mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Sunday 9 January 2011

लोकतन्त्रलाई बचाउन आम कर्मचारीको भूमिका उल्ल्ोख्य -अर्जुनप्रसाद जोशी

पर्वत पुष २५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुनप्रसाद जोशीले संकटमा पर्दै गएको लोकतन्त्रलाई बचाउन आम निजामती कर्मचारीको भूमिका उल्ल्ोख्य हुने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन पर्वतको पाँचौ जिल्ल अधिवेशको उद्घाटन समारोहलाई सम्वोधन गर्दै सांसद जोशीले आस्था र विचारका आधारमा सरकारी कामकाजमा कुनै विभेद गर्न नहुने बताए ।
मुलुकमा स्थायी सरकार नभएको अबस्थामा कर्मचारी नै स्थायी सरकारको रुपमा रहेको बताउँदै सांसद जोशीले सुशासन कायम गर्न र भ्रष्टचार निवारणका लागि पनि कर्मचारीको भूमिका महत्वपुर्ण रहने भन्दै जनताको करवाट पारिश्रमिक लिने कर्मचारीहरु जनताप्रति उत्तरदायि बन्नुपर्ने बताए ।
राजनैतिक दलहरुको सत्ता प्राप्तीको लडाईले मुलुकमा लोकतन्त्र र संविधान बन्न नसकेको बताउँदै जोशीले ठुला दलहरुमा निषेधको राजनीति बढ्दै गएकाले मुलुक संकटतर्फ धकेलीएको पनि बताए ।
केस जोशीले अनमिन प्रमुख करिन लेनग्रेनले जेठ १४ पछि राष्ट्रपतिले कु गर्नसक्ने आशंका गरेकोप्रति असन्तुष्टी व्यक्त गर्नुभयो । जोशीले लोकतान्त्रिक व्यवस्थाप्रति राष्ट्रपतिले गरेको प्रतिवद्धतामाथि आशंका नगर्न आग्रह गर्दै अनमिनको बहिर्गमनपछि पनि शान्त्ाि प्रकृयामा कुनै जटिलता नआउने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति लालकाजी गुरुङ्ग सचिव खिमप्रसाद भुषाल नेकपा एकीकृतका जिल्ला सचिव तेजेन्द्र पौडेल राप्रपाका सचिव इश्वर गिरी राप्रपा नेपालका प्रकाश पौडेल कर्मचारी मिलन केन्द्र पर्वतका अध्यक्ष चन्द्रकान्त खनाल निजामती कर्मचारी यूनियन बाग्लुङ्गका अध्यक्ष जगत पाठक पूर्व केन्द्रीय सदस्य देवीप्रसाद विलासी जिल्ला विकास समितिका भुपु उपसभापति रामशर्मा पौडेल स्वास्थ्यकर्मी संघका अध्यक्ष यमप्र्रसाद शर्मा र नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष उद्धिमराज पौडेल लगायतले बोलेका थिए ।
नेपाल निजामती कर्मचारी यूनियनका जिल्ला अध्यक्ष परशुराम पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment