mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Wednesday 5 January 2011

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं भन्ने नारा सहित हुन लागेको महोत्सब आजको दिनबाट  १० दिन मात्र बाँकि रहेको छ । पञ्चासे युवा क्ल्बका संस्थापक एवं आयोजक समितिका सदस्य मनोज गुरुङले आज कुस्मामा पत्रकार भेटघाट गरी हुन लागेको महोत्सबको उद्देश्य बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले मुख्य आर्कषक रहदै आएको पञ्चासे र शिरुबारीपुगन आर्थरडाँडाखर्कको बाटो हुदै जानुपर्ने हुँदा यस क्षेत्रमा बिकासको पुर्वधार एवं होमस्टेको उचित ब्यवस्थापन गर्नसके पर्यटन बर्ष २०११लाई सहयोग पुग्ने एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै आर्थर डाँडा खर्क परिचीत हुन सकने र आर्थिक रुपमा पनि टेवा पुग्ने आयाृजकले अपेक्षा गरेका छन। गुरुङले महोत्सबलाई सफल पार्न ४१ वटा घर पाहुना राख्नका लागि उपयुत्त रहेका र जसमा दिनमा डेढ सयको संख्यामा पाहुना राख्न सकीने जानकारी गराउनुभयो । आर्थर महोत्सबमा बिभिन्न संस्कृतीक कार्यक्रमहरु गुरुङ समुदायको नृत्य सोरठी, लोक दोहोरी प्रतियोगिता, स्थानिय उत्पादनको प्रदर्शन,खेलकुदलागएतका बिविध मनोरन्जनका कार्यक्रमहरु रहने आयोजक समितिले जनाएको छ । यसतै आर्थर महोत्सबमा सहभागी हुने कलाकारहरु राष्ट्रिय लोक गायक पुरषोतम न्यौपाने, तारानाथ आचार्य, शंकर बिरही कार्की, राजन कार्की, चोलेन्द्र पौडेल, र महिला लोक गायिकाहरुमा पार्वती जिसि, ज्योती लोहनी, लक्षमी नेपाली, माया गुरुङ साथमा पोख्रेली हास्यकलाकार मागने बुढो र धुर्मुस को बेजोड प्रस्तुती रहने समितिले जनाएको छ  ।  साथै दिपज्याती कल्बको आकर्षक नृत्यपनि रहेको जनाईएको छ 

No comments:

Post a Comment