mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Friday 7 January 2011

भेटिएका माटोका भाँडाहरु सबैभन्दा पुराना पाषाणकालीन भएको प्रमाणित

पर्वत पुष २३ । पर्वत जिल्लाको पाङ गाबिस २ मा गुफामा भेटिएका माटोका भाँडाहरु, स-साना मुगाहरु, तिर तथा भाला लगायतका सामाग्रीहरु नेपालको सबैभन्दा पुराना पाषाणकालीन भएको प्रमाणित भएको छ । इट्टा बनाउने क्रममा भेटिएका ती अबशेषहरु चारपाँच हजार वर्ष पुराना भएको पुरातत्व बिभाग काठमांडौले प्रमाणित गरेको हो । माटो खन्दै जाँदा सानो गुफा भेटिएको र गुफामा माटोका भाँडाहरुस-साना मुगाहरुतिर तथा भाला लगायतका सामाग्रीहरु भेटिएपछि पुरातत्व बिभागमा जानकारी गराई उक्त माटो परिक्षणका लागी काठमाण्डौ लगिएको थियो ।
अबशेषका बारेमा जिल्ला प्रशासन कार्यलय पर्वतको पहलमा पुरातात्विक बिभाग संग्राहलय काठमाडौबाट आएको एक टोलीले परिक्षण गर्दा चार हजार वर्ष पुराना भएको बताएको छ ।
पानी राख्ने पोखरी खन्दै जाँदा सुरुमा गेट जस्तो खाल्टो देखिएको र दुई मिटर खाडल खन्दा माटोको घैटो फेला परेको कामदारहरुको भनाई रहेको छ । फेला परेको अवशेष संरक्षणका लागि गाविसलाई समेत जिल्ला प्रशासन कार्यलय पर्वतले पत्राचार गरिसकेको छ ।
ढुङ्गेयुगिन सभ्यताको अवशेष भएकाले तारबार लगाई संरक्षण गर्न जिल्ला प्रशासन कार्यलय पर्वतले गाविसलाई निर्देशन दिएको छ । भेटिएका अवशेष नेपालकै पुरानो भन्ने प्रमाणित भएपछि पोखराबागलुङम्याग्दी र पर्वत लगायतका बिभिन्न ठाँउबाट हेर्ने मानिसहरुको भीड लाग्न थालेको छ । खेतीपाती गरिदै आएको उक्त ठाउँमा ईटा बनाउने माटो खन्ने क्रममा भेटिएका अवशेष तथा सानो गुफालाई सथानियबासीले सुरक्षित राखेका छन् । दुई मिटरको खाडलमा रहेका सामाग्रीहरु पुरातात्विक बिभाग काठमाडौका महानिरिक्षक बिष्णुराज कार्किको नेतृत्वमा एक टोली अध्ययनको लागी पर्वतको पाङ गाबिस पुगी अध्ययन गरेर फर्केको थियो ।

No comments:

Post a Comment