mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Friday 7 January 2011

राजनैतिक दलका कारण निजि क्षेत्र संकटमा

पर्वत पुष २३ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले राजनैतिक दलका कारण निजि क्षेत्र संकटमा परेको बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघको २८ औ साधारण सभाको उद्घाटन समारोहलाई सम्वधन गर्दै ताम्राकारले मुलुकको आर्थिक विकासका लागि निजि क्षेत्रको लगानी अत्यावश्यक हुने भएपनि राजनैतिक दलहरुले लगानीको बातावरण सिर्जना नगरेको अरोप लगाउनुभयो ।
मुलुकको अर्थतन्त्र विकासका लागि प्रशस्त सम्भावनाहरु छन् उहाँले भन्नुभयो-ुराजनैतिक दलको प्रतिवद्धता आवश्यक छु एक गाउँ एक उत्पादनलाई जोड दिनुपर्ने बताउँदै ताम्राकारले सरकार राजनैतिक दल र निजि क्षेत्र बिच समन्वयको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले आफ्नो जिल्लाको समग्र बिकासका लागि जिल्लाका सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
राज्य र राजनैतिक दलले गर्नुपर्ने कामहरु निजि क्षेत्रले गरिरहेको बताउँदै मुल्मीले आत्मसम्मानका साथ काम गर्ने बाताबरण तयार गरे मुलुकको आर्थिक विकास द्रुत गतिमा हुने बताउनुभयो । उहाँले राज्यका जिम्मेवार निकायले जिल्लाको चौतर्फी विकास तर्फ ध्यान नदिएको बताउनुभयो । उद्योग कृषि पर्यटनको प्रशस्त सम्भावना रहेपनि राज्यले लगानी गर्न नसकेको मुल्मीको भनाई छ ।
कार्यक्रममा केन्द्रीय सदस्य चन्द्रेश्वर ओझा आजाद श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा धौलागिरी प्रतिनिधि प्रमोद श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद ऋषिकेश तिवारी एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज नेत्र अधिकारी नेपाली कांग्रेसका जिल्ला सभापति लालकाजी गुरुङ्ग नेकपा एमालेका जिल्ला अध्यक्ष बिकास लम्साल राप्रपाका सचिव इश्वर गिरी प्रमुख जिल्ला अधिकारी बेदवहादुर कार्की स्थानीय विकास अधिकारी नरहरी बराल पूर्व अध्यक्ष काशीकुमार जोशी पत्रकार महासंघका अध्यक्ष ओमप्रसाद घायल नेपाल रेडक्र सोसाईटीका सभापति सुन्दरप्रसाद जोशी महिला उद्यमी तथा सल्लाहाकार सरस्वती भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment