mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Sunday 2 January 2011

राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति पर्वतको तेस्रो जिल्ला अधिवेशन

पर्वत पुष १८ । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति पर्वतको तेस्रो जिल्ला अधिवेशन सम्प्ान्न भएको छ । अधिवेशनले अमवहादुर रोका मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । पार्टीको उपाध्यक्षमा सुनिता पुन सचिवमा गणेश पुन सह-सचिवमा प्रज्ञा गुरुङ्ग र कोषाध्यक्षमा हिरादेवी पुन रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा अमकुमारी फकामी टकवहादुर पाईजा पुर्णवहादुर पाईजा कुलवहादुर पुन आशबहादुर फकामी र विमला पुन रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य तथा आर्थिक विभाग प्रमुख यामवहादुर बुढाथोकीले मुलुकको अग्रगामी विकासका लागि सवै दलहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अधिवेशनमा विदेश विभाग प्रमुख खिलध्वज थापा बैकल्पीक केन्द्रीय सदस्य डव वहादुर गर्वुजा राष्ट्रिय जनमुक्ति म्याग्दीका अध्यक्ष नरवहादुर थापा बाग्लुङ्गका अध्यक्ष कुमार काउचा वुद्धिजिवी टक वहादुर पुन लगायतले बोल्नुभएको थियो ।
जिल्ला अध्यक्ष मनकुमारी पाईजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा संचालन ओमवहादुर रोकाले गर्नुभएको थियो ।
collected from dhaulashree.com

No comments:

Post a Comment