mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Wednesday 5 January 2011

आज अपरान्ह आगलागी हुदाँ प्रहरी चौकी जलेर ध्वस्त

bj sharma darpan
पर्वत पुष २१ गते
पर्वत बेनीमा रहेको इलाका प्रहरी कार्यालयमा आज अपरान्ह आगलागी हुदाँ प्रहरी चौकी जलेर ध्वस्त भएको छ । साझँ ५ बजे सरसफाई गरिरहेको अवस्थामा बिद्युत र्सट भई आगालागी भएको जनाइएको छ ।



आगलागीका कारण प्रहरीका बन्दोबस्तिका समान र लत्ताकपडा पुरै जलेर नष्ट भएका छन भने हतियारहरु भने सुरक्षित रहेको घटनास्थलमा पुगेका म्याग्दीका प्रहृरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो ।
आगो नियन्त्रणका लागि बज्रदल गण म्याग्दी,जिल्ला प्रहरी कार्यालय म्याग्दी र स्थानियहरुले पहलमा नियन्त्रण गरिएको छ । साथै आगलागीका कारण स्थानिय भरत मल्लको घरमा समेत क्षती पुर्‍याएको छ भने कुनै मानबिय क्षती भने भएको छैन ।बिगत ३ बर्षअगाडी देखी स्थानिय भरत मल्लको घर भाडा लिई प्रहरी साहायक निरीषक क्षेत्रबहादुर बरुवालको कमाण्डमा ८ जना प्रहरीहरु चौकीमा बस्दै आएका थिए । आगलागीका कारण करीब ४० लाखको क्षती भएको बताइएको छ । समयमै आगो नियन्त्रण गरिएकाले आसपासका घरमा आगो फैलन पाएन ।

No comments:

Post a Comment