mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Tuesday 4 January 2011

मेहेनत गर्न सके मनग्गे कमाउन सकिन्छ -पर्वतका एक कृषक

पर्वत पुष १९ । आफ्नै पाखोबारीमा मेहेनत गर्न सके मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण पर्वतका एक कृषकले गरेका छन् । पाखोबारीमा केरा खेती लगाएर मनग्गे आम्दानी गर्दै आएका देउपुरका गाविस ९ सुदामेका २८ बर्षिय ढाकाराम उपाध्यायले केरा खेतीबाट वार्षिक १ लाख ५० हजार भन्दा बढि आम्दानी गर्दै आउनुभएको छ ।
गत वर्षबाट व्यवसाय सुरु गरेका उपाध्यायले मनग्गे आम्दानी हुन थालेपछि यो व्यावसायलाई बिस्तार गर्दै लैजाने सोच बनाउनुभएको छ ।
उहाँले वडा नम्बर ५ र ७ मा रहेको करिब ४ रोपनी जग्गामा केरा खेती लगाउनुभएको छ । केरा खेतीवाट भएको आम्दानीले आफ्नो ९ जनाको परिवालाई गुजारा चलाउनुका साथै मासिक रुपमा बचत समेत गर्नुभएको छ । कृषक उपाध्यायको घरमा ९ जनाको परिवार रहेको छ ।
एकवर्षमै केराबाट राम्रो आम्दानी गरेँ उहाँले भन्न्ाुभयो-ुअझै विस्तार गर्ने योजनामा छु ।ु केराबाटै घर व्यवहार चलाएको छु । गाउँका अन्य कृषकले पनि उपाध्यायको सिको गरेर केराखेती सुरु गरेका छन् 

No comments:

Post a Comment