mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Friday 31 December 2010

नेपालकै सबैभन्दा पुरानो भग्नावशेष

पर्वत पुष १६ । इट्टा बनाउनका लागि माटो खन्ने क्रममा पर्वतको पाङ गाबिसमा भेटिएको बिभिन्न आकृतिका कलात्मक सामाग्रीहरु नेपालकै सबैभन्दा पुरानो भग्नावशेष हुन सक्ने पुरातत्व विभागले जनाएको छ । पर्वत जिल्लाको पाङ्ग गाविस-२ कालीमाटीका हिरामणी रिजालको खेतमा पुष १२ गते माटो खन्ने क्रममा भेटिएका बस्तुहरुको पुरातत्व बिभागमा प्रारम्भिक परिक्षणका क्रममा अहिले सम्म उत्खननका क्रममा भेटिएका मध्ये सबैभन्दा पुरानो अबशेष हुन सक्ने देखिएको हो ।
माटो र सामाग्री परिक्षणका क्रममा १२ हजार बर्ष पहिलेको ढुंगे युगमा प्रयोग भएको हुन सक्ने पुरातत्व बिभागका महानिर्देशक बिष्णुराज कार्कीले जानकारी दिनुभयो । उहाँले थप परिक्षण पछि यसका बारेमा जानकारी हुने भएकाले उक्त स्थानलाई सुरक्षित बनाउन आग्रह समेत गर्नुभयो ।
बिभागका अधिकृत नवराज अधिकारी सहितको टोलीले मंगलबार माटो परिक्षणका लागि लगेको थियो । उक्त स्थानलाई सुरक्षित बनाउन र प्राचीन सभ्यताका सामाग्री भएकाले पाङ गाउँबिकास समितिलाई तारबार लगाउन तथा प्रहरीलाई सुरक्षा गर्न निर्देशन दिइसकिएको निमिक्त प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलले बताउनुभयो । पुरातत्व बिभागको अनुरोध अनुसार स्थानको सुरक्षाका लागि निर्देशन दिने काम भएको र जिल्लाकै गौरबको समेत बिषय भएको उहाँको भनाई छ ।
उक्त स्थानामा इट्टा बनाउनका लागि माटो खन्ने क्रममा पुरातात्विक महत्वका बिभिन्न सामाग्री र मन्दिर फेला परेको हो ।
माटो खन्दा सानो गुफा त्यसभित्र जीर्ण अवस्थामा रहेको मन्दिर र मुर्ती भेटिएको थियो । कालिमाटीका हिरामणी रिजालको खेतमा इट्टा बनाउने क्रममा माटो खन्दा करिब ५।६ फिट तल सानो तीन मिटर लामो गुफा भित्र जीर्ण अवस्थमा रहको भवन मुर्ती र घैंटा भेटिएको थियो ।
भेटिएको गुफा करिब ३ मिटर लम्बाई २ मिटर चौडाई र ३ फिट उचाइ रहेको छ । उक्त गुफाको छेउमा पानी संकलन गर्ने घंटो समेत भेटिएको छ । माटो खन्ने क्रममा यस्तो भेटिएपछि स्थानीयवासीहरु अचम्म मानेका छन । अहिले सो गुफा हेर्ने र मुर्तीको पुजा गर्नेहरुको भीड लागेको छ ।

No comments:

Post a Comment