mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Wednesday 5 January 2011

पन्चासे क्षेत्रमा पर्यटकको संख्या उल्लेख्य

गणेश पौडेल
पर्वत ,
पर्यटन बर्ष २०११ नजििकंदै गर्दा पर्यटकीय धार्मिक तथा जैविक बिविधताले भरिपुर्ण पन्चासे क्षेत्रमा आउने आन्तरिक तथा बिदेशी मुलुकका पर्यटकको संख्या उल्लेख्य बढेको छ । बिशेष गरि पाचासे वरपरको क्षेत्रमा होम स्टेको सुबिधा भएपछि त्यहाँ आउने पर्यटकको संख्या बढॆको हो । पचासेमा पदयात्राका लागि आउने पर्यटकको संख्या गत बर्षको तुलनामा दुई तिहाईले बृद्धि भएको हो । दृश्याबलोकन जैबिक बिबिधता र स्थानिय संस्कृतिको धनी मानिएको पाचासेमा पोखरा हुँदै दृश्याबलोकनका लागि पर्यटकहरु आउन थालेका हुन । पाचासॆ पर्यटकका लागि नयाँ र आर्कषक गन्तब्य बन्दै गएको छ ।
पाचासे क्षेत्रमा पर्यटकका लागि थप पुर्बाधार समेत निर्माण भएपछि नयाँ गन्तब्य बन्दै गएको हो । पर्यटकीय शहर पोखराबाट नजिकै रहेको पाचासेलाई पर्यटकहरुले नयाँ गन्तब्यको रुपमा लिन थालेकाछन् । ुगत बर्षको तुलनामा दुई तिहाई पर्यटक बढेका छन ।ु पाचासे भ्यु होटलका साच्ाालक लोकबहादुर गुरुङ्गले भन्नुभयो । बिशेषगरि हिउँदको मौषम भएका कारण त्यस क्षेत्र वरपर बनभोज खाने र दृश्याबलोकन गर्ने पर्यटकहरुको भिड लाग्ने गरेको छ ।
पर्वत कास्की र स्याङ्गजा जिल्लाको सिमानामा रहेको यस क्षेत्र ८ सय देखि २ हजार ५ सय मिटर सम्म उचाई रहेको छ । यस ठाउँबाट बिभिन्न हिमश्रफ्लाका साथै फेवाताल लगायत पोखरा स्याङ्गजा पर्वत बाग्लुङ्गका साथै बिभिन्न मनोरम प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । पाचासेमा नेपालमै सबैभन्दा बढी १ सय ७ थरीका सुनगाभा पाइन्छ । अन्नपुर्ण पदयात्रा मार्ग सडक यातयातका कारण छोटिएकाले पाचासेलाई नयाँ गन्तब्य बनाउने अभियान पनि शुरु भएको हो ।
 see in more www.parbatdiary.blogspot.com

No comments:

Post a Comment