mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Tuesday 4 January 2011

भुकताङ्गले गाविस घिमराङ्गका कृषकहरु भेडापालन तर्फ आर्कषित

पर्वत पुष १९ । पर्वतको एक दुर्गम गाउँका कृषकहरु व्यावसायीक भेडा पालनतर्फ आकर्षित भएका छन् । पर्वत जिल्लाको भुकताङ्गले गाविस घिमराङ्गका कृषकहरु पछिल्लो समय भेडापालन तर्फ आर्कषित भएका हुन् । आसपासका क्षेत्रमा भेडा पालनले राम्रो आम्दानी हुने भएपछि यो व्यवसाय तर्फ आर्कषित भएका हुन । स्थानीय यम प्रसाद पौडेलले ४० वटा भेडा बाट भेडा पालेर मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।
गतवर्षदेखि शुरु गरेको भेडापालनले राम्रो कमाई हुन थालेपछि अहिले यो पेशामा लाग्नेको संख्या दिनप्रति दिन बढ्दै जान थालेको छ । कम लगानीमा राम्रो आम्दानी लिन थालेपछि भेडा पालन तर्फ आकर्षित भएको कृषकहरु बताउँछन् ।
कृषक यमप्रसाद पौडेलका अनुसार कम लगानीमा सुरु गरिएको भेडा पालन व्यवसाय राम्रो हुने हो भने एक वर्षमा डेढ लाख भन्दा बढि आम्दानी गर्न सकिन्छ । उहाले भन्नुभयो ुसामान्य लगानीमा राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायलाई विस्तार गर्ने योजना बनाएका छौ । अहिले सो क्षेत्रका एक दर्जनभन्दा बढि वासिन्दाले भेडा पाल्न थालेका छन् 

No comments:

Post a Comment