mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Tuesday 11 January 2011

भवन भत्किँदा विद्यालयमा १२ जना विद्यार्थी घाइते

 दक्षिण पर्वतको लुंखुदेउराली गाविसको बुद्ध प्राथमिक विद्यालयको चारकोठे भवन भत्किँदा विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थी घाइते भएका छ्न ।
पढाई सन्चालन भइरहेको समयमा सोमबार दिउँसो साढे १२ बजेको समयमा विद्यालयको कक्षा ४ को कोठा भत्किएपछि उक्त कक्षा अध्ययनरत १७ विद्यार्थी मध्ये १२ जना घाइते भएका हुन् ।
घाइते मध्ये युवराज हमाल र अन्जली सेवालाई गम्भिर चोट लागेको छ । उनीहरुको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्य १० जना बालबालिका प्राथमिक उपचार पश्चात् घर फर्केको स्थानीय शिक्षक जीवन उचै ठकुरीले जानकारी दिनुभएको छ । अन्य घाइते हुनेमा कक्षा ४ का इन्द्रकुमारी परियार एकबहादुर सुनार इन्दु परियार सुनिल विक सन्दिप क्षेत्री सन्तोष हमाल सुजन परियार र विशाल हमाल रहेका छन् ।
२०४६ सालमा बनेको उक्त विद्यालयको भवन विगत देखिनै जिर्ण बनेपनि आवश्यक आर्थिक स्रोतको अभावमा मर्मत हुन नसकेको र अहिले भत्किएको विद्यालयका शिक्षक श्यामबहादुर नेपालीले जानकारी दिनुभयो । विद्यालयमा स्थानीय १ सय १० जना बालिबालिकाले अध्ययन गर्दै आएका छन् 

No comments:

Post a Comment