mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Friday 7 January 2011

भारतीय नोट सहित पक्राउ परेका एक भारतीय नागरीक पुर्पक्षका लागि थुनामा

पर्वत पुष २३ । ठुलो परिमाणमा अबैध भारतीय नोट सहित पक्राउ परेका एक भारतीय नागरीक पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको सदरमुकाम कुस्मा बजारबाट गत कार्तिक २९ गते चेकजाँचका क्रममा प्रहरीद्धारा पक्राउ परेका भारत बिहारको मोतीहारी जिल्ला आधापुर १४ का ३३ बर्षिय अशोक साह पुर्पक्षका लागि थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका न्यायाधीश रमेश कुमार खत्रीको एकल इजलासले अर्को आदेश नभए सम्मका लागि पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको हो ।
साहले बिगो रकम बराबरको धरौटी दाखिला गर्न नसकेपछि पुर्पक्षका लागि थुनामा पठाइएको हो । अदालतले साह संग रु २२ लाख ६३ हजार माग गरेको थियो ।
छिमेकी जिल्ला बागलुङबाट कुस्मा तर्फ जाँदै गरेको ध १ प २४८ नम्बरको मोटरसाइकलबाट १६ लाख ४६ हजार ५ सय भारतीय नोट सहित पक्राउ गरेको थियो । उनीसँगै पक्राउ परेका ख्यामबहादुर बराइली भने रिहा भैसकेका छन् । साहले कमिशनका लागि चार महिना देखि भारतीय रुपैंया सटही गर्दै आएको र एक लाख भारतीय रुपैंया बराबर ४ सय रुपैंया कमिसन लिने गरेको बताइएको छ ।
प्रहरीले बरामद गरेको भारतीय रकम मध्ये १४ लाख ३५ हजार अबैध ठहरिएको थियो 

No comments:

Post a Comment