mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Tuesday 11 January 2011

नेकपा एकीकृतले गरेको जनदबाब कार्यक्रम पर्वतका बिभिन्न स्थानमा सम्पन्न

पर्वत पुष २७ । सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेकपा एकीकृतले साचालन गरेको जनदबाब कार्यक्रम मंगलबार पर्वतका बिभिन्न स्थानमा सम्पन्न भएको छ । थप गरिएको समयसिमा भित्र सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको लागि भन्दै मगरात स्वशासित प्रदेशमा अभियान थालेको हेा ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृतका पोलिटव्युरो सदस्य केवी गुरुङ्गले मुलुकलाई तीन ठुला दलले संकटतर्फ धकेलेको बताउनुभयो ।
उहाले संविधान निर्माणलाई बेवास्ता गर्दै सरकार निर्माणमा लागेर सिङ्गो देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य चिरन पुनले आगामी जेठ १४ भित्र आम नेपालीका सम्पुर्ण समस्याहरुलाई सम्वोधन गर्ने खालको संविधान नेपाली जनताले पाउनुपर्ने बताउनुभयो । जनताको जनमत लिएर संविधानसभामा पुगेका ठुला दलका नेताहरु सत्ताका लागि छिमेकी देशको शरण लिन पुगेकोले मुलुक संकट तर्फ धकेलीएको उहाको भनाई थियो ।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य डाचाराज वाग्लेले संविधान सभाको बैठकमा उपस्थितिनै नहुने दलका नेताहरुले सार्थक संविधान बनाउन नसक्ने बताउनुभयो । संविधान नबन्ने निश्चित प्रायः भैरहेकोले देश बचाउन तर्फ दलहरु लाग्नुपर्ने बताउनुभयो ।
सभालाई नेकपा एकीकृतका जिल्ल्ाा अध्यक्ष तेजेन्द्र पौडेलले समेत सम्व्ााेधन गर्नुभएको थियो । जनदबाब कार्यक्रम बडागाउँ प्रगतीचोक लोकतान्त्रिक चोक र शिवालयचोकमा सम्पन्न भएको थियो 

No comments:

Post a Comment