mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Thursday 6 January 2011

हिरा पाउरोटी उद्योगवाट अखाद्य वस्तु विद्यार्थीहरु आक्रोशित

पर्वत पुष २१ । पर्वतको सदरमुकाममा सचालित हिरा पाउरोटी उद्योगवाट उत्पादित पाउरोटीमा अखाद्य वस्तु भेटिएको छ । शंकरपोखरी गाविसको त्रिभुवन उच्च मावि परिसरको एक होटलमा रहेको पाउरोटीमा अखाद्य बस्तु भएपछि स्थानीय बुद्धिजिवी तथा विद्यार्थीहरु आक्रोशित बनेका छन् ।
विद्यालयका विद्यार्थी शिक्षक सँगै अन्य वरपरका बासिन्दाहरुले खाजाको रुपमा पाउरोटी खाँदै आएका र स्थानीय नबदुर्गा होटलमा रहेको हिरा पाउरोटी उद्योगद्वारा उत्पादित पाउरोटीमा बोराको झुत्रा अँगार लगायतका अखाद्य बस्तुहरु भेटिएपछि स्थानीयबासीले निगरानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
उच्च माविमा अध्यापनरत स्थानीय शिक्षक नारायण दत्त जैसीले आफु खाजा खाने क्रममा पाउरोटीमा उक्त वस्तु भेटिएको जानकारी दिनुभएको छ । अखाद्य वस्तु भेटिएको उक्त पाउरोटीको प्याक गाउँलेले नियन्त्रणमा राखेर उत्पादकलाई जानकारी गराएको स्थानीय शिक्षक प्रकाश पौडेलले बताउनुभयो ।
यता उद्योग साचालक कर्णबहादुर पौडेलले भने आफुलाई कुनै जानकारी नभएको बताउनुभएको छ । आफुले त्यसक्षेत्रमा पाउरोटी विकि्रका लागि खटाइएका व्यक्ति ५ दिन देखि नफर्केकाले आवश्यक सोधपुछ पछि मात्रै कारण बताउन सकिने जानकारी दिनुभयो ।
बजारमा अखाद्य वस्तु भेटीका सामानहरु विकि्र वितरण हुँदै आइरहेका बेला प्रशासन र सम्वधीत निकायले उचित अनुगमन गर्नुपर्ने स्थानीय उपभोक्ताले माग गरेका छन् ।

No comments:

Post a Comment