mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Sunday 2 January 2011

पर्वतका विभिन्न गाउँहरु परिचयको खोजीमा

पर्वत/नेपाल सरकारले पर्य्रटन वर्षको रुपमा सन् २०११ लाई मनाउन लागिरहँदा पर्वतका विभिन्न गाउँहरु परिचयको खोजीमा लागेका छन् । महोत्सवको मौसम सँगै जिल्लाका पर्यटकीय रुपमा गन्तव्य मानिएका विभिन्न गाउँमा महोत्सव आयोजना गरिएको छ ।
पर्यटन वर्षलाई भव्यताका साथ सफल पार्न र परिणाममुखी बनाउन जिल्लाका विभिन्न पाँच ठाउँमा महोत्सव आयोजना गरिएको हो । विगतदेखिनै कालापानीको रुपमा चिनिदै आएको हुवास गाविसमा पैायु महोत्सव दुर्लुङ्ग आर्थर भुकदेउराली र सदरमुकाम कुश्मावजारमा महोत्सव गर्न लागिएको हो । ग्रामिण पर्यटनको विकास गर्ने उद्धेश्य र ग्रामिण क्षेत्रमा रहेका मौलिक पहिचानको प्रवद्र्धन तथा प्रचारप्रसार गरी बढिभन्दा बढि पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।
अन्नपूर्ण पदमार्ग अन्तर्गत रहेपनि पर्यटन विकासमा पिछडिएको पर्वतको भुकदेउराली लौसीबोटका युवाहरुले पौष १७ देखि २१ सम्म लौसीबोट ल्होसार महोत्सवको आयोजना गरेका छन् । त्यस्तै पर्वत कास्की र स्याङजाको संगम स्थलमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पाचासेको प्रचार प्रसार गर्ने उद्धेश्यले माघ १ गतेदेखि ६ गतेसम्म आर्थरडाँडाखर्क महोत्सव गरिने भएको छ । पाचासे आउने पर्यटकको संख्यामा वृद्धि गर्न र चित्रे आर्थर भदौरे लगायतमा गाउँमा विस्तार गरिएको होमस्टेको प्रवद्र्धन तथा प्रचार गर्न तथा गुरुङ्ग संस्कृतिको जगेर्ना गर्नका लागि महोत्सव गर्न लागिएकेा हेा ।
त्यस्तै दुर्लुङ्ग गाविसमा जिल्लामै पहिलोपटक लालीगुराँस महोत्सव गरिने भएको छ । साँस्कृतिक तथा प्राकृतिक सम्पदाले महत्वपुर्ण स्थल मानिने दुर्लुङ्गमा पर्यटन सुचना तथा प्रविधि सम्वद्र्धन समितिको आयोजनामा माघ २६ देखि २९ गते सम्म दुर्लुङ्ग लालीगुराँस महोत्सब गरिने भएको हो । सरकारले मनाउन लागेको पर्यटन वर्षको अवसरमा दुर्लुङ्गमा रहेको स्थानिय संस्कृतिको प्रचारप्रसार गर्ने तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्दै बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले महोत्सब आयोजना गरिएको हो ।

santosh thapa
newsparbat.blogspot.com

No comments:

Post a Comment