mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Sunday 9 January 2011

घरदैलो कार्यक्रम गरी जनजागरण कार्यक्रमको सुरुवात

पर्वत पुष २५ । ताजा जनादेशको लागि नयां चुनावको मिति घोषणा गर, शान्ति र संविधान लेखनलाई पूर्णता दिन सबै राजनैतिक शक्तिहरुका बीचमा नयां संझौता गर, हिन्दुराष्ट्र, सैवैधानिक राजसंस्था र संघीयताबारे जनमत संग्रह गर, महंगी, भ्रष्टाचार, बेरोजगारी, लोडसेडिङ् र असुरक्षाको अन्त्य गर आदी मागहरुप्रति आम जनाताको समर्थन र सद्भावका निमित्त राप्रपा नेपालले आज देखी राष्ट्रव्यापी जनजागरण कार्यक्रमको शुभारम्भ गरेको छ । यसै सिलसिलामा आजै राप्रपा नेपाल पर्वत जिल्ला शाखाले सदरमुकाम कुस्मा वजारमा आयोजना गरेको जनजागरण अभियानको केन्द्रिय सदस्य बिदुर खडकाले पार्टीको पोष्टर टांसेर शुभारम्भ गर्नु भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै अर्का केन्द्रिय सदस्य नर बहादुर थापाले राप्रपा नेपालको तीन महिने जनजागरण अभियानको बारेमा प्रकाश पार्दै पार्टीको नीति कार्यक्रम र मागहरुलाई गाउ गाउमा पुगी जनस्तरमा लैजान सबै कार्यकर्तालाई आव्हान गर्नु भयो ।
जिल्ला सभापति ठाकुर प्रसाद भुसालको सभापतित्वमा भएको जनजागरण अभियान कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव प्रकाश पौडेलले दिनु भएको थियो ।
यसैगरी राप्रपा नेपाल बागलुङले सदरमुकाम बागलुङ बजारमापनि आजै स्थानीय महेन्द्रपथ लोकतान्त्रिक चोकबाट जनजागरण अभियानको शुभारम्भ गर्दै बागलुङ बजारमा घरदैलो कार्यक्रम गरी जनजागरण कार्यक्रमको सुरुवात गरेको छ ।
केन्द्रिय सदस्य नर बहादुर थापाको नेतृत्वमा पार्टी कार्यकर्ताहरुको एक जुलुसले घरदैलो कार्यक्रम गरी जनजागरण सम्वन्धि पार्टीका पर्चाहरु वितरण गरेको थियो ।
पार्टीले यस घरदैलो कार्यक्रमलाई आगामी तिन महिना जिल्लाव्यापी रुपमा सन्चालन गरी पार्टीका मागहरुलाई जनस्तरसम्म पुराउने केन्द्रिय सदस्य खडकाले बताउनु भयो ।
स्मरणीय छ केन्द्रिय सदस्य थापा बागलुङ र खडकालाई क्रमशः बागलुङ र पर्वतका लागि केन्द्रबाट जनजागरण अभियानका लागि प्रतिनिधि तोकेको छ ।

No comments:

Post a Comment