mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Monday 10 January 2011

कास्केली सम्र्पक समाज बागलुङ गठन

पर्वत पुष २६ । पर्वतको छमर्केमा शनिबार सम्पन्न कास्केलीहरुको बनभोज सहितको भेलाले कास्केली सम्र्पक समाज बागलुङ गठन गरेको छ । कास्की जिल्लाबाट बागलुङमा आई बिभिन्न व्यवसाय पेशा व्यवसाय गरि बस्ने र बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको भेलाले भवनराज बरालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी सचिवमा ज्ञानेन्द्र प्रसाद अधिकारी र कोषाध्यक्षमा मनोज घिमिरे रहनुभएको छ ।
सदस्यहरुमा नवराज अधिकारी धन बहादुर कार्की बुद्धि तिवारी प्रतिक्षा शर्मा दिपकराज बास्ताकोटी र सुवर्णराज ढुङ्गाना रहनुभएको छ । एक सदस्य समितिको पहिलो बैठकले मनोनित गरिने सचिव त्रिपाठीले जानकारी दिनुभयो ।
भेलाले सल्लाहकारमा खेम बहादुर थापा दिपेन्द्र भण्डारी र ऋषिराम भण्डारीलाई चयन गरेको जनाइएको छ ।

No comments:

Post a Comment