mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Wednesday 5 January 2011

न्युनतम शर्त तथा कार्यसम्पादन मुल्याङकन कार्यशाला गोष्ठी हुवास गाविसमा सम्पन्न

 गाउँ विकास समितिद्वारा प्रदान गरिने सेवा सुविधा र अबलम्बन गरिएका प्रकि्रयाहरुको मुल्याङकन गरी थप प्रोत्साहन गर्ने उद्देश्यले हुवास गाउँ विकास समिति पर्वतमा आयोजित न्युनतम शर्त तथा कार्यसम्पादन मुल्याङकन कार्यशाला गोष्ठी हुवास गाविसमा सम्पन्न भएको छ ।
हुवास गाविसका सचिव केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा गाविसमा कि्रयाशिल विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि विकास सम्बद्ध सरकारी तथा गैह्र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु महिला दलित जनजाति प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पर्वत जिल्लाका ५५ गाविस मध्ये गत बर्षको मुल्याङकनमा दोश्रो स्थान हासिल गरी ३ लाख ७० हजार थप अनुदान प्राप्त गर्न सफल यस गाविसले यस आर्थिक बर्षमा पनि सवै शर्त र मापदण्ड पुरा गरेको प्रारम्भिक मुल्याङकनबाट देखिएको मुल्याङकन कर्ता विश्वप्रकाश प्रसाईले जानकारी दिनुभयो 

No comments:

Post a Comment