mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Thursday 6 January 2011

पर्वतले सुचना प्रबिधिको आधुनिक प्रयोग बढाउन टेलिसेञ्टर स्थापना


जिल्ला हुलाक कार्यालय पर्वतले सुचना प्रबिधिको आधुनिक प्रयोग बढाउन टेलिसेञ्टर स्थापना गर्न थालेको छ । कार्यालयले हाल सम्म जिल्लाका पाँच इलाकामा टेलिसञ्टर स्थापना गरेको छ ।
जिल्ला हुलाक कार्यालय पर्वतले खुर्कोट, शाल्रि्राम, लुंखु, देबिस्थान र कार्किनेटा गरी पाँच स्थानमा आधुनिक सञ्चारका उपकरण सहितको टेलिसेञ्टर स्थापना गरेको हो । टेलिसञ्टरमा इमेल, इन्टरनेट, फोन फ्याक्स, फाटोकपी, लेमिनेसन र कम्प्युटर सिक्ने ब्यबस्था समेत मिलाइएको छ ।
चिठीपत्र ओसारप्रसारका लागि स्थापना गरिएका हुलाकमा चिठीपत्रको प्रचलन हराउन थालेकाल े इमेल इन्टरनेट जस्ता सञ्चारको आधुनिक सेवा दिन शुरु गरिएको जिल्ला हुलाक कार्यालय पर्वतका प्रमुख रामजी पराजुलीले बताउनुभयो । ‘हुलाकमा चिठी आउनै छाडे, अब हुलाकले पनि इमेल इन्टरनेट सेवा नदिए सम्म काम नै भएन ।’ उहाँले भन्नुभयो । हुलाकमा एक दशकको अबधीमा चिठी पत्रमा आधा भन्दा कम भैसकेको छ । अहिले एफएम रेडियोहरुमा केही पत्र आउने भएपनि एसएमएस कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि एफएम रेडियोमा चिठी पठाउने श्रोताहरु समेत घटेको कार्यालय प्रमुख बरालले बताउनुभयो ।
जिल्लाका सबै स्थानमा बिद्युत सेवा नपुगेका कारण टेलिसञ्टर स्थापना गर्न कठिनाई भएको छ । आगामी बर्षहुवास र उरामखोरपोखरामा पनि टेलिसेञ्टर स्थापना गर्ने तयारी भैरहेको छ । खोरपोखरामा निश्चित भैसकेको छ भने हुवासका लागि प्रयास भैरहेको कार्यालयले जनाएको छ । ‘सबै हुलाक कार्यालयमा टेलिसेञ्टर स्थापना गर्न सकेमा र्सबसाधरणलाई सहज रुपमा सेवा पुग्न सक्छ भनेर योजना बनाउँदैछौ,’ – उहाँले भन्नुभयो -बिद्युत नभएका स्थानमा सेवा बिस्तार सम्भब भएको छैन ।

No comments:

Post a Comment