौ दिनमा मोटो रकम संकलन गर्न सफल भए । स्थानियबासी शिक्षक कर्मचारी ब्यापारी बुद्विजीबी तथा राजनितिक दलको सहयोगमा उनीहरुले उक्त रकम उठाएका हुन ।
क्याम्पस प्रमुख टेकनारायण अधिकारीले बिद्यार्थीको चाप र अभिभावकको पहलले क्याम्पस संचालन भएकोमा सबैलाई धन्यबाद दिदै थप सहयोगको अपेक्षा समेत गरेका छन् । क्याम्पसमा सहयोग प्राप्त हुने क्रम जारी छ ।
यसैवीच पर्वतको कार्किनेटा गाविसले रकम खर्च गरेर स्नातक तहको क्याम्पस सुरु गरेको छ । गाविसको रकम खर्च गरेर अन्नपूर्ण उच्च माध्यामिक बिद्यालयलाई अन्नपुर्ण बहुमुखी क्याम्पस बनाइएको हो । गाविसलाई शिक्षा गाविसको रुपमा बिकास गर्नका लागि यहाँका सम्पूर्ण राजनीतिक दल शिक्षासेवी तथा अभिभावकहरु यो अभियानमा लागेका छन् । उच्च शिक्षा लिनका लागि बिभिन्न सहर बजारका साथै घण्टौंको पैदल यात्रा गरेर अन्य गाविसमा जानु पर्ने बाध्यताको अन्त्य गर्नका लागि अभिभावकहरु यस्तो अभियानमा लागेका हुन ।
क्याम्पस सन्चालन पछि पर्वत जिल्लाका कार्किनेटा र छिमेकी गाविसका साथै स्याङ्गजाका बिभिन्न गाविसका विद्यार्थीहरुले गाउँमानै कक्षा १ देखि स्नातक तहसम्म पढ्न पाउने भएका छन् । क्याम्पसमा यसै वर्षबाट बिभिन्न बिषयमा स्नातक तहका कक्षा सुरु गरिएको क्याम्पस सन्चालक समितिले जनाएको छ । गाउँमा क्याम्पस सन्चालन भएपछि यस गाबिस लगायत अन्य छिमेकी गाबिसहरुबाट कुस्मा पोखरा काठमाण्डौ लगायतका स्थानमा जानुपर्ने बाध्यता हट्ने र गरिव बिद्यार्थीहरुले पनि गाउँमै उच्च शिक्षा तह सम्मको पढाई पढ्न सक्ने भएकाले छाक कटाएर भएपनि क्याम्पस संचालन गर्ने अभियान चलाएको अभिभावकहरुको भनाई छ ।

Thursday 30 December 2010

शसस्त्र प्रहरी जवान आधारभुत तालिमको दिक्षान्त समारोह

पर्वत पुष १५ । चण्डिका शसस्त्र प्रहरी गण कुस्मा पर्वत्ामा सन्चालित सि सं २१९ थ शसस्त्र प्रहरी जवान आधारभुत तालिमको दिक्षान्त समारोह बुधवार सम्पन्न भएको छ ।
गणमा सचालित तालिममा २ सय १ जना जवानहरु सहभागी भएपनि जम्मा १ सय ९४ जनाले तालिम पुरा गरि दिक्षीत भएका हुन ।
तालिम पुरा गरेका शसस्त्र प्रहरी जवानहरुलाई शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनी पति डिआइजी दुर्जकुमार राईले कवाज निरीक्षण तथा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
तालिममा सर्बोत्कृष्ट हुने मिलन रुम्बा लगायतका प्रशिक्षार्थीहरुलाई बाहिनीपति राईले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो । तालिम २०६६ फागुनबाट शुरु भएको थियो ।
कार्यक्रममा बोल्दै बाहिनीपति राईले शसस्त्र प्रहरी नायब महानिरिक्षक दुर्जकुमार राईले नेपाली जनता र राष्ट्रले दिएको जिम्वेवारी पुरा गर्न शसस्त्र प्रहरी हरदम तयार रहेको बताउँदै मुलुक र जनताको आस्था र बिश्वास जित्न सकेमा मात्र स्थापनाको उद्देश्यमा शसस्त्र प्रहरी सफल हुन्छ भन्नुभयो 

व्यवहारिक कार्ययोजनाद्धारा शैक्षिक पहुच कार्यक्रम संचालन

पर्वत पुष १५ । विद्यालयमा व्यवहारिक कार्ययोजनाद्धारा शैक्षिक पहुच कार्यक्रम संचालन भएपनि शैक्षिक सुधार भएका पर्वतमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । निवृत्त शिक्षक समाज पर्वतद्धारा वुधवार पर्वतमा आयोजित गोष्ठीका सहभागीले समाजले जिल्लाका २० विद्यालयमा साचालन गरेको कार्यक्रम जिल्लाका सबै विद्यालयमा साचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
विद्यार्थी विद्यालयमा जानु मात्र ठुलो कुरा हैन निरन्तरता टिकाउ समेत हुनुपर्ने बताएका छन् । कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी टेकप्रसाद पाण्डेले समाजले २० विद्यालयमा साचालन गरेको कार्यक्रम शैक्षिक सुधारका लागि महत्वपुर्ण भएको बताउनुभयो ।
निवृत्त शिक्षक समाज पर्वतका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवालय श्रोत केन्द्रका विद्यालय निरिक्षक नारायण शर्मा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष ओमप्रसाद घायल नेपाल शिक्षक युनियन पर्वतका कावा अध्यक्ष हिरादेवी पौडेल गैसस महासंघ पर्वतका अध्यक्ष देवीप्रसाद तिमिल्सीना समाजका सचिव रामप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो 

जवरजस्ती सम्बन्ध विच्छेद गराईएको भन्दै

पर्वत पुष १५ । पर्वत जिल्लाको शिवालय गाविसका कृष्ण परियार र आर्थर घर भएका अन्जु क्षेत्रीको विबाहलाई केटीका बुबा मानबहादुर क्षेत्रीले सम्बन्ध विच्छेद गराएको आरेप लगाउदै बिरोध गरिएको छ । जातीयताको विषयलाई लिएर प्रहरीकै रोहबरमा सम्बन्ध बिच्छेद भएको भन्दै धौलागिरीका कि्रयाशील दलित अधिकारकर्मी तथा विभिन्न सङ्घ सस्थाहरुले आपत्ति जनाएका छन ।
दलित उत्पीडित समुदायको साजाल बागलुङ उत्पीडित दलित समुदायको सन्जाल धौलागिरी दलित साझा सन्जाल पर्वत दलित साझा मन्च म्याग्दी छुवाछूत अपराध निगरानी केन्द्र बागलुङ दलित छुवाछूत निगरानी केन्द्र पर्वत दलित गैरसरकारी संस्था महासंघ बागलुङ र दलित सन्जाल बागलुङले आज सयुक्त विज्ञप्ती प्रकाशित गरी प्रहरीको रोहवरमा मानबहादुरले कानुनको ठाडो उल्लङ्घन गर्दै कानुनी राज्यको उपहास गरेको भन्दै भत्स्रना गरेका छन् ।
अन्तर जातिय विवाह गरेकै कारण जातिय विभेद् गरी जवरजस्ती सम्बन्ध विच्छेद गराईएको भन्दै उनीहरुलाई सँगै बाँच्ने बातावरण मिलाईदिन विज्ञप्तीमार्फत सम्बन्धीत निकायमा अनुरोध गरिएको छ । यदि वातावरण सिर्जना नभए संघर्षमा उत्रने पनि उनीहरुले चेतावनी दिएका छन् 

Wednesday 29 December 2010

सामान्य विवादमा खुकुरी प्रहार


म्याग्दी १४ पुष
सामान्य विवादमा खुकुरी प्रहार गर्दा म्याग्दीको कुहुँ गाविसको पुर्ण गाउँमा एकै परिवारका तिन जना गम्भिर र्घाईते भएका छन् ।
बुधबार विहान करिव १० बजे कुहुँ गाविस वडा नंवर १ पुर्ण गाउँका डिलबहादुर अर्मजाले खुकुरी प्रहार गरि करिव ६३ वषिर्य तेजबहादुर बुढाथोकी , उनकी ६० वषिर्या श्रीमती मनकुमारी बुढाथोकी र छोरी गुनमयाँ बुढाथोकीलाई गम्भिर भएका हुन् ।
खुकरी प्रहार पछि डिलबहादुर अर्मजा फरार भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थल तर्फगएको छ । खुकुरी प्रहार गर्ने डिलबहादुर अर्मजा पहिला मानसिक बिरामी भएको भएपनि केहि समय यतादेखि सामान्य अवस्थाका नै रहेको स्थानीय गजेन्द्रबहादुर केसीले बताउनुभयो ।
र्
अर्मजाले तेजबहादुरको घरबाट केहि हप्ता अगाडी बन्चरो मागेर लगेको र सोहि बन्चरो माग्ने क्रममा तेरो बन्चरो मैले किन दिने भन्दै परिवारका सम्पर्ुण्ा सदस्यहरूलाई एकाएक खुकुरी प्रहार गरेको स्थानीय बासीन्दाहरूले बताएका छन् ।
घाइतेहरूलाई उपचारका लागि सदरमुकामस्थीत जिल्ला अस्पतालमा ल्याइदैगरेको छ भने उनिहरूलाई कुनकुन स्थानमा चोट लागेको छ भन्नेकुरा भने खुल्नआएको छैन

दुध ढुवानी गर्न नसक्दा समस्या सृजना


 १४ पुष
आफ्नै घरमा पालेका गाइभैंसीको दुध बेचेर परिवारको खर्च धान्नका लागि हजारौं रुपैयाँ खर्चेर त्यस पेशातर्फलागेका म्याग्दी र पर्वतका किसानहरूलाई सहज तरिकाले दुध ढुवानी गर्न नसक्दा समस्या सृजना हुनेगरेको छ ।
गाउँमा सडक यातायात पुगेको भएपनि आवश्यक परेका बेला यातायातका साधन उपलब्ध नहुँदा र भएपनि भाडादर निकै महंगो भएका कारण म्याग्दीको राखुपिप्ले, दग्नाम, पाखापानीका साथै पर्वतको लेखफाँटका किसानहरूलाई दुध बिक्रिका लागि दैनिक चारदेखि छ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
गाउँमा मोटरबाटो पुगेको भएपनि नियमीत गाडि नचल्दा दूधको भारी बोकेर बेनी पुग्नुपर्ने बाध्यता दैनिकी बनेको लेखफाँटका किसान कृष्णप्रसाद सुवेदीले बताए । विद्युतको अभावमा दूध संकलन केन्द्र स्थापना गर्न नसकिएकाले समस्या परेको किसानहरूले गुनासो गरेका छन् ।
विद्युतीकरणका लागि गाउँभरी लाईन जडान भएको एक वर्षपुगेपनि अहिलेसम्म अधिकाँस गाउँमा बिजुली बलेको छैन ।
त्यस्तै सोही गाउँका किसान श्यामप्रसाद सुवेदीले विद्युत अभावमा दूध संकलन केन्द्र स्थापना हुन नसक्दा बजारीकरण गर्न समस्या परेको बताए ।

Tuesday 28 December 2010

दुर्लुङ्गकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीयवासी जुटे

पर्वत पुष १३ । जिल्लाको सदमरमुकाम सँगै जोडिएको दुर्लुङ्ग गाविसमा अवस्थित दुर्लुङ्गकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीयवासी जुटेका छन् । मनोरम दृश्यहरु देख्न पाईने र यस क्षेत्रकै अग्लो स्थानमा रहेकाले पर्यटनको प्रसस्त सम्भावना रहेका कारण सरोकारबालाहरु जुटेका हुन् । शिवालय चुवा दुर्लुङ्ग खर्कोट पाङ बनौ क्याङ लगायतका बासीन्दाहरुको साझा मन्दिरको रुपमा रहेको दुर्लुङ्गकोट प्रर्यटकीय क्षेत्र बनाउन आवश्यक तयाराीका लागि स्थानीय धिरवहादुर गुरुङ्गको अध्यक्षतामा समिति गठन भएको छ ।
सरोकारवालको भेलाले दुर्लुङ्गकोट भुमेदेवता तदर्थ समिती गठन गरेको हो । ससितीको उपाध्यक्षमा भोलाप्रसाद शर्मा सचिव पुजा गुरुङ्ग कोषाध्यक्ष ढकप्रसाद गुरुङ्ग सहसचिव रावण शर्मा रहनुभएकेा छ । भेलाले बाबुराम शर्माको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा समीती समेत चयन गरेको छ । समितिमा लोकनाथ आचार्य नारायण शर्मा प्रभु गुरुङ्ग र राजेन्द्र पहाडी रहनुभएको छ । उक्त समितीले भुमे देवताको मन्दीरलाई कसरी प्रर्यटकिय क्षेत्र वनाउन सकिन्छ भन्ने वारेमा छलफल र व्यवस्थापन गर्ने जनाएको छ 

ग्रामीण बजारहरुमा अखाद्य र गुणस्तरहीन बस्तु फेला

पर्वत पुष १३ । पर्वतको सदरमुकाममा भन्दा जिल्लाका ग्रामीण बजारहरुमा अखाद्य र गुणस्तरहीन बस्तु फेला परेका छन् । बजार अनुगमन समितिले सदरमुकाम बाहिरका व्यापारीक केन्द्रहरुमा गरेको बजार अनुगमनमा अखाद्य पदार्थ म्याद नाघेका र गुणस्तहिन बस्तुहरु भेटिएका हुन् । समय समयमा सम्वन्धीत निकायवाट बजार अनुगमन नुहँदा व्यापारीहरुले आम उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्दै म्याद नाघेका र गुणस्तरहिन वस्तुहरुको विकि्र वितरण गरेको पाईएको हो ।
सदरमुकाम कुश्मावजार बाहिरका व्यापारीक केन्द्रहरुमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका मिसावट भएका र मिति उल्लेख नगरीएका तथा कम्प्ानीको मुल्य भन्दा बढि वा घटिमा बेचेको पाईएको हो ।
मालढुङ्गा बेनी सडक अन्तर्गत पर्ने वारीबेनी मिलनचोक लस्ती मालढुङ्गा र सहस्रधारा तथा पातीचौर डिमुवा लगायतका बजारहरुमा अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सुरक्षा निकाय र उपभोक्ता माचका पदाधिकारी जिल्ला कृषि विकास कार्याल्ायका प्रतिनिधिको टोलीले गरेको बजार अनुगमनमा अखाद्य वस्तु भेटीएका हुन् ।
किराना मिठाई डेरी तथा खाद्य वस्तु विकि्र हुने सवै पसलहरु अनुगमन गरिएको उपभोक्ता माच पर्वतका संयोजक सरीता भण्डारीले जानाकारी दिनुभयो ।

संयोजकमा एकीकृत नेकपा माओवादीका पुरन गिरी

bj sharma darpan
पर्वत पुष १३ । स्थानीयस्तरमा हुने द्वन्द्वलाई निराकरण गर्ने उद्देश्यले पर्वत जिल्लाको शिवालय गाविसमा स्थानीय शान्ति समिति गठन भएको छ ।
नवगठित समितिको संयोजकमा एकीकृत नेकपा माओवादीका पुरन गिरी रहनुभएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका माधव पौडेल नेकपा एमालेका रुद्र गिरी नेकपा मालेका लालवहादुर हरीजन नेकपा एकीकृतका खड्गवहादुर पुन राप्रपा नेपालका लक्ष्मी गिरी र सदस्य सचिवमा रामचन्द्र अधिकारी रहनुभएको छ ।
त्यस्तै आमन्त्रित सदस्यमा गैरसरकारी संस्था महासंघ पर्वतका सचिव यामवहादुर मेघासी लोकतान्त्रिक गैससका गणेश क्षेत्री र सुर्यप्रकाश पौडेल हरीदत्त शर्मा रहनुभएको छ ।
भेलामा स्थानीय शान्ति समितिका संयोजक कृष्ण गौडेल नेकपा एकीकृतका तेजेन्द्र पौडेल र शान्ति समितिका कार्यालय सचिव डिलकृुमारी शर्माले बोल्नुभएको थियो 

भेटिएको विभिन्न आकृतिका कलात्मक सामाग्रीहरु

पर्वत पुष १३ । इट्टा बनाउनका लागि माटो खन्ने क्रममा भेटिएको विभिन्न आकृतिका कलात्मक सामाग्रीहरु परिक्षणका लागि पुरातत्व विभागमा लगिएको छ । पर्वत जिल्लाको पाङ्ग गाविस-२ कालीमाटीका हिरामणी रिजालको खेतमा गत साता इट्टा बनाउने क्रममा माटो खन्दा भेटीएका वस्तुहरु परिक्षणका लागि लगिएको हो ।
माटो खन्न्ो क्रममा करिब ५/६ फिट तल सानो तीन मिटर लामो गुफा भित्र जिर्ण अवस्थमा रहको भवन मुर्ती र घैटा भेटीएका थिए । करिव ३ मिटर लम्बाई २ मिटर चौडाई र ३ फिट उचाइ भएको उक्त गुफाको छेउमा पानी संकलन गर्ने घैटो समेत भेटिएको थियो ।
स्थानीयबासीहरुले उक्त मुर्ति तथा अन्य भेटिएका सामाग्रीहरु ऐतिहासिक र पुरातात्वीक हुन सक्ने भएको दाबी गरेपछि पुरातत्व विभागमा लगिएको बताइएको छ । संग्राहलयका अधिकृत नवराज अधिकारी सहितको टोलीले मंगलबार माटो परिक्षणका लागि लगेको हो ।

पुल भाँचिएपछि समस्यामा परेका

bj sharma darpan

अन्नपुर्ण पदयात्रामा पर्ने कास्कीको दाङ्गसीङ्ग गाविस-७ देखि पर्वतको भुकताङले गाविस-३ जोड्ने ठाडोखोलमा रहेको झोलुङ्गे पुल लामो समय सम्म पनि मर्मत हुन सकेको छैन् । विगत एक वर्षहिले पुल भाँचिएपनि सम्वन्धीत निकायले
चासो नदेखाउँदा आन्तरीक तथा बाहृय पर्यटकहरु समस्यामा परेका छन् । दैनिक सयौको संख्यामा र्सवसाधारण तथा पर्यटकहरु ओहोरदोहोर गर्ने पुल भाँचिएपछि समस्यामा परेका हुन् ।
जिल्ला विकास समितिको सहयोगमा २०५८ सालमा निर्माण भएको सो पुल मर्मतमा गाविस, स्थानीय वासी र जिविस लगायतकाले चासो नदेखाउँदा मर्मत हुन नसकेको हे । हिउँदको समयमा खोलाबाट जोखीमपुर्ण यात्रा गर्दै आएपनि बर्षातको समयमा भने दुइ घण्टाको पैदल हिडेर खोला तर्न वाय भएका छन् ।
पुल मर्मत नहुँदा उक्त क्षेत्रमा आउने पर्यटकहरु पर्वतको भुकताङले गाविसमा रहको रमणीय स्थलहरु अवलोकनका लागि जानवाट बञ्चित भएका छन् । भुकताङ्ले गाविसमा रहेका भमरकोट, फलामेडाडा लगायतका प्रशिद्ध धार्मिक स्थलमा जान नसकेको स्थानीय तेजप्रसाद शर्माले बताए । उनले भने-’पुल मर्मत नहुँदा गाविसमा आउने आन्तरीक तथा वाहृय पर्यटकहरुलाई समस्या परेको छ ।’ पुल सुचारु हुँदा अन्नपुर्ण पदयात्रामा आउने पर्यटकहरु भुकताङ्ले गाविसमा जाने र केही दिन उक्त गाविसका विभिन्न स्थलहरुमा घुमेर र्फकने भएपनि पुल भाँचिएपछि जाने छाडेको उनले बताए ।
यसैविच उक्त पुल मर्मतका लागि रकम जुटाउन स्थानीय नवदीप युवा क्लवले ल्होसार पर्वको अवसरमा महोत्सव गर्ने भएको छ । पर्वतको भूकताङले गाविस स्थित लौसीबोटमा स्थानीय युवाहरुले लौसीबोट ल्होसार महोत्सवको आयोजना गरेका हुन् । क्लाधुँ तमु समाजको संयोजकत्वमा स्थानीय नवद्धिप युवा क्लवले पौष १७ देखि २१ गते सम्म सञ्चालन हुने गरी महोत्सवको आयोजना गरेको हो 

Monday 27 December 2010

दृष्टिबिहिनहरुका लागि शैक्षिक सामाग्रीहरु वितरण

गणेश पौडेल
पर्वत
प्लान नेपालको सहयोगमा बाग्लुङ्ग नेत्रहिन संघले धौलागिरीका ३ जिल्लाका दृष्टिबिहिनहरुका लागि बिभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । पर्वत बाग्लुङ्ग र म्याग्दी जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययनरत ६० जना बिद्यार्थीहरुका लागि ती सामाग्रीहरु वितरण गरिएको हो ।
३ जिल्लाका ३ वटा दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई रु १ लाख ८० हजार बरावरका शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । पर्वत जिल्लाको शालिजा उच्च माध्यामिक बिद्यालय बाग्लुङ्ग जिल्लाको जनताधन उच्च माध्यामिक बिद्यालय र म्याग्दी जिल्लाको ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्यायनरत नेत्रहिनहरुलाई ति शैक्षिक सामाग्रीहरु वितरण गरिएको बाग्लुङ्ग नेत्रहिन संघका अध्यक्ष हरिदत्त शर्माले जानकारी दिनुभयो । संघले नेत्रहिनहरुका लागि सेतोछडि बे्रल पेपर स्लेट स्टाईलस डिभिडि प्लेयर लगायतका सामाग्रीहरु वितरण गरेको थियो ।
नेत्रहिन बिद्यार्थीहरुलाई शैक्षिका सामाग्री अभावका कारण उचित शिक्षा लिनबाट बिाचत हुनुपर्ने अवस्था आएकाले ति वितरण गरिएको हो । सामाग्रीले उनीहरुको शैक्षिक बिकासमा सहयोग पुग्ने शर्माले बताउनुभयो । नेत्रहिनहरुको हितमा काम गर्ने गरि बिभिन्न संघ संस्थाहरु गठन भएको भएपनि लक्षितबर्ग सम्म पुग्न नसकेकाले उनीहरुले सेवा लिनबाट बिाचत हुनुपरेको उहाँको भनाई थियो ।
बाग्लुङ्ग पर्वत र म्याग्दी जिल्लामा अझैपनि थुपै नेत्रहिनहरु रहेको भएपनि उनीहरुले उचित अवसर पाउन नसक्दा बिद्यालय जान सम्म पनि सकेकाछैनन् । बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुका लागि पनि शिक्षा बिभाग र जिल्ला शिक्षा कार्यालयले ब्रेल पाठ्यक्रम समेत उपलब्ध गराउन नसक्दा पढ्न लेख्न समेत समस्या रहेको शर्माले बताउनुभयो । नेत्रहिनहरुका लागि राज्यले उपेक्षा गरेकाले उनीहरुले उचित अवसर पाउन नसकेको उहाँको भनाई छ 

मानवअधिकार उल्लंघनका घटना सार्वजनिक

पर्वत पुष ११ । अनौपचारीक सेवा केन्द्र इन्सेकद्धारा प्रकाशन गर्न लागेको मानवअधिकार वर्ष पुस्तक २०११ प्रकाशन पूर्वको समिक्षा बैठक आइतवार सदरमुकाम कुश्मावजारमा सम्पन्न भएको छ । कार्यक्रममा पर्वत जिल्लामा सन् २०१० मा घटेका मानवअधिकार सम्वन्धी डेढ दर्जन भन्दा बढि मानवअधिकार उल्लंघनका घटना सार्वजनिक गरिएको थियो । इन्सेक ज्ािल्ला प्रतिनिधि माधवराज पाण्डेले प्रस्तुत गर्नुभएको मानवअधिकार उल्लंघनका घटना उपर जिल्लामा कि्रयाशिल राजनैतिक दल संचारकर्मी सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुले आ-आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।
सहभागिहरुले इन्सेकले निष्पक्ष रुपमा हरेक घटनाहरुलाई उल्ल्ोख गर्नुपर्ने बताएका छन् । घटनालाई सुचीकृत गर्दा पिडक र पिडीत दुवै पक्षको यथार्थतालाई उल्ल्ोख गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमा एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी कृष्ण विक नेपाली कंग्रेसका सचिव खिमप्रसाद भुषाल राप्रपाका सचिव इश्वर गिरी र राप्रपा नेपालका सचिव प्रकाश पौडेल लगायतले बोल्नुभएको थियेा ।

२०११ लाई सफल बनाउन पर्वतका गाउँ गाउँमा महोत्सव हुने

पर्वत पुष ११ । पर्यटन वर्षको रुपमा मनाउन लागिएको सन् २०११ लाई सफल बनाउन पर्वतका गाउँ गाउँमा महोत्सव हुने भएका छन् । पर्यटन वर्षलाई भव्यताका साथ सफल पार्न र परिणाममुखि बनाउन जिल्लाका आर्थर, हुवास, दुर्लुङ्ग, वाँसखर्क, भुकताङले र सदरमुकाम कुश्मावजारमा महोत्सव गर्न लागिएको हो ।
ग्रामीण पर्यटनको विकास गर्ने उद्धेश्य र ग्रामीण क्षेत्रमा रहेका मौलीक पहिचानको प्रवद्र्धन तथा प्रचारप्रसार गरी बढि भन्दा बढि पर्यटक भित्राउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।
पर्वत, कास्की र स्याङजाको संगम स्थलमा रहेको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल पचासेको प्रचार प्रसार गर्ने उद्धेश्यले माघ १ गते देखि ६ गतेसम्म आर्थर महोत्सव गरिने भएको छ । पचासे आउने पर्यटकको संख्यामा वृद्धि गर्न र चित्रे आर्थर भदौरे लगायतमा गाउँमा विस्तार गरिएको होम स्टेको प्रवद्र्धन तथा प्रचार गर्न तथा गुरुङ्ग संस्कृतिको जगेर्ना गर्नका लागि महोत्सव गर्न लागिएको हो ।
यस्तै भूकताङले गाविस स्थित लौसीबोटमा स्थानीय युवाहरुले लौसीबोट ल्होसार महोत्सवको आयोजना गरेका हुन् । क्लाधुँ तमु समाजको संयोजकत्वमा स्थानीय नवद्धिप युवा क्लवले पौष १७ देखि २१ गते सम्म साचालन हुने गरी महोत्सवको आयोजना गरेको हो ।
त्यस्तै दुर्लुङ्ग गाविसमा जिल्लामै पहिलोपटक लालीगुराँस महोत्सव गरिने भएको छ । साँस्कृतिक तथा प्राकृतिक सम्पदाले महत्वपुर्ण स्थल मानिने दुर्लुङ्गमा पर्यटन सुचना तथा प्रविधि सम्वद्र्धन समितिको आयोजनामा माघ २६ देखि २९ गते सम्म दुर्लुङ्ग लालीगुराँस महोत्सब गरिने भएको हो ।
यसैगरी दक्षिण पर्वतको पैंयु क्षेत्रमा पैंयु महोत्सव हुने भएको छ । रमणीय पैंयु हाम्रो आधार ग्रामिण विकासको लागि कृषि हाम्रो पूर्वाधार भन्ने मुल नाराका साथ फागुनको पहिलो साता महोत्सव गरिने भएको हो । दक्षिण क्षेत्रको पर्यटन एवं कृषिको बजारीकरण र प्रवद्र्धन गर्नका लागि महोत्सव गर्न लागिएको छ ।
त्यसैगरी ‘समग्र पर्वत जिल्लाको प्रवद्र्धन हाम्रो दायित्व’ भन्ने मुल नाराका साथ आगामी फागुन १६ गतेदेखि २२ गतेसम्म तेस्रो पर्वत महोत्सव हुने भएको छ । व्यापार औद्योगिक तथा पर्यटन विकास कृषि लगायत जिल्लको चौतर्फी विकासका लागि महोत्सव गरिने भएको हो ।

Sunday 26 December 2010

घरमा प्लास्टीककका टनेल बनाउने लहर

गणेश पौडेल 
पर्वत । 
आफ्नै घरवरीपरि रहेको जग्गामा सानै प्रयासले लाखौं रुपीयाँ कमाउन सकिने भएपछि अहिले पर्वत लुंखु देउराली गाविसका कृषकहरु घर घरमा प्लास्टीककका टनेल बनाउने लहर चलेको छ ।
अन्नबालीमा जस्तो बढि परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा बढि फाईदा लिन सकिने भएपछि टनेलमा गोलभेडा खेती गर्न थालेकाहुन् । सुदुरदक्षिणी पर्वतको लुंखुृदेउराली गाविसका अधिकांश घरधुरीमा टनेलमा गोलभेडा खेती गर्न थालिएको छ । टनेलबाट छोटो समयमा बढि आम्दानी गर्न सकिने भएकोले यो प्रबिधि उपयुक्त भएको स्थानियबासीहरु बताउँछन् । 
टनेलमा गोलभेडा खेती गरेर यहाँका कृषकहरुले बर्षमा पचास हजार देखि एकलाख सम्म कमाई गर्ने गरेको लुंखु देउराली गाबिस वार्ड नं। २ काउलेका शेषकान्त पौडेलल बताउनुभयो । टनेल निर्माण गरेपछि आँफुलॆ राम्रो उत्पादनका साथै कमाई गर्न सफल भएको बताउनुभयो ।
पौडेलका अनुशार अहिले लुंखु गाबिसका करिब एक सय कृषकहरुले व्यवसायीक रुपमा टनेलमा गोलभेडा उत्पादन गरिरहेको बताउनुभयो । यहाँका अधिकांस कृषकहरुले पाँच वर्षदेखि व्यावसायीक रुपमा टनेलमा गोलभेडा खेती गर्दै आएकाछन् । बिभिन्न संघ संस्थाको सहयोगमा आर्थिक तथा प्राबिधिक तालिम लिएपछि यहाँका कृषकहरु टनेल खेती तर्फ आकर्शित भएका हुन् । यहाँ उत्पादित तरकारी तथा गोलभेडा कुस्मा पोखरा स्याङ्गजा लगायतका ठाउँमा बिकि्र हुने भएकाले बजारको समेत समस्या नरहेको कृषकहरुको भनाई छ ।

Saturday 25 December 2010

अनिश्चितकालीन धौलागिरि बन्द आज फिर्ता

धवलागिरिका व्यवसायीहरुले राखेका बिभिन्न १० बँुदे माग प्रशासनले पुरा गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबारदेखी ब्यवसायीहरुले गरेको अनिश्चितकालीन धौलागिरि बन्द आज फिर्ता लिएका छन । 
जिल्ला प्रशासन कार्यालय बागलुङ र उद्योगी ब्यवसायीहरुबिच आज उद्योग बाणिज्य संघ बागलुङमा भएको बार्तामा प्रशासनले ब्यवसायीहरुको माग तत्काल पुरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि बन्द फिर्ता लिएका हुन । 
कारोबारमा आएका भारतिय नोटको यथाशिघ्र ब्यवस्थापन गर्नुपर्ने, सुरक्षित ब्यवसायिक बाताबरण श्रृजना गर्नुपर्ने, पोखरा–बागलुङ राजमार्गलाई तत्काल मर्मत गर्नुपर्ने, मुस्ताङ सडकको एकाधिकारी अन्त्य गर्नुपर्ने लगायतका १० बुदेँ माग राख्दै ब्यवसायीहरुले अनिश्चीतकालीन धौलागिरि बन्दको घोषणा गरेका थिए । 
शुक्रबार देखी गरेको बन्दका कारण शुक्रबार र शनिबार तिन जिल्लाको जनजिवन प्रभाबित भएको थियो भने मुस्ताङमा भने पर्यटन ब्यवसायीहरुको अनुरोधमा बजार तथा पसलहरु खोलीएका थिए 

कुश्मावजारमा संचालनमा आएको एकमात्र एटीएम सेवा प्रभावकारी

पर्वत सदरमुकाम कुश्मावजारमा संचालनमा आएको एकमात्र एटीएम सेवा प्रभावकारी बनेकेा छ । विश्व विकास वैैंकको पर्वत शाखाले जिल्ल्ामै पहिलोपटक एटीएम सेवा शुरु गरॆपछि स्थानीय स्तरमा नै सेवा लिन पाउँदा प्रभावकारी बनेको हो ।
पछिल्लो समयमा जिल्ला सदरमुकाम कुस्मा बजारमा धेरै वित्तिय संस्थाहरु संचालनमा आएपनि एटीएम सेवा संचालन गर्ने यो पहिलो बैंक हो । वैंकले एटीएम सेवा संचालनमा ल्याएपछि एटीएम सेवा विस्तार गरेका अन्य वैंकका सेवाग्राहीहरु समेत लाभान्वित भएका छन् । बैंकले अहिले एससीटी सेवा लिनेलाई निशुल्क मास्टर काई प्रयोग गरे वापत २५ रुपैया र भिजाको एटीएम प्रयोग गर्नेलाई एक सय २५ सेवा शुल्क लिने गरेको जनाएको छ ।
जिल्लामा एकमात्र एटीएम सेवा भएकोले सेवाग्राहीहरुको घुँईचो लाग्ने गरेको सहायक प्रवन्धक गोकर्ण गौतमलॆ जानाकारी दिनुभयो । सेवा शुरु भएपछि विश्व विकास बैंकका साथै अन्य शाखा र अन्य बैंकहरुवाट एटीएम सेवा लिएकाहरुले प्रयोग गर्ने गरेको गौतमले जानाकारी दिनुभयो । एटिएम बाट रकम निकाल्नका लागि दैनिक भिड लाग्ने गरेको र एक दिनमा ३ देखि ४ लाख सम्म निकाल्ने गरेको उहाँले बताउनुभयो 

गाउँगाउँमा क्याम्पस सन्चालन गर्ने लहर नै

पर्वत पुष ९ । गाउँमा उच्चशिक्षाको लहरले सबै जसो गाउँ बिकास समितिमा उच्चमाबि सा्न्चालन भैसकेका छन अब गाउँगाउँमा क्याम्पस सन्चालन गर्ने लहर नै चल्न थालेको छ । गाबिसको रकम दुरुपयोग भएको र अनुत्पादक क्षेत्रमा प्रयोग भएको जनगुनासो बढिरहेको बेला पर्वतको कार्किनेटा गाबिसले रकम खर्च गरेर स्नातक तहको क्याम्पस शुरु गरेको छ । गाबिसको रकम खर्च गरेर अन्नपुर्ण उच्च माध्यामिक बिद्यालयलाई अन्नपुर्ण बहुमुखी क्याम्पस बनाइएको हो ।
गाबिसलाई शिक्षा गाबिसको रुपमा बिकास गर्नका लागि यहाँका सम्पुर्ण राजनीतिक दल शिक्षासेवी तथा अभिभावकहरु सो अभियानमा लागेका छन । उच्च शिक्षा लिनका लागि बिभिन्न शहर बजारका साथै घण्टौंको पैदल यात्रा गरेर अन्य गाबिसमा जानु पर्ने बाध्यताको अन्त्य गर्नका लागि अभिभावकहरु यस्तो अभियानमा लागेका हुन ।
क्याम्पस साचालन पछि पर्वत जिल्लाका कार्किनेटा र छिमेकी गाबिसका साथै स्याङ्गजाका बिभिन्न गाबिसका बिद्यार्थीहरुले गाउँमानै कक्षा १ देखि स्नातक तह सम्म पढ्न पाउने भएकाछन् ।

दुर्लुङ्गमा पहिलो पटक महोत्सब आयोजना गरिने भएकेा छ ।

पर्यटन बर्ष २०११ लाई मध्यनजर पर्वत जिल्लाको सदरमुकाम संगै रहेको दुर्लुङ्गमा पहिलो पटक महोत्सब आयोजना गरिने भएकेा छ । 
ु पर्यटन सूचना संस्कृती र दुर्लुङ्ग कोटको संरक्षण गरौं पर्यटन बर्ष २०११ लाई सफल पारौं ु भन्ने मुल नाराका साथ माघ २६ गते देखि २९ गते सम्म महोत्सव गरिने भएको हो । जिल्लाकै रमणीय र पर्वत बागलुङ्ग म्याग्दी लगायतका जिल्लाहरुका साथै हिमश्रृफ्लाको दृश्याबलोकनको लागि प्रख्याती कमाएको दुर्लुङ्गमा महोत्सव साचालन हुने भएको हो ।
दुर्लुङ्ग गाबिसको पर्यटन एवं स्थानीय स्तरका लोक संस्कृती लघु उद्यम कृषिजन्य बस्तुहरुक्को बजारीकरण र प्रवद्र्धन गर्नका लागि महोत्सव गर्न लागिएको आज कुस्मामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । महोत्सवले दुर्लुङ्गको ऐतिहासिक तथा पर्यटकीय बिकासका लागि महत्वपुर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । महोत्सवको तयारीका लागि बैठक भेला तथा प्रचार प्रसार अभियान समेत शुरु गरिएको छ भने बिभिन्न ३३ वटा उपसमिति गठन गरि काम शुरु गरिएकॊ मुल आयोजक समितिका संयोजक प्रभु गुरुङ्गले जानकारी दिनुभयो । 
महोत्सवकै अवसरमा स्थानीय भजन प्रतियोगिता रतौलि प्रतियोगिता तथा गुरुङ्ग संस्कृतीमा आधारित रोधि प्रतियोगिता स्थानीय पाचेवाजा स्थानीय संस्कृति झल्काउने झाकी प्रस्तुत गर्नुका साथै राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सब संचालनका लागि गाउँ बिकास समिति जिल्ला बिकास समिति उद्योग बाणिज्य संघ नेपाल पर्यटन बोर्डका साथै स्थानीय समुदायको सहयोग रहने संयोजक गुरुङ्गल जानकारी दिनुभयो 

सरस्वती माध्यामिक बिद्यालयले पनि बिद्यार्थीका लागि कम्प्युटर शिक्षा दिन

पर्वत पुष ९ । गाउँ गाउँमा विद्युतीकरण भएपछि शहरमा मात्रै सिमीत कम्प्युटर अब ग्रामीण बिद्यालयमा साचालन गर्न थालिएको छ । 
पर्वत जिल्लाको बाजुङ्ग गाउँ बिकास समिति-१ पोखरेमा रहेको सरस्वती माध्यामिक बिद्यालयले पनि बिद्यार्थीका लागि कम्प्युटर शिक्षा दिन थालेको छ । बिद्यालयमा कम्प्युटर शिक्षा शुरु भएपछि बिद्यार्थीहरुमा अध्ययनमा रुची बढेर जान थालेको छ ।
बिद्यालयमा बिगत ५ बर्ष देखि कम्प्युटर कक्षा साचालन भैरहेको छ । पहिले पाठ्यपुस्तकको भरमा शिक्षा हासिल गर्ने बिद्यार्थीहरु आजकल कम्प्युटरमा माउस घुमाएर जानकारी लिने गर्न थालेका छन । बिद्यालयमा हप्तामा ३ दिन कम्प्युटर कक्षा संचालन गरेको प्रधानाध्यापक प्रकाश क्षेत्रीले ।बताउनुभयो ।
जापानको लायन्स क्लब अफ हिरोशिमा र लायन्स क्लब अफ नागासाकी वेष्टको सहयोगमा बिद्यालयमा सुबिधा सम्पन्न भवन सहित कम्प्युटर शिक्षा शुरु भएको हो 

Friday 24 December 2010

भोलिदेखि अनिश्चितकालीन धौलागिरि बन्दको घोषणा

 पुस ९ । धौलागिरिका बागलुङ पर्वत र म्याग्दीका उद्योग वाणिज्य संघहरुले भारतीय नोट सहित पक्राउ परेका दुइ जनाको रिहाइ लगायत १० बुदे माग गर्दै शुक्रवार बागलुङ बजार बन्द गराएका छन् । स्थानीय प्रशासनले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै विरोधमा ब्यापारीहरुलॆ भोलिदेखि अनिश्चितकालीन धौलागिरि बन्दको घोषणा गरेका छन् । भोलीदेखि उद्योग, कलकारखाना, शिक्षणसंस्था, यातायात, बजार लगायत सबै ठप्प बनाउने संघले जनाएको छ । हिजो भारतीय नोट सहित पक्राउ परेका दुइ जनालाई रिहा गर्न प्रहरीले नमानेपछि विरोधमा व्यापारीहरु बिरोधमा उत्रेका हुन् ।
भारतीय ५ सय र १ हजारको नोट लिएर बागलुङबाट बाहिर जादै गरेका भारतको रक्सौल घर भएका ४० बर्षिय जगत गुप्ता र पसा्र जिल्लाको छप्कैया गाविस ३ का बष ३७ का हिरालाल कर्णलाई प्रहरी हिजो पक्राउ गरेको थियो । प्रहरीले आज बिहानै दुवै जनालाई राजस्व विभाग काठमाडौंमा पठाएको जनाएको छ ।
भारतमा रोजगारीका लागि गएका हजारौं अन्चलवासीहरु भारतबाट साथमा ५ सय र हजारका भारतीय नोटहरु लिएर स्वदेश फर्कने हुंदा अन्चलमा भारतीय रुपयाको कारोबार हुंदै आएकोमा एक्कासी प्रहरीले व्यापारीहरुलाई पक्राउ गरेकोमा व्यापारी र स्थानीय जनताहरु आन्दोलित बनेका हुन । व्यापारीहरुसंग मात्र नभएर भारतीय सेनामा कार्यरत, अन्य रोजगारीका लागि भारत गएका अन्चलवासीहरुका घरघरमा हजार र पांचसयका भारतीय नोटहरु हुन अस्वाभाविक होईन । प्रहरीले पूर्वाग्रह राखेर नै जनतालाई दुख दिन खोजेका आरोप जनताहरुले लगाएका छन् ।

धौलागिरी अञ्चल बन्दको घोषणा

यहाँका उद्योगी, व्यवसायीले शुक्रवारदेखि अनिस्चितकालीन धौलागिरी अञ्चल बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् । प्रहरी प्रशासनले विविन्न बहाना व्यापारीलाई दुःख दिएको भन्दै उद्योग बाणिज्य संघको नेतृत्वमा धौलागिरी बन्दको घोषणा गरेर सडका ओलिएका छन् ।   प्रहरीले भारतीय नोटको अवैध कारोवार गरेको भन्दै विहिवार दुई जनालाई ३ लाख २५ हजार भारु नोट सहित पक्राउ गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका अञ्चल प्रतिनीधि प्रमोद कुमार श्रेष्ठ नेतत्वको टोलीले प्रशासनमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउँदै बन्दको घोषणा गरेका हुन् । उद्योग बाणिज्य संघको नेतृत्वमा धौलागिरीका पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ बन्दको आयोजना गरेको उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए ।  शुक्रवार पसल बन्द गरेका व्यवसायीले शनिवारदेखि यातायात समेत बन्द गर्ने घोषणा गरेका छन् । व्यवसायीले घरेलु मदिरा उत्पादन गर्ने उद्यमीलाई व्यवस्थापन गर्नुपर्ने, पोखरा बागलुङ सडको स्तरोन्नती गर्नुपर्ने, मुस्ताङ सडकको एकाधिकार अन्त्य गर्नुपर्ने लगायतका १०बुँदे माग समेत अगाडि सारेका छन् ।  व्यवसायीले भारतीय नोटको कारोवार गरेको अवस्था नोट कब्जा गरेको , व्यवसायीलाई प्रकाउ गरेकोप्रति ध्यानाकर्षण भएको बताउँदै भारतीय नोटको कारोवार याथसिघ्र व्यवस्थापन गर्नुपर्ने, पक्राउ परेका उद्यमी व्यवसायीलाई तत्काल रिहा गर्नुपर्ने, सुरक्षित व्यवसायीक बातावरण सृजना गर्नुपर्ने लगायतका माग गरेका छन् । व्यवसायीहरुले आज साँझ बाग्लु८मा राँके जुलुस समेत आयोजना गर्ने जनाएका छन् । प्रहरीले विहिवारा भारतको रक्सौल घर भएका ४० बर्षीय जगत गुप्ता र पर्सा जिल्ला छपकैयाका ३७ बर्षीय हिरालाल कर्णलाई ३ लाख २५ हजार भारु नोट सहित पक्राउ गरेको हो । पक्राउ गरेका दुवै जनालाई शुक्रवार भारु नोट सहित राजस्व अनुसन्धान विभाग काठमाण्डौ चलान गरिएको प्रहरी नायव उपरिक्षक उमा प्रसाद चर्तुवेदीले बताए ।  

Wednesday 22 December 2010

खरावीका कारण बिद्युत सेवा बन्द

पर्वत जिल्लाको बाच्छा गाविसमा संचालित अम्डिखोला लघुजलविद्युत आयोजनमा विगत ५ महिना देखि बन्द भएको छ ।
गत साउन महिनादेखि आयोजनाको टर्वाईनमा आएको खरावीका कारण बिद्युत सेवा बन्द भएको हो । बिद्युत उत्पादन बन्द भएपछि बाच्छा गाविसका चार वडाका २ सय १० घरधुरी अन्धकारमा वस्न बाध्य भएका छन् । २१ किलोवाट क्षमताको सो लघु जलविद्युत आयोजना विगत ७ बर्ष देखि संचालनमा आएको थियो ।
आयोजना बन्द भएपछि स्थानियस्तरमा साचालित केवल नेटवर्क तथा बिभिन्न उद्यमहरु पनि प्रभाबित भएको उपभोक्ता ख्याम बहादुर गुरुङ्गले जानकारी दिनुभएको छ । विद्युत मर्मतका लागि कार्य भईरहेको उहाँले वताउनुभयो । समितिमा मर्मतका लागि प्रयाप्त बजेट नभएकाले समयमै मर्मत गर्न नसक्दा गाउँ अन्धकार बनेको हो । टर्वाईन मर्मतका लागि लगिएकाले छिटै नै आयोजनाबाट विद्युत उत्पादन हुने गुरुङ्गले जानकारी दिनुभयो ।
पर्वत जिल्लामा ग्रामीण उर्जा बिकास कार्यक्रम र जिल्ला बिकास समितिको सहयोगमा बिभिन्न दुर्गम गाउँ बिकास समितिहरुमा संचालित लघु जलबिद्युत अयोजनाबाट १ सय ५६ किलोवाट बिद्युत उत्पादन भई करिब १५ सय घरधुरीले बिद्युत उपभोग गरिरहेकाछन् ।

लायन्स क्लब अफ शिवालय कुस्माले शौचालय निर्माणका लागि सहयोग गर्ने

पर्वत पुष ७ । पर्वतको जिल्लाको विकट देउराली गाविसको लाङ्दी गाउँका अधिकांश घर शौचालय विहिन भेटिएपछि स्थानीय लाङ्दी क्लबले शौचालय निर्माणको पहल गरेको छ । लायन्स क्लब अफ शिवालय कुस्माले शौचालय विहीन भएको जानकारी पाएपछि गाउका शौचालय विहीन ५६ घरमा शौचालय निर्माणका लागि सहयोग गर्ने भएको छ ।
लायन्स क्लब अफ शिवालयका अध्यक्ष बसन्तकुमार कर्माचार्यका अनुसार गाउँका अधिकांश घर शौचालय विहिन र त्यहा बस्ने घरपरिवार गरिबी अशिक्षा चेतनाको कमीले पीडित भएकोले लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि नेपालको सहयोगमा प्रत्येक घरमा शौचालय निर्माण अभियान थालिएको छ । गाउका ६७ घर मध्ये ५६ घरमा शौचालय नभएको स्थानीय लाङदी क्लबका अध्यक्ष जीवन गुरुङ्गले जानकारी दिए 

Tuesday 21 December 2010

जीउने आधारको व्यस्वस्था गर्न सरकारसँग माग

पर्वत पुष ६ । विगतको सशस्त्र व्दन्व्दका क्रममा राज्य पक्ष र तत्कालीन बिद्रोही पक्षको द्धन्दवाट पीडा पाएकाहरुका परिवारले आफुहरुलाई राहत भन्दा आजीवन जीउने आधारको व्यस्वस्था गर्न सरकारसँग माग गरेका छन् ।
सत्कर्म नेपाल बाग्लुङ्ग र व्दन्व्दपीडित अधिकार समन्वय समाज पर्वतले गरेको कार्यक्रममा सहभागी व्दन्व्दपीडितहरुल्ो बास्तबिक पहिचान गरेर उचित व्यवस्था गर्न माग गरेका हुन् । राज्य पक्षवाट पीडीत बनेकाहरुले राज्यले अहिलेसम्म कुनै किसिमको राहत नदिएको गुनासो गरेका छन् । राज्यपक्षले तत्कालीन माओवादीमा संलग्न रहेको आरोपमा गिरफ्तार गरी कुटपिट र अंगभंग गराएकाका परिवारहरुले उपचार खर्च समेत नपाएको गुनासो गरे 

विदेशीहरुको आकर्षण बढ्दै

 नेपाली प्रविधि प्रयोग गरेर नेपालकै नमुना पुलको दावीसहित निर्माण गरिएको पर्वतको पुल अवलोकनका लागि विदेशीहरुको आकर्षण बढ्दै गएको छ । हिमाली तथा पहाडी क्षेत्रका राजमार्गका लागि परीक्षणका रुपमा सो पुलको निर्माण गरिएको हो । 
पर्वतको सदरमुकाम कुस्माबजार नजिकै रहेको दोबिल्ला फलेबास कृषि सडकमा पर्ने मोदीखोलामा निर्माण गरिएको सो पुल बेलायती संसदीय टोलीले हिजो अवलोकन गरेको हो ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्राविधिकहरुले नेपालकै प्रविधि प्रयोग गरेर बनाएको यो पुल अन्य पुलभन्दा लागतमा आधा सस्तो र खोलाहरुमा निर्माणका लागि सजिलो भएकाले नेपालमै थप पाँच हजार यस्ता पुलहरु बनाउन सकिने अवस्था छ ।
बेलायती संसदीय टोलीका प्रमुख म्यालकभ ब्रुसले बेलायतले स्वास्थ्य शिक्षा मौसम परिर्वतनका क्षेत्रमा जस्तै सामुदायिकस्तरमा निर्माण हुने यस्ता पुलहरुको विस्तारका लागि सहयोग गर्न सकिने बताउनुभयो ।
खोलाहरुको बीचमा पिल्लर उठाउन कठिन हुने र खर्चसमेत बढी लाग्ने भएकाले यस्तो प्रविधिको पुल नेपालमा धेरै स्थानमा निर्माण गर्न सकिने विभागका इन्जिनियर निरज शाहले बताउनुभयो ।
उपभोक्ता समितिमार्फत ७२ मिटर लामो पुल बनेको पनि यो नै पहिलो हो । ग्रामीण तथा कृषि सडकहरुमा यसअघि यस्ता पुल चीनलगायतका विदेशी प्राविधिकहरुले बनाउने गरेका थिए । कुल रु। दुई करोड ५३ लाखको लागतमा सो पुल निर्माण गरिएको हो

Monday 20 December 2010

माटो खन्ने क्रममा सानो गुफा मन्दीर र मूर्ति भेटीएको छ

पर्वत पुष ५ । पर्वतको पाङ गाविसका एक किसानले इट्टा बनाउनका लागि माटो खन्ने क्रममा सानो गुफा र त्यसभित्र जीर्ण अवस्थामा रहेको मन्दीर र मूर्ति भेटीएको छ । पाङ्ग गाविस-२ कालीमाटीका हिरामणी रिजालको खेतमा इट्टा बनाउने क्रममा माटो खन्दा करिब ५÷६ फिट तल सानो तीन मिटर लामो गुफा भित्र जीर्ण अवस्थ्ाामा रहको भवन मूर्ति र घैटा भेटीएका छन् । ३ मिटर लम्बाई २ मिटर चौडाई र ३ फिट उचाइ भएको गुफाको छेउमा पानी सङ्कलन गर्ने घैटो समेत भेटिएको छ ।माटो खन्ने क्रममा यस्तो भेटीएपछि स्थानीयवासीहरु अचम्ममा परेका छन् । अहिले सो गुफा हेर्ने र मूर्तिको पूजा गर्नेहरुको भीड लागेको छ । इट्टा बनाउनका लागि माटो खन्ने क्रममा बीचमै गुफा मूर्ति र अन्य वस्तुहरु भेटिएपछि माटो खन्न बन्द गरिएको हिरामणी रिजालले जानाकारी दिनुभयो ।

Sunday 19 December 2010

बालबालीकाहरुले बचत गर्न थाले

पर्वत ।
अभिभावकहरुले बिद्यालयमा खाजा वापत दिएको रकम कटाएर बालबालीकाहरुले बचत गर्न थालेका छन् । बालबालीकाहरुले आँफुले गरेको बचतको रकमले उच्च शिक्षाको लागि खर्च गर्ने योजना बनाएकाछन् ।
जिल्लाको ठानामौला गाविस-९ स्थित जनज्योति माध्यमिक विद्यालय र शिशुकल्याण प्राथमिक विद्यालयका बालबालिकाहरु एक आपसमा संगठित भई आँफुहरुसँग भएको रकम वचत गरि भबिष्यमा शिक्षामा लगानी गर्ने निर्णय गरेका हुन् ।
एक कक्षादेखी दश कक्षा सम्म अध्ययन गर्ने १६ वर्ष मुनीका बालबालिका संगठित रुपमा आफ्नो रकम बचत गर्नको लागि खुतुर्के बचततर्फ आकर्षित भएका हुन । २०६३ साल देखि नियमित खाजा खर्च कटाएर तथा चाडपर्वमा दिएको पैसा खुतुर्केमा राख्न थालेपछि हालसम्म ४४ हजार रुपयाँ जम्मा गरिसकेकाछन् ।
वालवालिकाहरु खुतुर्के बचतको साथ साथै गाउँमा विभिन्न रचनात्मक कार्यक्रम समेत गर्न थालेका छन् । उनीहरुले बालअधिकार सम्वन्धि जनचेतना मुलक कार्यक्रम टोलटोलमा सरसफाई अभियान लगायतका कार्यहरु समेत गर्ने गरेको स्थानीय डिल बहादुर बिकले बताउनुभयो । बालबालीकाहरुकै पहलमा जाँडरक्सी जुवातास नियन्त्रण अभियान विद्यालय जान नसकेकाहरुलाई बिद्यालय लैजान पहल गर्ने काम समेत गरेका छन् 

जिल्लाकै नमुना कृषक बने दुर्गमका बर्मेली लामो समयसम्म वैदेशीक रोजगारीका लागि विदेशीएर कमाई गर्न नसकेपछि गाउँ फर्केर तरकारीखेती शुरु गरेका पर्वतको देविस्थान गाविस-८ का ६३ वर्षिय देवीप्रसाद भुषाल बर्मेली अहिले जिल्लाकै नमुना कृषक बनेका छन् ।
विगत दुई दशक अघिदेखि भुषालले आफ्नै घर वरिपरि रहेको तीन रोपनी जग्गामा विभिन्न्ा किसिमका तरकारी खेती गरेर खर्च कटाएर वार्षिक साढे तीन लाख रुपैया आम्दानी गर्न सफल भएका छन् । कुनै किसीमको रासायनिक विषादी र मल प्रयोग नगरी प्राङगारीक पद्धतीवाट खेती गरेर प्रसस्त आम्दानी गर्न थालेपछि जिल्लाकै नमुना कृषक बनेका हुन् । काउली बन्दा टमाटर भण्टा साग प्याज लसुन लगायत मौसम अनुसारका तरकारीहरु उनकहाँ पाईन्छन् । त्यस्तै मौसमी तथा बेमौसमी काक्रो घिरौला लगायतका तरकारीहरु पनि उनले उत्पादन तथा विक्री गर्ने गरेका छन् ।
जुनसुकै मौसममा पनि घरमा तरकारी खोज्न आउने ग्राहकलाई खाली हात पठाउन नपर्ने उनी बताउँछन् । जुनसुकै सिजनमा पनि तरकारी उत्पादन गर्ने उनी पैसा मात्र कमाएका छैनन् फलेवास क्षेत्रमा पर्ने पर्वतका आधादर्जन गाविसका साथै छिमेकी जिल्ला बाग्लुङ्गका एक दर्जन गाविसका वासीन्दाहरु उनले ग्राहकका रुपमा कमाएका छन् ।
जिल्ला कृषि विकास कार्यालयवाट विभिन्न तालिम लिएपछि तरकारीखेतीप्रति आकर्षित बनेका भुषालले २०४७ सालदेखि यो खेती शुरु गरेका हुन् । लामो समयसम्म रोजगारीका लागि म्यानमारमा गाडी मर्मत गर्ने तथा नेपाल फर्किएपछि केही समय कुलेखानी र मस्र्याङदी जलविद्युत परियोजनामा काम गरेपनि कमाई नभएको उनको अनुभव छ । मेहनत र जाँगर हुने हो भने जहाँ बसेर पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने मान्यता रहेका भुषाल उमेरले बुढो भएपनि जाँगरिला र मेहेनती छन् 

आगामी फागुन १ देखि ७ गत्ते सम्म पैंयु महोत्सव हुने

पर्वत पुष ४ । पर्वत जिल्लाको देास्रो व्यापारिक क्षेत्रको रुपमा रहेको हुवास बजारमा आगामी फागुन १ देखि ७ गत्ते सम्म पैंयु महोत्सव हुने भएको छ । स्थानीय पैंयु क्षेत्र समितिको आयोजनामा हुन लागेको महेात्सवको तयारी तीव्र पारिएको संयोजक तिलकप्रसाद श्रेष्ठले बताउनुभयो ।
ुरमणिय पैंयु हाम्रो आधारग्रामीण विकासकृषि पर्यटन र व्यापार हाम्रो पूर्वाधारु भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवमा १ लाख भन्दा बढि दर्शकको उपस्थिती रहने आयोजकको अनुमान छ । सदरमुकामबाट १ सय ४६ किलोमिटर दक्षिणमा रहेको हुवास गाविसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास र प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सव आयोजना गर्न १२ लाख रुपैंया खर्च लाग्ने र १ सय स्टल राखिने महोत्सव आयोजक समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।

लाखौं रुपैंया ऋण काढेर ग्रामिण सडक निर्माण

पर्वत पुष ४ ।पर्वतको बाजुङ गाविसका स्थानीय बासिन्दाले लाखौं रुपैंया ऋण काढेर ग्रामिण सडक निर्माण गरेका छन् । विकास निर्माणका लागि जिल्लामा भित्रिएको लाखौ बजेट वर्षेनी पि्रुज हुँदा पनि बाजुङ्ग गाविसका बासीन्दाहरुले थाप्लोमा ऋणको भारी बोकेर सडक निर्माणमा जुटेका हुन् ।उनीहरुले पोखरा बाग्लुङ्ग राजमार्गबाट ट्याक ओपन गरी करिव दुई किलोमिटर सडकऋणमा निर्माण गरी गाउँमा पुर् याएका छन् । बाजुङ्ग गाविस-२ स्थित भ्याप्लेखोलादेखि बाउसेसम्मको सडक १४ लाख रुपैयामा निर्माण सम्पन्न गरेका हुन् । गत असोज ५ गतेवाट खन्न सुरु गरिएको सो मोटरवाटो कात्र्तिक १६ गते सम्पन्न भएको थियो ।
सो मोटरवाटो निर्माणका लागि स्थानीय गाविसवाट ६० हजार वाउसे वडा नम्वर २ का स्थानीय वासीहरुको सकि्रयतामा २ लाख ८० हजार वाउसे ओखलढुङ्गा सामुदायीक वनवाट १ लाख १० हजार र वडा नम्वर का स्थानीय क्लव संगीत पुर सचेतना केन्द्र्वाट २० हजार गरी कुल आम्दानी ४ लाख ७० हजार संकलन गरिएको थियो भने वाँकी १० स्थानीय व्यक्तिहरुवाट ऋणमा चलाइएको छ ।
ऋण लिएको रकम जिल्ला विकास समिति सांसद विकास कोष र गाविस स्थानीय संघ संस्थासँग माग गर्ने योजना रहेको निर्माण संमितिका आर्थिक संयोजक यामप्रसाद अधिकारीले जानाकारी दिनुभयो । सडक निर्माण पछि बाजुङ्ग र क्याङ लेसपारका वासीन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सरकारले स्थानीस्तरको विकासमा ध्यान पुर् याउन नसकेकोले आफै ऋण खोजेर भएपनि रकम जुटाएर सडक निर्माण गरिएको उहाँले बताउनुभयो 

Saturday 18 December 2010

सामुदायीक बिद्यालय स्रोतको अभावमा बन्द हुने अवस्थामा

पर्वत
गाउँमै निशुल्क र गुणस्तरीय अंग्रेजी शिक्षा दिने उद्देश्यले पर्वतको सुदुर दक्षिणी रानीपानी गाबिसमा संचालनमा आएको एक सामुदायीक बिद्यालय स्रोतको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बिद्यालय संग प्रयाप्त आर्थिक स्रोत नभएको कारण बिद्यालयले सो समस्या झेल्नुपरेकॊ हो ।
मुलुकमा शान्ति वहाली सँगै रानीपानीमा संचालित सामुदायिक प्राथमिक विद्यालयमा निजि विद्यालयमा जस्तै अंग्रेजी माध्यममा पढाई संचालनमा आएको थियो । गाउँमै गुणस्तरीय रुपमा अंग्रेजी शिक्षाको पठनपाठन हुन थालेपछि पर्वत जिल्लाका पाँच गाविसका साथै छिमेकी जिल्लाहरु गुल्मी वाग्लुङ र स्याङजा लगायतका विद्यार्थीहरु लाभान्वित भएका छन् ।
द्वन्दको समयमा गाउँ गाउँमा रहेका नीजि बोर्डिङ्ग स्कुलहरु बन्द भएपछि बाल बच्चा पढाउन सदरमुकाम लगायतका शहरहरुमा केन्द्रित अभिभावकहरु गाउँमा नै अंग्रेजी माध्यममा पढाई हुने बिद्यालय खुलेपछि गाउँ फर्केका थिए ।
सत्तरी प्रतिशत भन्दा वढि दलित परिवारका विद्यार्थीहरुले अध्ययन गर्ने सो विद्यालयमा अंग्रेजी माध्यममा कक्षा संचालन भएपछि अभिभावकहरुले राहत महशुस गरेका थिए । गत शैक्षिक सत्र देखि संचालनमा आएको लोकतन्त्र प्राथमिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि शहर वजारका वोडिङ पढाएका बालबालीकाहरु गाउँमै फर्काएका थिए ।
कक्षा नस्ररी देखि पढाई संचालन भएको सो विद्यालयमा अहिले एक शिक्षक र तीन जना शिक्षिकाहरु कार्यरत रहेको विद्यालयका संरक्षक हरी न्यौपानेले वताउनुभयो । बिद्यालयमा एकमात्र राहत दरवन्दी रहेको र सोही दरबन्दीमा प्राप्त भएको रकमले चार जना शिक्षकलाई तलब व्यवस्थापन गरिएको न्यौपानेले बताउनुभयो । बिद्यालय संकटमा परेपछि बन्द गर्नुको बिकल्प छैनु न्यौपानेले बताउनुभयो - शिक्षा कार्यालयले दश जना बिद्यार्थी भएको ठाउँमा अनावश्यक दरबन्दी थपेको छ तर हाम्रो जस्तो बिद्यालयमा कुनै चासो देखाएको छैन ।
सो विद्यालयमा दलित गरिव पिछडीएका वर्गका ८० भन्दा वढि विद्यार्थीहरुले शिक्षा लिदै आएका छन् । गाउँमा गुणस्तरिय शिक्षा नभएको भन्दै विगतका दिनहरुमा छोराछोरीलाई राम्रो शिक्षा दिनको लागि शहरवजारमा वस्न वाध्य भएका स्थानीयवासीलाई बिद्यालय संचालनमा आएपछि राहत मिलेको न्योैपानेले वताउनुभयो 

पर्वत कटुवाचौपारीका दूध उत्पादक किसानहरु गाईभैंसी पालन तर्फ आकर्षित

पर्वत पुष २ । गाउँमा उत्पादन भएको दूधले बजार पाएपछि पर्वत कटुवाचौपारीका दूध उत्पादक किसानहरु गाईभैंसी पालन तर्फ आकर्षित भएका छन् । दूधको बजार सहज भएपछि गाईभैंसी पाल्ने किसानहरुकॊ संख्या बढेको छ । गाउँमा उत्पदित दूध नजिकैको कुस्मा बजारमा बिक्री हुन थालेपछि किसानले दूध बेचेर घरखर्च चलाउँदै आएका छन् । कटुवा चौपारी र सदरमुकाम कुस्माबजार जोड्ने पूल निर्माण भएपछि बजार जान सहज भएको कारण पनि दूध बिक्री गर्न सजिलो भएको हो ।
कटुवाचौपारी गाबिसका अधिकांश किसानहरुको दैनिक गुजारा चलाउने माध्यम दूध बनेको छ । गाउँमा उत्प्ाादन भएको दूध सहज रुपमा बिक्री भएपछि उनीहरु गाईभैंसी पालेर दूध बिक्री गर्दै आएका हुन् । दूध बिक्री गरेर आएको रकम किसानहरु घर खर्च र केटाकेटीको पढाईमा खर्च गर्दै आएका छन् । वीस बर्ष देखि दूध बिकि्र गर्दै आएका किसान बिष्णुहरी पराजुलीले मासिक १० देखि १५ हजार कमाई हुदै आएको बताउनुभयो । उत्पदन गरेको दूध केहीले डुलाएर बिकि्र गर्ने गरेपनि धेरैजसो किसानले गाउँमै संकलन केन्द्र खोलेर एकै ठाउँमा जम्मा गरेको दूध कुस्मामा संचालीत शितल डेरी उद्योगमा पठाउने गरेका छन् ।

सहकर्मीहरुको चरित्र हत्या गर्ने

मंसिर २७ । अनेरास्वीयुका केन्द्रीय सदस्य लालबहादुर थापाले आफ्नै सहकर्मीहरुको चरित्र हत्या गर्ने गरी कपोलकल्पित र भ्रम पार्ने गरी विज्ञप्ती प्रकाशित गरेकोमा अनेरास्ववियु अंचल कमिटीले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियुका धौलागिरि इन्चार्ज नेत्रबहादुर बिष्ट र पश्चिमाचल ब्युरो सचिब भिमबहादुर क्षेत्रीद्धारा हस्ताक्षर गरि प्रकाशित गरिएको बिज्ञप्तीमा अनेरास्ववियुको २० औ राष्ट्रिय सम्मेलनमा धौलागिरि अचलबाट केन्द्रिय सदस्यमा निर्बाचित भएका क्षेत्रीलाई धौलागिरि अचलबाट पश्मिाचल ब्युरो सचिबमा र धौलागिरिबाटै केन्द्रिय सदस्यमा निर्बाचित भएका बिष्टलाई धौलागिरि इन्चार्जमा निर्बाचित भएपछि केन्द्रिय सदस्य लालबहादुर थापाले राजनितीक विचलित भै आफुहरु बारेमा कपोल्कल्पित प्रचारबाजी गरेको आरोप लगाइएको छ ।
साथै बिज्ञप्तीमा धौलागिरिका चारवटै जिल्लाका केन्द्रिय सदस्यहरुको उपस्थिती र समर्थनबिना किर्ते हस्ताक्षर गरी बिज्ञप्ती निकालिएको दाबि समेत गरिएको छ ।
बिज्ञप्तीमा अनेरास्ववियुको धौलागिरि इन्चार्ज नेत्रबहादुर बिष्ट र पश्चिमाचल ब्युरो