mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Tuesday 11 January 2011

गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल

पर्वत पुष २७ । सँधै चुलो चौको आदि घरधन्दामा रुमलिने पर्वत नाङलिवाङका महिलाहरु अहिले नियमित रुपमा बैठक बस्ने गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल गर्ने समुहका सदस्यलाई समस्या परे सबै मिलेर सहयोग गर्ने प्रसंशनीय उदाहरण बनेका छन् । महिलाहरुले तीन बर्षको अबधीमा आफु परिवार र समाज परिर्वतनका साथै आयआर्जन मार्फत आत्मनिर्भर समेत बन्न थालेका छन् ।
सो गाविसका ६ वटा महिला समुहका सदस्यहरुले आनीबानी परिर्वतन र आयआर्जन बढाउनका लागि चलाएको अभियानले सफलता पाएको छ ।
महिलाहरु नियमित रुपमा बचत गर्ने बानी समेत बसालेका छन् । महिलाहरुले गाउँमा सभा समारोह गर्नका लागि सामुदायिक भवन पशु पाल्नका लागि घर घरमा आधुनिक खोर अनि नियमित रुपमा बाटोघाटो पनि सफा गर्दै आएको नमुना जागरण महिला समुह नाङलीबाङ-२ की अध्यक्ष धनमाया थापा मगरले बताईन् । ुमुख खोलेर बोल्न नसक्ने महिलाहरु समाजमा पुरुष संग प्रतिष्पर्धा गर्न सक्ने भएका छौु उनको कथन थियो ।
विगतमा बजारबाट तरकारी किन्ने महिलाहरु घरघरमै तरकारी उत्पादन गरि बिक्री गर्न सफल भएका छन् । विगतमा तरकारी किनेर उपभोग गर्दै आएका थियौ समुहकी सहसचिव सन्तु थापाले भनिन् -ुअहिले तरकारी खाने मात्रै होइन बिक्री गरेर आम्दानी लिन पनि सफल भएका छौ ।ु महिलाले बाख्रा पालेर गतिलो आम्दानी समेत गर्न शुरु गरेका छन् । प्रत्येक महिलाहरुले बाख्रापालनबाट २० हजार देखि ४० हजार सम्म आम्दानी गर्न सफल भएका छन । सबैका घरमा बाख्रा रहेका छन । पशु उपहारलाई सबै सदस्यले निरन्तरता दिएका छन् 

No comments:

Post a Comment