mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Wednesday 5 January 2011

करोडौँको मुल्य बराबर जडिबुटी उपयोग विहिन

सन्तोष थापा
पर्वत
पर्वतकास्की र स्याङ्गजाको संगम स्थलमा रहेको पाचासे क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी संरक्षण नहुँदा करोडौँको मुल्य बराबरको जडिबुटी उपयोग विहिन बनेर खेर गइरहेको छ ।
जैविक विविधताको खानी पाचासेमा पाइने विश्वकै दुर्लभ जडीबुटीको वैज्ञानिक अनुसन्धान र सही उपयोग नहुँदा करोडौँको सम्पत्ति छाडा चौपायाको चरन बनेको छ । हालसम्म सरकारी स्तरबाट कुनै अध्ययन अनुसन्धान नभए पनि गत असोज ७ गते विश्व संरक्षण दिवसमा वन विभागले पाचासेलाई ुसंरक्षण क्षेत्रु घोषणा गरेको थियो ।
आफ्नो क्षेत्रमा बहुउपयोगी जडीबुटी प्रशस्त भए पनि राज्यको ध्यान नपुग्दा खेर गइरहेको भन्दै पाचासे क्षेत्र तथा त्यस आसपासका बासिन्दाले प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग माग गरेका छन् । ुसरकारी स्तरबाट खोज र अनुसन्धान नहुँदा यहाँका बहुमुल्य जडीबुटी छाडा गाई-भैंसीको आहारा बनेको छु नौले छरछरे सामुदायिक वन उपभोक्ता समितिका सदस्य रुपेश गुरुङले भन्नुभयो ।
उहाँका अनुसार विश्वका तीनसय सात मध्ये एक सय ५१ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ । उहाँले विश्वमा पाइने तीन सय ८१ मध्ये दुई सय ६६ प्रजातिका सुनाखरी यसै क्षेत्रमा रहेको जानकारी दिनुभयो । माछापुच्छ्रे विकास संघले १५ वर्षअघि गरेको जैविक अनुसन्धानमा ती जडीबुटीसम्बन्धी तथ्य खुलेको हो । समुद्र सतहबाट सात सय ८४ देखि दुईहजार पाँच सय १७ मिटर उचाइको उक्त जंगलको क्षेत्रफल करिब पाँच हजार पाँच सय हेक्टर छ । यहाँ हिमाली क्षेत्रमा पाइने बिभिन्न जातिका वनस्पति र वन्यजन्तुसमेत पाइन्छ ।
यस क्षेत्रमा सबैभन्दा बढी पाइने वनस्पति सुनाखरी हो । यसबाहेक चिराइतो जामुने मान्द्रो लोठ सल्ला उकु डाइना सतुवा कुरिलो पाखनबेत वन लसुनलगायत बहुमूल्य जडीबुटी अधिक पाइने संघले जनाएको छ । संघका बरिष्ठ कार्यक्रम अधिकृत रामशरण सेढाईका अनुसार यहाँ १२ प्रकारका वनजंगल छन् |
see in more www.kushmabajar.blogspot.com

No comments:

Post a Comment