mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Tuesday 11 January 2011

सबै मिलेर सहयोग गर्ने प्रसंशनीय उदाहरण बनेका छन् -नाङलिवाङका महिलाहरु

पर्वत पुष २७ । सँधै चुलो चौको आदि घरधन्दामा रुमलिने पर्वत नाङलिवाङका महिलाहरु अहिले नियमित रुपमा बैठक बस्ने गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल गर्ने समुहका सदस्यलाई समस्या परे सबै मिलेर सहयोग गर्ने प्रसंशनीय उदाहरण बनेका छन् । महिलाहरुले तीन बर्षको अबधीमा आफु परिवार र समाज परिर्वतनका साथै आयआर्जन मार्फत आत्मनिर्भर समेत बन्न थालेका छन् ।
सो गाविसका ६ वटा महिला समुहका सदस्यहरुले आनीबानी परिर्वतन र आयआर्जन बढाउनका लागि चलाएको अभियानले सफलता पाएको छ ।
महिलाहरु नियमित रुपमा बचत गर्ने बानी समेत बसालेका छन् । महिलाहरुले गाउँमा सभा समारोह गर्नका लागि सामुदायिक भवन पशु पाल्नका लागि घर घरमा आधुनिक खोर अनि नियमित रुपमा बाटोघाटो पनि सफा गर्दै आएको नमुना जागरण महिला समुह नाङलीबाङ-२ की अध्यक्ष धनमाया थापा मगरले बताईन् । ुमुख खोलेर बोल्न नसक्ने महिलाहरु समाजमा पुरुष संग प्रतिष्पर्धा गर्न सक्ने भएका छौु उनको कथन थियो ।
विगतमा बजारबाट तरकारी किन्ने महिलाहरु घरघरमै तरकारी उत्पादन गरि बिक्री गर्न सफल भएका छन् । विगतमा तरकारी किनेर उपभोग गर्दै आएका थियौ समुहकी सहसचिव सन्तु थापाले भनिन् -ुअहिले तरकारी खाने मात्रै होइन बिक्री गरेर आम्दानी लिन पनि सफल भएका छौ ।ु महिलाले बाख्रा पालेर गतिलो आम्दानी समेत गर्न शुरु गरेका छन् । प्रत्येक महिलाहरुले बाख्रापालनबाट २० हजार देखि ४० हजार सम्म आम्दानी गर्न सफल भएका छन । सबैका घरमा बाख्रा रहेका छन । पशु उपहारलाई सबै सदस्यले निरन्तरता दिएका छन् ।
हेफर इन्टरनेशनल नेपालको सहयोग र चौतर्फी श्रोत विकास मन्चले विगत तीन बर्षदेखि संचालन गरेको उक्त कार्यक्रमले समाजको मुहार फेर्न सफल भएको संस्थाका अध्यक्ष गणेशबहादुर क्षेत्रीले बताए ।
यसैविच सोमवार स्थानीय विकास अधिकारी नरहरी बराल बरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनाल पशु सेवा कार्यालयका पशु चिकित्सक रामजी पौडेल संचारकर्मी र संस्थाका प्रतिनिधिहरुले महिलाहरुले गरेको कामको अनुगमन गरेका छन् 

नेकपा एकीकृतले गरेको जनदबाब कार्यक्रम पर्वतका बिभिन्न स्थानमा सम्पन्न

पर्वत पुष २७ । सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेकपा एकीकृतले साचालन गरेको जनदबाब कार्यक्रम मंगलबार पर्वतका बिभिन्न स्थानमा सम्पन्न भएको छ । थप गरिएको समयसिमा भित्र सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको लागि भन्दै मगरात स्वशासित प्रदेशमा अभियान थालेको हेा ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृतका पोलिटव्युरो सदस्य केवी गुरुङ्गले मुलुकलाई तीन ठुला दलले संकटतर्फ धकेलेको बताउनुभयो ।
उहाले संविधान निर्माणलाई बेवास्ता गर्दै सरकार निर्माणमा लागेर सिङ्गो देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य चिरन पुनले आगामी जेठ १४ भित्र आम नेपालीका सम्पुर्ण समस्याहरुलाई सम्वोधन गर्ने खालको संविधान नेपाली जनताले पाउनुपर्ने बताउनुभयो । जनताको जनमत लिएर संविधानसभामा पुगेका ठुला दलका नेताहरु सत्ताका लागि छिमेकी देशको शरण लिन पुगेकोले मुलुक संकट तर्फ धकेलीएको उहाको भनाई थियो ।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य डाचाराज वाग्लेले संविधान सभाको बैठकमा उपस्थितिनै नहुने दलका नेताहरुले सार्थक संविधान बनाउन नसक्ने बताउनुभयो । संविधान नबन्ने निश्चित प्रायः भैरहेकोले देश बचाउन तर्फ दलहरु लाग्नुपर्ने बताउनुभयो ।
सभालाई नेकपा एकीकृतका जिल्ल्ाा अध्यक्ष तेजेन्द्र पौडेलले समेत सम्व्ााेधन गर्नुभएको थियो । जनदबाब कार्यक्रम बडागाउँ प्रगतीचोक लोकतान्त्रिक चोक र शिवालयचोकमा सम्पन्न भएको थियो 

भवन भत्किँदा विद्यालयमा १२ जना विद्यार्थी घाइते

 दक्षिण पर्वतको लुंखुदेउराली गाविसको बुद्ध प्राथमिक विद्यालयको चारकोठे भवन भत्किँदा विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थी घाइते भएका छ्न ।
पढाई सन्चालन भइरहेको समयमा सोमबार दिउँसो साढे १२ बजेको समयमा विद्यालयको कक्षा ४ को कोठा भत्किएपछि उक्त कक्षा अध्ययनरत १७ विद्यार्थी मध्ये १२ जना घाइते भएका हुन् ।
घाइते मध्ये युवराज हमाल र अन्जली सेवालाई गम्भिर चोट लागेको छ । उनीहरुको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्य १० जना बालबालिका प्राथमिक उपचार पश्चात् घर फर्केको स्थानीय शिक्षक जीवन उचै ठकुरीले जानकारी दिनुभएको छ । अन्य घाइते हुनेमा कक्षा ४ का इन्द्रकुमारी परियार एकबहादुर सुनार इन्दु परियार सुनिल विक सन्दिप क्षेत्री सन्तोष हमाल सुजन परियार र विशाल हमाल रहेका छन् ।
२०४६ सालमा बनेको उक्त विद्यालयको भवन विगत देखिनै जिर्ण बनेपनि आवश्यक आर्थिक स्रोतको अभावमा मर्मत हुन नसकेको र अहिले भत्किएको विद्यालयका शिक्षक श्यामबहादुर नेपालीले जानकारी दिनुभयो । विद्यालयमा स्थानीय १ सय १० जना बालिबालिकाले अध्ययन गर्दै आएका छन् 

गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल

पर्वत पुष २७ । सँधै चुलो चौको आदि घरधन्दामा रुमलिने पर्वत नाङलिवाङका महिलाहरु अहिले नियमित रुपमा बैठक बस्ने गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल गर्ने समुहका सदस्यलाई समस्या परे सबै मिलेर सहयोग गर्ने प्रसंशनीय उदाहरण बनेका छन् । महिलाहरुले तीन बर्षको अबधीमा आफु परिवार र समाज परिर्वतनका साथै आयआर्जन मार्फत आत्मनिर्भर समेत बन्न थालेका छन् ।
सो गाविसका ६ वटा महिला समुहका सदस्यहरुले आनीबानी परिर्वतन र आयआर्जन बढाउनका लागि चलाएको अभियानले सफलता पाएको छ ।
महिलाहरु नियमित रुपमा बचत गर्ने बानी समेत बसालेका छन् । महिलाहरुले गाउँमा सभा समारोह गर्नका लागि सामुदायिक भवन पशु पाल्नका लागि घर घरमा आधुनिक खोर अनि नियमित रुपमा बाटोघाटो पनि सफा गर्दै आएको नमुना जागरण महिला समुह नाङलीबाङ-२ की अध्यक्ष धनमाया थापा मगरले बताईन् । ुमुख खोलेर बोल्न नसक्ने महिलाहरु समाजमा पुरुष संग प्रतिष्पर्धा गर्न सक्ने भएका छौु उनको कथन थियो ।
विगतमा बजारबाट तरकारी किन्ने महिलाहरु घरघरमै तरकारी उत्पादन गरि बिक्री गर्न सफल भएका छन् । विगतमा तरकारी किनेर उपभोग गर्दै आएका थियौ समुहकी सहसचिव सन्तु थापाले भनिन् -ुअहिले तरकारी खाने मात्रै होइन बिक्री गरेर आम्दानी लिन पनि सफल भएका छौ ।ु महिलाले बाख्रा पालेर गतिलो आम्दानी समेत गर्न शुरु गरेका छन् । प्रत्येक महिलाहरुले बाख्रापालनबाट २० हजार देखि ४० हजार सम्म आम्दानी गर्न सफल भएका छन । सबैका घरमा बाख्रा रहेका छन । पशु उपहारलाई सबै सदस्यले निरन्तरता दिएका छन् 

Monday 10 January 2011

कास्केली सम्र्पक समाज बागलुङ गठन

पर्वत पुष २६ । पर्वतको छमर्केमा शनिबार सम्पन्न कास्केलीहरुको बनभोज सहितको भेलाले कास्केली सम्र्पक समाज बागलुङ गठन गरेको छ । कास्की जिल्लाबाट बागलुङमा आई बिभिन्न व्यवसाय पेशा व्यवसाय गरि बस्ने र बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको भेलाले भवनराज बरालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी सचिवमा ज्ञानेन्द्र प्रसाद अधिकारी र कोषाध्यक्षमा मनोज घिमिरे रहनुभएको छ ।
सदस्यहरुमा नवराज अधिकारी धन बहादुर कार्की बुद्धि तिवारी प्रतिक्षा शर्मा दिपकराज बास्ताकोटी र सुवर्णराज ढुङ्गाना रहनुभएको छ । एक सदस्य समितिको पहिलो बैठकले मनोनित गरिने सचिव त्रिपाठीले जानकारी दिनुभयो ।
भेलाले सल्लाहकारमा खेम बहादुर थापा दिपेन्द्र भण्डारी र ऋषिराम भण्डारीलाई चयन गरेको जनाइएको छ ।

Sunday 9 January 2011

घरदैलो कार्यक्रम गरी जनजागरण कार्यक्रमको सुरुवात

पर्वत पुष २५ । ताजा जनादेशको लागि नयां चुनावको मिति घोषणा गर, शान्ति र संविधान लेखनलाई पूर्णता दिन सबै राजनैतिक शक्तिहरुका बीचमा नयां संझौता गर, हिन्दुराष्ट्र, सैवैधानिक राजसंस्था र संघीयताबारे जनमत संग्रह गर, महंगी, भ्रष्टाचार, बेरोजगारी, लोडसेडिङ् र असुरक्षाको अन्त्य गर आदी मागहरुप्रति आम जनाताको समर्थन र सद्भावका निमित्त राप्रपा नेपालले आज देखी राष्ट्रव्यापी जनजागरण कार्यक्रमको शुभारम्भ गरेको छ । यसै सिलसिलामा आजै राप्रपा नेपाल पर्वत जिल्ला शाखाले सदरमुकाम कुस्मा वजारमा आयोजना गरेको जनजागरण अभियानको केन्द्रिय सदस्य बिदुर खडकाले पार्टीको पोष्टर टांसेर शुभारम्भ गर्नु भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै अर्का केन्द्रिय सदस्य नर बहादुर थापाले राप्रपा नेपालको तीन महिने जनजागरण अभियानको बारेमा प्रकाश पार्दै पार्टीको नीति कार्यक्रम र मागहरुलाई गाउ गाउमा पुगी जनस्तरमा लैजान सबै कार्यकर्तालाई आव्हान गर्नु भयो ।
जिल्ला सभापति ठाकुर प्रसाद भुसालको सभापतित्वमा भएको जनजागरण अभियान कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव प्रकाश पौडेलले दिनु भएको थियो ।
यसैगरी राप्रपा नेपाल बागलुङले सदरमुकाम बागलुङ बजारमापनि आजै स्थानीय महेन्द्रपथ लोकतान्त्रिक चोकबाट जनजागरण अभियानको शुभारम्भ गर्दै बागलुङ बजारमा घरदैलो कार्यक्रम गरी जनजागरण कार्यक्रमको सुरुवात गरेको छ ।
केन्द्रिय सदस्य नर बहादुर थापाको नेतृत्वमा पार्टी कार्यकर्ताहरुको एक जुलुसले घरदैलो कार्यक्रम गरी जनजागरण सम्वन्धि पार्टीका पर्चाहरु वितरण गरेको थियो ।
पार्टीले यस घरदैलो कार्यक्रमलाई आगामी तिन महिना जिल्लाव्यापी रुपमा सन्चालन गरी पार्टीका मागहरुलाई जनस्तरसम्म पुराउने केन्द्रिय सदस्य खडकाले बताउनु भयो ।
स्मरणीय छ केन्द्रिय सदस्य थापा बागलुङ र खडकालाई क्रमशः बागलुङ र पर्वतका लागि केन्द्रबाट जनजागरण अभियानका लागि प्रतिनिधि तोकेको छ ।

आर्थर डाँडाखर्कको महोत्सवको सिआरबिटीबाट प्रचार


प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे तथा आर्थर डाँडाखर्कको पर्यटन विकासका लागि आयोजित महोत्सवको सिआरबिटीबाट प्रचार गर्न थालिएको छ ।
आगामी माघ १ देखि ६ गतेसम्म सञ्चालन हुने आर्थर डाँडाखर्क महोत्सवको प्रचारप्रसारका लागि आयोजकले नेपाल टेलिकमका मोबाइलको सिआरविटी र एनसिएलका मोबाइलको पिआरविटि तयार पारेको हो । गाउँमा ४० हजार भन्दा बढी पर्यटक भित्राउने उद्देश्य सहित आयोजना गरेको महोत्सवको प्रचारका लागि कलर रिङ व्याक टोन तयार पारिएको आयोजकले जनाएको छ ।
नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका लागि ०१३००२४२१५ र एनसिएल प्रयोगकर्ताका लागि ६०४२०१७० बाट रिङ्ग ब्याक टोन तयार गरिएको हेा । पञ्चकोशी युवा क्लव आर्थर डाडाँखर्क र पर्यटन बिकास समितिको आयोजनामा हन लागेको सो महोत्सवको तयारी त्रि्र रुपमा भैरहेको आयोजक समितिका मनोज गुरुङले जानकारी दिनुभयो । गाउँमा पर्यटक आउने भएकाले आर्थरलाई खुल्ला दिसामुक्त गाबिस समेत बनाइने भएको छ 

आठ बर्ष अघि राखेको धराप हटाएको

पर्वत पुष २५ । शसस्त्र द्धन्द्धका समयमा पर्वतमा नेपाली सेनाले स्थानीयवासीको जग्गा अधिग्रहण गरि राखेको धराप हटाइएको छ । पर्वत सदरमुकाम स्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले द्धन्द्धको समयमा सुरक्षाका लागि स्थानीय १५ जना सर्बसाधरणको घर जग्गा अधिग्रहण गरी विगत आठ बर्ष अघि राखेको धराप हटाएको हो ।
२०५९ सालमा नेपाली सेनाले दुर्गादल गुल्म स्थापना गरी २८ घरका बासिन्दाको घरजग्गा अधिग्रहण गरेको थियो ।

लोकतन्त्रलाई बचाउन आम कर्मचारीको भूमिका उल्ल्ोख्य -अर्जुनप्रसाद जोशी

पर्वत पुष २५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुनप्रसाद जोशीले संकटमा पर्दै गएको लोकतन्त्रलाई बचाउन आम निजामती कर्मचारीको भूमिका उल्ल्ोख्य हुने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन पर्वतको पाँचौ जिल्ल अधिवेशको उद्घाटन समारोहलाई सम्वोधन गर्दै सांसद जोशीले आस्था र विचारका आधारमा सरकारी कामकाजमा कुनै विभेद गर्न नहुने बताए ।
मुलुकमा स्थायी सरकार नभएको अबस्थामा कर्मचारी नै स्थायी सरकारको रुपमा रहेको बताउँदै सांसद जोशीले सुशासन कायम गर्न र भ्रष्टचार निवारणका लागि पनि कर्मचारीको भूमिका महत्वपुर्ण रहने भन्दै जनताको करवाट पारिश्रमिक लिने कर्मचारीहरु जनताप्रति उत्तरदायि बन्नुपर्ने बताए ।
राजनैतिक दलहरुको सत्ता प्राप्तीको लडाईले मुलुकमा लोकतन्त्र र संविधान बन्न नसकेको बताउँदै जोशीले ठुला दलहरुमा निषेधको राजनीति बढ्दै गएकाले मुलुक संकटतर्फ धकेलीएको पनि बताए ।
केस जोशीले अनमिन प्रमुख करिन लेनग्रेनले जेठ १४ पछि राष्ट्रपतिले कु गर्नसक्ने आशंका गरेकोप्रति असन्तुष्टी व्यक्त गर्नुभयो । जोशीले लोकतान्त्रिक व्यवस्थाप्रति राष्ट्रपतिले गरेको प्रतिवद्धतामाथि आशंका नगर्न आग्रह गर्दै अनमिनको बहिर्गमनपछि पनि शान्त्ाि प्रकृयामा कुनै जटिलता नआउने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति लालकाजी गुरुङ्ग सचिव खिमप्रसाद भुषाल नेकपा एकीकृतका जिल्ला सचिव तेजेन्द्र पौडेल राप्रपाका सचिव इश्वर गिरी राप्रपा नेपालका प्रकाश पौडेल कर्मचारी मिलन केन्द्र पर्वतका अध्यक्ष चन्द्रकान्त खनाल निजामती कर्मचारी यूनियन बाग्लुङ्गका अध्यक्ष जगत पाठक पूर्व केन्द्रीय सदस्य देवीप्रसाद विलासी जिल्ला विकास समितिका भुपु उपसभापति रामशर्मा पौडेल स्वास्थ्यकर्मी संघका अध्यक्ष यमप्र्रसाद शर्मा र नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष उद्धिमराज पौडेल लगायतले बोलेका थिए ।
नेपाल निजामती कर्मचारी यूनियनका जिल्ला अध्यक्ष परशुराम पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Friday 7 January 2011

जंगली चितुवा पसेपछि त्रसित

सदरमुकाम बेनीबजार स्थित विष्णु पौडेलको घरमा आज करिव दिनको बारे बजे तिर जंगली चितुवा पसेपछि बजारबासी केहि बेर त्रसित बनेका थिए। स्थानिय बासि र प्रहरीको करिब १ घण्टाको प्रयास पछि चितुवालाइ नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो र जिल्ला वन कार्यालयका कर्मचारीहरुलाइ पछि वुझाइएको छ। उक्त चितुवालाइ जिउदो समात्ने प्रयास गरेको भएता पनि उसलाइ जिउदो भने समात्न सकिएन।यो चितुवा कहाँबाट आयो भनेर अहिले सम्म एकिन भने भएको छैन एक्कासी घरभित्र पसेको थियो र यसलाइ नियन्त्रणमा लिन खोज्दा स्थानिय २ जना र जिल्ला प्रहरीका १ जना गरि तिन जनालाइ समान्य घाइते समेत बनाइदिएको थियो। उनीहरुको उपचार भइरहेको छ।

आर्थर डाँडाखर्क महोत्सवको तयारी अन्तिम चरणमा

पर्वत पुष २३ । पर्वतको आर्थर डाँडाखर्कमा हुन लागेको आर्थर डाँडाखर्क महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समिीतले जनाएको छ । समितिका व्यवस्थापन संयोजक मनोज गुरुङले पर्यटन वर्षको आगमनसंगै स्थानीय पर्यटकीय क्षेत्र संस्कृतिको संरक्षण र सम्बद्र्वन गर्ने उद्देश्यका साथ माघ १ देखि ६ गतेसम्म महोत्सव हुन लागेको बताउनुभयो । महोत्सवस्थलको निर्माण प्रवेशद्वार निर्माणलगायतको काम पूरा भएको छ । महोत्सवमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गुरुङ समुदायको मौलिक संस्कृति ´ल्किने सोरट्ठी स्थानीय कृषि उपजहरु लप्सीबाट उत्पादित वस्तु हस्तकलाका सामग्री प्रदर्शनका लागि राखिने भएको छ । करिब ३० हजार दर्शकले अवलोकन गर्ने र १५ लाख बराबरको आथ्ार्िक कारोबार हुने आयोजकले अनुमान गरेको छ 

राजनैतिक दलका कारण निजि क्षेत्र संकटमा

पर्वत पुष २३ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले राजनैतिक दलका कारण निजि क्षेत्र संकटमा परेको बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघको २८ औ साधारण सभाको उद्घाटन समारोहलाई सम्वधन गर्दै ताम्राकारले मुलुकको आर्थिक विकासका लागि निजि क्षेत्रको लगानी अत्यावश्यक हुने भएपनि राजनैतिक दलहरुले लगानीको बातावरण सिर्जना नगरेको अरोप लगाउनुभयो ।
मुलुकको अर्थतन्त्र विकासका लागि प्रशस्त सम्भावनाहरु छन् उहाँले भन्नुभयो-ुराजनैतिक दलको प्रतिवद्धता आवश्यक छु एक गाउँ एक उत्पादनलाई जोड दिनुपर्ने बताउँदै ताम्राकारले सरकार राजनैतिक दल र निजि क्षेत्र बिच समन्वयको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले आफ्नो जिल्लाको समग्र बिकासका लागि जिल्लाका सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
राज्य र राजनैतिक दलले गर्नुपर्ने कामहरु निजि क्षेत्रले गरिरहेको बताउँदै मुल्मीले आत्मसम्मानका साथ काम गर्ने बाताबरण तयार गरे मुलुकको आर्थिक विकास द्रुत गतिमा हुने बताउनुभयो । उहाँले राज्यका जिम्मेवार निकायले जिल्लाको चौतर्फी विकास तर्फ ध्यान नदिएको बताउनुभयो । उद्योग कृषि पर्यटनको प्रशस्त सम्भावना रहेपनि राज्यले लगानी गर्न नसकेको मुल्मीको भनाई छ ।
कार्यक्रममा केन्द्रीय सदस्य चन्द्रेश्वर ओझा आजाद श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा धौलागिरी प्रतिनिधि प्रमोद श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद ऋषिकेश तिवारी एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज नेत्र अधिकारी नेपाली कांग्रेसका जिल्ला सभापति लालकाजी गुरुङ्ग नेकपा एमालेका जिल्ला अध्यक्ष बिकास लम्साल राप्रपाका सचिव इश्वर गिरी प्रमुख जिल्ला अधिकारी बेदवहादुर कार्की स्थानीय विकास अधिकारी नरहरी बराल पूर्व अध्यक्ष काशीकुमार जोशी पत्रकार महासंघका अध्यक्ष ओमप्रसाद घायल नेपाल रेडक्र सोसाईटीका सभापति सुन्दरप्रसाद जोशी महिला उद्यमी तथा सल्लाहाकार सरस्वती भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भारतीय नोट सहित पक्राउ परेका एक भारतीय नागरीक पुर्पक्षका लागि थुनामा

पर्वत पुष २३ । ठुलो परिमाणमा अबैध भारतीय नोट सहित पक्राउ परेका एक भारतीय नागरीक पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको सदरमुकाम कुस्मा बजारबाट गत कार्तिक २९ गते चेकजाँचका क्रममा प्रहरीद्धारा पक्राउ परेका भारत बिहारको मोतीहारी जिल्ला आधापुर १४ का ३३ बर्षिय अशोक साह पुर्पक्षका लागि थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका न्यायाधीश रमेश कुमार खत्रीको एकल इजलासले अर्को आदेश नभए सम्मका लागि पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको हो ।
साहले बिगो रकम बराबरको धरौटी दाखिला गर्न नसकेपछि पुर्पक्षका लागि थुनामा पठाइएको हो । अदालतले साह संग रु २२ लाख ६३ हजार माग गरेको थियो ।
छिमेकी जिल्ला बागलुङबाट कुस्मा तर्फ जाँदै गरेको ध १ प २४८ नम्बरको मोटरसाइकलबाट १६ लाख ४६ हजार ५ सय भारतीय नोट सहित पक्राउ गरेको थियो । उनीसँगै पक्राउ परेका ख्यामबहादुर बराइली भने रिहा भैसकेका छन् । साहले कमिशनका लागि चार महिना देखि भारतीय रुपैंया सटही गर्दै आएको र एक लाख भारतीय रुपैंया बराबर ४ सय रुपैंया कमिसन लिने गरेको बताइएको छ ।
प्रहरीले बरामद गरेको भारतीय रकम मध्ये १४ लाख ३५ हजार अबैध ठहरिएको थियो 

भेटिएका माटोका भाँडाहरु सबैभन्दा पुराना पाषाणकालीन भएको प्रमाणित

पर्वत पुष २३ । पर्वत जिल्लाको पाङ गाबिस २ मा गुफामा भेटिएका माटोका भाँडाहरु, स-साना मुगाहरु, तिर तथा भाला लगायतका सामाग्रीहरु नेपालको सबैभन्दा पुराना पाषाणकालीन भएको प्रमाणित भएको छ । इट्टा बनाउने क्रममा भेटिएका ती अबशेषहरु चारपाँच हजार वर्ष पुराना भएको पुरातत्व बिभाग काठमांडौले प्रमाणित गरेको हो । माटो खन्दै जाँदा सानो गुफा भेटिएको र गुफामा माटोका भाँडाहरुस-साना मुगाहरुतिर तथा भाला लगायतका सामाग्रीहरु भेटिएपछि पुरातत्व बिभागमा जानकारी गराई उक्त माटो परिक्षणका लागी काठमाण्डौ लगिएको थियो ।
अबशेषका बारेमा जिल्ला प्रशासन कार्यलय पर्वतको पहलमा पुरातात्विक बिभाग संग्राहलय काठमाडौबाट आएको एक टोलीले परिक्षण गर्दा चार हजार वर्ष पुराना भएको बताएको छ ।
पानी राख्ने पोखरी खन्दै जाँदा सुरुमा गेट जस्तो खाल्टो देखिएको र दुई मिटर खाडल खन्दा माटोको घैटो फेला परेको कामदारहरुको भनाई रहेको छ । फेला परेको अवशेष संरक्षणका लागि गाविसलाई समेत जिल्ला प्रशासन कार्यलय पर्वतले पत्राचार गरिसकेको छ ।
ढुङ्गेयुगिन सभ्यताको अवशेष भएकाले तारबार लगाई संरक्षण गर्न जिल्ला प्रशासन कार्यलय पर्वतले गाविसलाई निर्देशन दिएको छ । भेटिएका अवशेष नेपालकै पुरानो भन्ने प्रमाणित भएपछि पोखराबागलुङम्याग्दी र पर्वत लगायतका बिभिन्न ठाँउबाट हेर्ने मानिसहरुको भीड लाग्न थालेको छ । खेतीपाती गरिदै आएको उक्त ठाउँमा ईटा बनाउने माटो खन्ने क्रममा भेटिएका अवशेष तथा सानो गुफालाई सथानियबासीले सुरक्षित राखेका छन् । दुई मिटरको खाडलमा रहेका सामाग्रीहरु पुरातात्विक बिभाग काठमाडौका महानिरिक्षक बिष्णुराज कार्किको नेतृत्वमा एक टोली अध्ययनको लागी पर्वतको पाङ गाबिस पुगी अध्ययन गरेर फर्केको थियो ।

Thursday 6 January 2011

जीपले ठक्कर दिदा एक जनाको मृत्यु

 पर्वतको देबिस्थान ७ फलेबासमा जीपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।आज बिहान राहलेबाट फलेबास ढिक तर्फ जादै गरेको बा ६ त ६५३५ नम्बरको जीपले ठक्कर दिदा खानीगाउ ८ का ६५ बर्षिय चन्द्रबहादुर दमाईको मृत्यु भएको जील्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ । ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् |

पर्वतले सुचना प्रबिधिको आधुनिक प्रयोग बढाउन टेलिसेञ्टर स्थापना


जिल्ला हुलाक कार्यालय पर्वतले सुचना प्रबिधिको आधुनिक प्रयोग बढाउन टेलिसेञ्टर स्थापना गर्न थालेको छ । कार्यालयले हाल सम्म जिल्लाका पाँच इलाकामा टेलिसञ्टर स्थापना गरेको छ ।
जिल्ला हुलाक कार्यालय पर्वतले खुर्कोट, शाल्रि्राम, लुंखु, देबिस्थान र कार्किनेटा गरी पाँच स्थानमा आधुनिक सञ्चारका उपकरण सहितको टेलिसेञ्टर स्थापना गरेको हो । टेलिसञ्टरमा इमेल, इन्टरनेट, फोन फ्याक्स, फाटोकपी, लेमिनेसन र कम्प्युटर सिक्ने ब्यबस्था समेत मिलाइएको छ ।
चिठीपत्र ओसारप्रसारका लागि स्थापना गरिएका हुलाकमा चिठीपत्रको प्रचलन हराउन थालेकाल े इमेल इन्टरनेट जस्ता सञ्चारको आधुनिक सेवा दिन शुरु गरिएको जिल्ला हुलाक कार्यालय पर्वतका प्रमुख रामजी पराजुलीले बताउनुभयो । ‘हुलाकमा चिठी आउनै छाडे, अब हुलाकले पनि इमेल इन्टरनेट सेवा नदिए सम्म काम नै भएन ।’ उहाँले भन्नुभयो । हुलाकमा एक दशकको अबधीमा चिठी पत्रमा आधा भन्दा कम भैसकेको छ । अहिले एफएम रेडियोहरुमा केही पत्र आउने भएपनि एसएमएस कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि एफएम रेडियोमा चिठी पठाउने श्रोताहरु समेत घटेको कार्यालय प्रमुख बरालले बताउनुभयो ।
जिल्लाका सबै स्थानमा बिद्युत सेवा नपुगेका कारण टेलिसञ्टर स्थापना गर्न कठिनाई भएको छ । आगामी बर्षहुवास र उरामखोरपोखरामा पनि टेलिसेञ्टर स्थापना गर्ने तयारी भैरहेको छ । खोरपोखरामा निश्चित भैसकेको छ भने हुवासका लागि प्रयास भैरहेको कार्यालयले जनाएको छ । ‘सबै हुलाक कार्यालयमा टेलिसेञ्टर स्थापना गर्न सकेमा र्सबसाधरणलाई सहज रुपमा सेवा पुग्न सक्छ भनेर योजना बनाउँदैछौ,’ – उहाँले भन्नुभयो -बिद्युत नभएका स्थानमा सेवा बिस्तार सम्भब भएको छैन ।

हिरा पाउरोटी उद्योगवाट अखाद्य वस्तु विद्यार्थीहरु आक्रोशित

पर्वत पुष २१ । पर्वतको सदरमुकाममा सचालित हिरा पाउरोटी उद्योगवाट उत्पादित पाउरोटीमा अखाद्य वस्तु भेटिएको छ । शंकरपोखरी गाविसको त्रिभुवन उच्च मावि परिसरको एक होटलमा रहेको पाउरोटीमा अखाद्य बस्तु भएपछि स्थानीय बुद्धिजिवी तथा विद्यार्थीहरु आक्रोशित बनेका छन् ।
विद्यालयका विद्यार्थी शिक्षक सँगै अन्य वरपरका बासिन्दाहरुले खाजाको रुपमा पाउरोटी खाँदै आएका र स्थानीय नबदुर्गा होटलमा रहेको हिरा पाउरोटी उद्योगद्वारा उत्पादित पाउरोटीमा बोराको झुत्रा अँगार लगायतका अखाद्य बस्तुहरु भेटिएपछि स्थानीयबासीले निगरानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
उच्च माविमा अध्यापनरत स्थानीय शिक्षक नारायण दत्त जैसीले आफु खाजा खाने क्रममा पाउरोटीमा उक्त वस्तु भेटिएको जानकारी दिनुभएको छ । अखाद्य वस्तु भेटिएको उक्त पाउरोटीको प्याक गाउँलेले नियन्त्रणमा राखेर उत्पादकलाई जानकारी गराएको स्थानीय शिक्षक प्रकाश पौडेलले बताउनुभयो ।
यता उद्योग साचालक कर्णबहादुर पौडेलले भने आफुलाई कुनै जानकारी नभएको बताउनुभएको छ । आफुले त्यसक्षेत्रमा पाउरोटी विकि्रका लागि खटाइएका व्यक्ति ५ दिन देखि नफर्केकाले आवश्यक सोधपुछ पछि मात्रै कारण बताउन सकिने जानकारी दिनुभयो ।
बजारमा अखाद्य वस्तु भेटीका सामानहरु विकि्र वितरण हुँदै आइरहेका बेला प्रशासन र सम्वधीत निकायले उचित अनुगमन गर्नुपर्ने स्थानीय उपभोक्ताले माग गरेका छन् ।

Wednesday 5 January 2011

आज अपरान्ह आगलागी हुदाँ प्रहरी चौकी जलेर ध्वस्त

bj sharma darpan
पर्वत पुष २१ गते
पर्वत बेनीमा रहेको इलाका प्रहरी कार्यालयमा आज अपरान्ह आगलागी हुदाँ प्रहरी चौकी जलेर ध्वस्त भएको छ । साझँ ५ बजे सरसफाई गरिरहेको अवस्थामा बिद्युत र्सट भई आगालागी भएको जनाइएको छ ।



आगलागीका कारण प्रहरीका बन्दोबस्तिका समान र लत्ताकपडा पुरै जलेर नष्ट भएका छन भने हतियारहरु भने सुरक्षित रहेको घटनास्थलमा पुगेका म्याग्दीका प्रहृरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो ।
आगो नियन्त्रणका लागि बज्रदल गण म्याग्दी,जिल्ला प्रहरी कार्यालय म्याग्दी र स्थानियहरुले पहलमा नियन्त्रण गरिएको छ । साथै आगलागीका कारण स्थानिय भरत मल्लको घरमा समेत क्षती पुर्‍याएको छ भने कुनै मानबिय क्षती भने भएको छैन ।बिगत ३ बर्षअगाडी देखी स्थानिय भरत मल्लको घर भाडा लिई प्रहरी साहायक निरीषक क्षेत्रबहादुर बरुवालको कमाण्डमा ८ जना प्रहरीहरु चौकीमा बस्दै आएका थिए । आगलागीका कारण करीब ४० लाखको क्षती भएको बताइएको छ । समयमै आगो नियन्त्रण गरिएकाले आसपासका घरमा आगो फैलन पाएन ।

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं भन्ने नारा सहित हुन लागेको महोत्सब आजको दिनबाट  १० दिन मात्र बाँकि रहेको छ । पञ्चासे युवा क्ल्बका संस्थापक एवं आयोजक समितिका सदस्य मनोज गुरुङले आज कुस्मामा पत्रकार भेटघाट गरी हुन लागेको महोत्सबको उद्देश्य बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले मुख्य आर्कषक रहदै आएको पञ्चासे र शिरुबारीपुगन आर्थरडाँडाखर्कको बाटो हुदै जानुपर्ने हुँदा यस क्षेत्रमा बिकासको पुर्वधार एवं होमस्टेको उचित ब्यवस्थापन गर्नसके पर्यटन बर्ष २०११लाई सहयोग पुग्ने एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै आर्थर डाँडा खर्क परिचीत हुन सकने र आर्थिक रुपमा पनि टेवा पुग्ने आयाृजकले अपेक्षा गरेका छन। गुरुङले महोत्सबलाई सफल पार्न ४१ वटा घर पाहुना राख्नका लागि उपयुत्त रहेका र जसमा दिनमा डेढ सयको संख्यामा पाहुना राख्न सकीने जानकारी गराउनुभयो । आर्थर महोत्सबमा बिभिन्न संस्कृतीक कार्यक्रमहरु गुरुङ समुदायको नृत्य सोरठी, लोक दोहोरी प्रतियोगिता, स्थानिय उत्पादनको प्रदर्शन,खेलकुदलागएतका बिविध मनोरन्जनका कार्यक्रमहरु रहने आयोजक समितिले जनाएको छ । यसतै आर्थर महोत्सबमा सहभागी हुने कलाकारहरु राष्ट्रिय लोक गायक पुरषोतम न्यौपाने, तारानाथ आचार्य, शंकर बिरही कार्की, राजन कार्की, चोलेन्द्र पौडेल, र महिला लोक गायिकाहरुमा पार्वती जिसि, ज्योती लोहनी, लक्षमी नेपाली, माया गुरुङ साथमा पोख्रेली हास्यकलाकार मागने बुढो र धुर्मुस को बेजोड प्रस्तुती रहने समितिले जनाएको छ  ।  साथै दिपज्याती कल्बको आकर्षक नृत्यपनि रहेको जनाईएको छ 

न्युनतम शर्त तथा कार्यसम्पादन मुल्याङकन कार्यशाला गोष्ठी हुवास गाविसमा सम्पन्न

 गाउँ विकास समितिद्वारा प्रदान गरिने सेवा सुविधा र अबलम्बन गरिएका प्रकि्रयाहरुको मुल्याङकन गरी थप प्रोत्साहन गर्ने उद्देश्यले हुवास गाउँ विकास समिति पर्वतमा आयोजित न्युनतम शर्त तथा कार्यसम्पादन मुल्याङकन कार्यशाला गोष्ठी हुवास गाविसमा सम्पन्न भएको छ ।
हुवास गाविसका सचिव केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा गाविसमा कि्रयाशिल विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि विकास सम्बद्ध सरकारी तथा गैह्र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु महिला दलित जनजाति प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पर्वत जिल्लाका ५५ गाविस मध्ये गत बर्षको मुल्याङकनमा दोश्रो स्थान हासिल गरी ३ लाख ७० हजार थप अनुदान प्राप्त गर्न सफल यस गाविसले यस आर्थिक बर्षमा पनि सवै शर्त र मापदण्ड पुरा गरेको प्रारम्भिक मुल्याङकनबाट देखिएको मुल्याङकन कर्ता विश्वप्रकाश प्रसाईले जानकारी दिनुभयो 

करोडौँको मुल्य बराबर जडिबुटी उपयोग विहिन

सन्तोष थापा
पर्वत
पर्वतकास्की र स्याङ्गजाको संगम स्थलमा रहेको पाचासे क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी संरक्षण नहुँदा करोडौँको मुल्य बराबरको जडिबुटी उपयोग विहिन बनेर खेर गइरहेको छ ।
जैविक विविधताको खानी पाचासेमा पाइने विश्वकै दुर्लभ जडीबुटीको वैज्ञानिक अनुसन्धान र सही उपयोग नहुँदा करोडौँको सम्पत्ति छाडा चौपायाको चरन बनेको छ । हालसम्म सरकारी स्तरबाट कुनै अध्ययन अनुसन्धान नभए पनि गत असोज ७ गते विश्व संरक्षण दिवसमा वन विभागले पाचासेलाई ुसंरक्षण क्षेत्रु घोषणा गरेको थियो ।
आफ्नो क्षेत्रमा बहुउपयोगी जडीबुटी प्रशस्त भए पनि राज्यको ध्यान नपुग्दा खेर गइरहेको भन्दै पाचासे क्षेत्र तथा त्यस आसपासका बासिन्दाले प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग माग गरेका छन् । ुसरकारी स्तरबाट खोज र अनुसन्धान नहुँदा यहाँका बहुमुल्य जडीबुटी छाडा गाई-भैंसीको आहारा बनेको छु नौले छरछरे सामुदायिक वन उपभोक्ता समितिका सदस्य रुपेश गुरुङले भन्नुभयो ।
उहाँका अनुसार विश्वका तीनसय सात मध्ये एक सय ५१ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ । उहाँले विश्वमा पाइने तीन सय ८१ मध्ये दुई सय ६६ प्रजातिका सुनाखरी यसै क्षेत्रमा रहेको जानकारी दिनुभयो । माछापुच्छ्रे विकास संघले १५ वर्षअघि गरेको जैविक अनुसन्धानमा ती जडीबुटीसम्बन्धी तथ्य खुलेको हो । समुद्र सतहबाट सात सय ८४ देखि दुईहजार पाँच सय १७ मिटर उचाइको उक्त जंगलको क्षेत्रफल करिब पाँच हजार पाँच सय हेक्टर छ । यहाँ हिमाली क्षेत्रमा पाइने बिभिन्न जातिका वनस्पति र वन्यजन्तुसमेत पाइन्छ ।
यस क्षेत्रमा सबैभन्दा बढी पाइने वनस्पति सुनाखरी हो । यसबाहेक चिराइतो जामुने मान्द्रो लोठ सल्ला उकु डाइना सतुवा कुरिलो पाखनबेत वन लसुनलगायत बहुमूल्य जडीबुटी अधिक पाइने संघले जनाएको छ । संघका बरिष्ठ कार्यक्रम अधिकृत रामशरण सेढाईका अनुसार यहाँ १२ प्रकारका वनजंगल छन् |
see in more www.kushmabajar.blogspot.com

पन्चासे क्षेत्रमा पर्यटकको संख्या उल्लेख्य

गणेश पौडेल
पर्वत ,
पर्यटन बर्ष २०११ नजििकंदै गर्दा पर्यटकीय धार्मिक तथा जैविक बिविधताले भरिपुर्ण पन्चासे क्षेत्रमा आउने आन्तरिक तथा बिदेशी मुलुकका पर्यटकको संख्या उल्लेख्य बढेको छ । बिशेष गरि पाचासे वरपरको क्षेत्रमा होम स्टेको सुबिधा भएपछि त्यहाँ आउने पर्यटकको संख्या बढॆको हो । पचासेमा पदयात्राका लागि आउने पर्यटकको संख्या गत बर्षको तुलनामा दुई तिहाईले बृद्धि भएको हो । दृश्याबलोकन जैबिक बिबिधता र स्थानिय संस्कृतिको धनी मानिएको पाचासेमा पोखरा हुँदै दृश्याबलोकनका लागि पर्यटकहरु आउन थालेका हुन । पाचासॆ पर्यटकका लागि नयाँ र आर्कषक गन्तब्य बन्दै गएको छ ।
पाचासे क्षेत्रमा पर्यटकका लागि थप पुर्बाधार समेत निर्माण भएपछि नयाँ गन्तब्य बन्दै गएको हो । पर्यटकीय शहर पोखराबाट नजिकै रहेको पाचासेलाई पर्यटकहरुले नयाँ गन्तब्यको रुपमा लिन थालेकाछन् । ुगत बर्षको तुलनामा दुई तिहाई पर्यटक बढेका छन ।ु पाचासे भ्यु होटलका साच्ाालक लोकबहादुर गुरुङ्गले भन्नुभयो । बिशेषगरि हिउँदको मौषम भएका कारण त्यस क्षेत्र वरपर बनभोज खाने र दृश्याबलोकन गर्ने पर्यटकहरुको भिड लाग्ने गरेको छ ।
पर्वत कास्की र स्याङ्गजा जिल्लाको सिमानामा रहेको यस क्षेत्र ८ सय देखि २ हजार ५ सय मिटर सम्म उचाई रहेको छ । यस ठाउँबाट बिभिन्न हिमश्रफ्लाका साथै फेवाताल लगायत पोखरा स्याङ्गजा पर्वत बाग्लुङ्गका साथै बिभिन्न मनोरम प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । पाचासेमा नेपालमै सबैभन्दा बढी १ सय ७ थरीका सुनगाभा पाइन्छ । अन्नपुर्ण पदयात्रा मार्ग सडक यातयातका कारण छोटिएकाले पाचासेलाई नयाँ गन्तब्य बनाउने अभियान पनि शुरु भएको हो ।
 see in more www.parbatdiary.blogspot.com

Tuesday 4 January 2011

लागुपदार्थ सेवन झैझगडा सुल्झाउन सामुदायिक प्रहरीको सहयोग आवश्यक

पर्वत पुष २० । पर्वत जिल्लाको धाईरिङ्ग गाविसस्थित मिलनचोकमा रहेको सामुदायिक सेवा समाजले स्थानीय स्तरमा हुने विकृति र विसंगती हटाउने उद्धेश्यले सर्वसाधारणहरु बिच अन्तरकि्रया कार्यक्रम सम्प्ान्न गरेको छ ।
कार्यक्रमका सहभागिहरुले स्थानीय स्तरमा हुने लागुपदार्थ सेवन झैझगडा लगायत समुदायमा परेका समस्याहरु सुल्झाउन सामुदायिक प्रहरीको सहयोग आवश्यक रहेको बताएका छन् । गाउँलेलाई प्रहरी कार्यालयमा पुग्ने समस्यावाट मुक्त गराउँन सामुदायिक प्रहरी स्थापना गरिएको बताएका थिए ।
कार्यक्रममा सामुदायिक सेवा समाज पर्वतका अध्यक्ष मानकुमारी गिरी स्थानीय समाजसेवी रुद्र शर्मा लगायत स्थानीय पार्टी प्रमुखहरुले आ-आफ्ना धारणा राखेका थिए ।

हुवास गाविसमा कार्यसम्पादन मुल्याङकन कार्यशाला गोष्ठी

पर्वत पुष २० । गाउँ विकास समितिद्वारा प्रदान गरिने सेवा सुविधा र अबलम्बन गरिएका प्रकि्रयाहरुको मुल्याङकन गरी थप प्रोत्साहन गर्ने उद्देश्यले हुवास गाउँ विकास समिति पर्वतमा आयोजित न्युनतम शर्त तथा कार्यसम्पादन मुल्याङकन कार्यशाला गोष्ठी हुवास गाविसमा सम्पन्न भएको छ ।
हुवास गाविसका सचिव केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा गाविसमा कि्रयाशिल विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि विकास सम्बद्ध सरकारी तथा गैह्र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु महिला दलित जनजाति प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पर्वत जिल्लाका ५५ गाविस मध्ये गत बर्षको मुल्याङकनमा दोश्रो स्थान हासिल गरी ३ लाख ७० हजार थप अनुदान प्राप्त गर्न सफल यस गाविसले यस आर्थिक बर्षमा पनि सवै शर्त र मापदण्ड पुरा गरेको प्रारम्भिक मुल्याङकनबाट देखिएको मुल्याङकन कर्ता विश्वप्रकाश प्रसाईले जानकारी दिनुभयो 

पर्वत जिल्लामा पनि नयाँ र आकर्षक पदमार्ग बनाउने अभियान

गणेश पौडेल
पर्वत ।
पर्यटन बर्ष २०११ नजिकीदै जाँदा पर्वत जिल्लामा पनि नयाँ र आकर्षक पदमार्ग बनाउने अभियान शुरु भएको छ । बिश्वकै उत्कृष्ट अन्नपुर्ण पदमार्गको नयाँपुल देखि पर्वतका बिभिन्न भाग हुँदै म्याग्दीको घोरेपानी निस्कने गरी नयाँ पदमार्ग बनाउन थालिएको हो ।
नयाँ पदमार्गमा नयाँपुलबाट पर्वतको भुक देउपुर देउराली क्याङ्ग हुँदै शालिजा लेकफाँट घोरेपानी सम्म पर्नेछन । पदमार्गका लागि होटल भ्यु टावर र आवासका लागि होम स्टे र कटेज निर्माण पनि थालिएको छ ।
अहिले सम्म नयाँपुलबाट कास्कीको घान्द्रुक र म्याग्दीको घोरेपानी तथा पुनहिलका लागि दैनिक सयौ पर्यटक पदमार्ग शुरु गर्दै आएका छन । नयाँ पदमार्गमा मगर र गुरुङ्ग जातीको बाक्लो बस्ती मनोरम हिमश्रृङ्गखलाको अवलोकन देखि नयाँ बस्ती र यातयातको कोलाहल देखि मुक्त मार्ग पर्ने छ । जसले पर्यटकलाई लोभ्याउने बिश्वास लिइएको देउपुरका स्थानियबासी जीबन्धर शर्माले बताउनुभयो । ुनयाँ पदमार्गका लागि पुर्बाधार निर्माणको काम भैरहेको छ ।ु उहाँको भनाई थियो 
गणेश पौडेल
पर्वत
प्रेस चौतारी नेपालको पश्चिमााचलको क्षेत्रीय सम्मेलन यही पुस २२ र २३ गते लमजुङको बेशिशहरमा हुने भएको छ । सम्मेलनको उद्घाटन सूचना तथा संचार मन्त्रि शंकर पोख्रेलले गर्नुहुने भएको छ ।
प्रेस चौतारीको गत माघमा सम्पन्न राष्ट्रिय सम्मेलन पछि पश्चिमााचलमा पहिलोपटक सम्मेलन हुन लागिरहेको हो । सम्मेलनमा पश्चिमााचलका १६ जिल्लाका करिव १ सय जना प्रतिनिधिले भाग लिने प्रेस चौतारी नेपालका उपाध्यक्ष दुर्गा प्रसाद शर्माले जानकारी दिनुभयो । सो सम्मेलनले प्रेसको बर्तमान अवस्था र प्रेस चौतारीको भुमिका पत्रकार महासंघको जिल्ला अधिबेशन र राष्ट्रिय अधिबेशनमा प्रेस चौतारीले खेल्ने भुमिकाका बिषयमा छलफल हुने आयोजकले बताएको छ ।

मेहेनत गर्न सके मनग्गे कमाउन सकिन्छ -पर्वतका एक कृषक

पर्वत पुष १९ । आफ्नै पाखोबारीमा मेहेनत गर्न सके मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण पर्वतका एक कृषकले गरेका छन् । पाखोबारीमा केरा खेती लगाएर मनग्गे आम्दानी गर्दै आएका देउपुरका गाविस ९ सुदामेका २८ बर्षिय ढाकाराम उपाध्यायले केरा खेतीबाट वार्षिक १ लाख ५० हजार भन्दा बढि आम्दानी गर्दै आउनुभएको छ ।
गत वर्षबाट व्यवसाय सुरु गरेका उपाध्यायले मनग्गे आम्दानी हुन थालेपछि यो व्यावसायलाई बिस्तार गर्दै लैजाने सोच बनाउनुभएको छ ।
उहाँले वडा नम्बर ५ र ७ मा रहेको करिब ४ रोपनी जग्गामा केरा खेती लगाउनुभएको छ । केरा खेतीवाट भएको आम्दानीले आफ्नो ९ जनाको परिवालाई गुजारा चलाउनुका साथै मासिक रुपमा बचत समेत गर्नुभएको छ । कृषक उपाध्यायको घरमा ९ जनाको परिवार रहेको छ ।
एकवर्षमै केराबाट राम्रो आम्दानी गरेँ उहाँले भन्न्ाुभयो-ुअझै विस्तार गर्ने योजनामा छु ।ु केराबाटै घर व्यवहार चलाएको छु । गाउँका अन्य कृषकले पनि उपाध्यायको सिको गरेर केराखेती सुरु गरेका छन् 

भुकताङ्गले गाविस घिमराङ्गका कृषकहरु भेडापालन तर्फ आर्कषित

पर्वत पुष १९ । पर्वतको एक दुर्गम गाउँका कृषकहरु व्यावसायीक भेडा पालनतर्फ आकर्षित भएका छन् । पर्वत जिल्लाको भुकताङ्गले गाविस घिमराङ्गका कृषकहरु पछिल्लो समय भेडापालन तर्फ आर्कषित भएका हुन् । आसपासका क्षेत्रमा भेडा पालनले राम्रो आम्दानी हुने भएपछि यो व्यवसाय तर्फ आर्कषित भएका हुन । स्थानीय यम प्रसाद पौडेलले ४० वटा भेडा बाट भेडा पालेर मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।
गतवर्षदेखि शुरु गरेको भेडापालनले राम्रो कमाई हुन थालेपछि अहिले यो पेशामा लाग्नेको संख्या दिनप्रति दिन बढ्दै जान थालेको छ । कम लगानीमा राम्रो आम्दानी लिन थालेपछि भेडा पालन तर्फ आकर्षित भएको कृषकहरु बताउँछन् ।
कृषक यमप्रसाद पौडेलका अनुसार कम लगानीमा सुरु गरिएको भेडा पालन व्यवसाय राम्रो हुने हो भने एक वर्षमा डेढ लाख भन्दा बढि आम्दानी गर्न सकिन्छ । उहाले भन्नुभयो ुसामान्य लगानीमा राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायलाई विस्तार गर्ने योजना बनाएका छौ । अहिले सो क्षेत्रका एक दर्जनभन्दा बढि वासिन्दाले भेडा पाल्न थालेका छन् 

Sunday 2 January 2011

पर्वतका विभिन्न गाउँहरु परिचयको खोजीमा

पर्वत/नेपाल सरकारले पर्य्रटन वर्षको रुपमा सन् २०११ लाई मनाउन लागिरहँदा पर्वतका विभिन्न गाउँहरु परिचयको खोजीमा लागेका छन् । महोत्सवको मौसम सँगै जिल्लाका पर्यटकीय रुपमा गन्तव्य मानिएका विभिन्न गाउँमा महोत्सव आयोजना गरिएको छ ।
पर्यटन वर्षलाई भव्यताका साथ सफल पार्न र परिणाममुखी बनाउन जिल्लाका विभिन्न पाँच ठाउँमा महोत्सव आयोजना गरिएको हो । विगतदेखिनै कालापानीको रुपमा चिनिदै आएको हुवास गाविसमा पैायु महोत्सव दुर्लुङ्ग आर्थर भुकदेउराली र सदरमुकाम कुश्मावजारमा महोत्सव गर्न लागिएको हो । ग्रामिण पर्यटनको विकास गर्ने उद्धेश्य र ग्रामिण क्षेत्रमा रहेका मौलिक पहिचानको प्रवद्र्धन तथा प्रचारप्रसार गरी बढिभन्दा बढि पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।
अन्नपूर्ण पदमार्ग अन्तर्गत रहेपनि पर्यटन विकासमा पिछडिएको पर्वतको भुकदेउराली लौसीबोटका युवाहरुले पौष १७ देखि २१ सम्म लौसीबोट ल्होसार महोत्सवको आयोजना गरेका छन् । त्यस्तै पर्वत कास्की र स्याङजाको संगम स्थलमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पाचासेको प्रचार प्रसार गर्ने उद्धेश्यले माघ १ गतेदेखि ६ गतेसम्म आर्थरडाँडाखर्क महोत्सव गरिने भएको छ । पाचासे आउने पर्यटकको संख्यामा वृद्धि गर्न र चित्रे आर्थर भदौरे लगायतमा गाउँमा विस्तार गरिएको होमस्टेको प्रवद्र्धन तथा प्रचार गर्न तथा गुरुङ्ग संस्कृतिको जगेर्ना गर्नका लागि महोत्सव गर्न लागिएकेा हेा ।
त्यस्तै दुर्लुङ्ग गाविसमा जिल्लामै पहिलोपटक लालीगुराँस महोत्सव गरिने भएको छ । साँस्कृतिक तथा प्राकृतिक सम्पदाले महत्वपुर्ण स्थल मानिने दुर्लुङ्गमा पर्यटन सुचना तथा प्रविधि सम्वद्र्धन समितिको आयोजनामा माघ २६ देखि २९ गते सम्म दुर्लुङ्ग लालीगुराँस महोत्सब गरिने भएको हो । सरकारले मनाउन लागेको पर्यटन वर्षको अवसरमा दुर्लुङ्गमा रहेको स्थानिय संस्कृतिको प्रचारप्रसार गर्ने तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्दै बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले महोत्सब आयोजना गरिएको हो ।

santosh thapa
newsparbat.blogspot.com

राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति पर्वतको तेस्रो जिल्ला अधिवेशन

पर्वत पुष १८ । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति पर्वतको तेस्रो जिल्ला अधिवेशन सम्प्ान्न भएको छ । अधिवेशनले अमवहादुर रोका मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । पार्टीको उपाध्यक्षमा सुनिता पुन सचिवमा गणेश पुन सह-सचिवमा प्रज्ञा गुरुङ्ग र कोषाध्यक्षमा हिरादेवी पुन रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा अमकुमारी फकामी टकवहादुर पाईजा पुर्णवहादुर पाईजा कुलवहादुर पुन आशबहादुर फकामी र विमला पुन रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य तथा आर्थिक विभाग प्रमुख यामवहादुर बुढाथोकीले मुलुकको अग्रगामी विकासका लागि सवै दलहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अधिवेशनमा विदेश विभाग प्रमुख खिलध्वज थापा बैकल्पीक केन्द्रीय सदस्य डव वहादुर गर्वुजा राष्ट्रिय जनमुक्ति म्याग्दीका अध्यक्ष नरवहादुर थापा बाग्लुङ्गका अध्यक्ष कुमार काउचा वुद्धिजिवी टक वहादुर पुन लगायतले बोल्नुभएको थियो ।
जिल्ला अध्यक्ष मनकुमारी पाईजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा संचालन ओमवहादुर रोकाले गर्नुभएको थियो ।
collected from dhaulashree.com

मुडिकुवा गाविसमा स्थानीय शान्ति समिति गठन

पर्वत पुष १७ स्थानीयस्तरको द्धन्द्ध व्यवस्थापन गर्ने उद्धेश्यले पर्वत जिल्लाको मुडिकुवा गाविसमा स्थानीय शान्ति समिति गठन गरिएको छ । गठित समितिको संयोजकमा नेकपा एमालेका चेतनाथ कुँवर रहनुभएको छ । समितिका अन्य सदस्यहरुमाएकीकृत नेकपा माओवादीका नरनाथ सापकोटा नेपाली कांग्रेसका कृष्ण गौतम द्धन्द्धपिडीतवाट मोतीशर्मा रेग्मी उषादेवी तिवारी शोभा नेपाली विमलादेवी गौडेल अर्जुनकुमार रेग्मी डिल्लीराम पौडेल रहनुभएकेा छ । समितिका आमन्त्रीत सदस्यहरुमा महेश्वर सापकोटा देवेन्द्रशर्मा सापकोटा र दुर्गाप्रसाद भुषाल रहनुभएकेा छ ।
कार्यक्रममा स्थानीय शान्ति समिति पर्वतका संयोजक कृष्ण गौडेल पूर्व संयोजक भक्त कुँवर विष्णु लामिछाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पौडेल्ाले प्रकाश पार्नुभएको थियो ।
मुडिकुवा गाविस सचिव बालमुकुन्द घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा संचालन डिलकुमारी शर्माले गर्नुभएको थियो