mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Friday 31 December 2010

पर्वंतको शंकरपोखरीमा क्याम्पस संचालन भएपछि हर्षित

पर्वत पुष १६ । क्याम्पस पढ्नका लागी सदरमुकाम कुस्मा तथा पोखरा काठमाडौ जानुपर्ने बाध्यतामा रहेका पर्वतको ग्रामिण भेगका ४ गाबिसका बिद्यार्थीहरु गाउमै स्नातक तहको क्याम्पस संचालन भएपछि हर्षित भएका छन् । पर्वंतको शंकरपोखरीमा स्थानिय बासीको सकि्रयतामा त्रिभुवन क्याम्पस संचालनमा आएको छ । स्थानियबासीको सहयोगमा क्याम्पस संचालन भएपछि शंकरपोखरी थापाठाना भंगारा मुडिकुवा र खानीगाउका बिद्यार्थीहरुलाई प्रत्यक्ष फाइदा पुगेको छ स्थानिय बासी क्याम्पस संचालन गर्न महायज्ञ गर्न लागेनन् बरु क्याम्पस संचालन गर्न महायज्ञ नै लगाउने नयाँ परिपाटिलाई तोड्दै आफ्नै सकि्रयतामा चन्दा संकलन गरी उदाहरणीय बने । तीस लाख उठाउन स्थानियबासीलाई १० दिन पनी लागेन आठौ दिनमा मोटो रकम संकलन गर्न सफल भए । स्थानियबासी शिक्षक कर्मचारी ब्यापारी बुद्विजीबी तथा राजनितिक दलको सहयोगमा उनीहरुले उक्त रकम उठाएका हुन ।
क्याम्पस प्रमुख टेकनारायण अधिकारीले बिद्यार्थीको चाप र अभिभावकको पहलले क्याम्पस संचालन भएकोमा सबैलाई धन्यबाद दिदै थप सहयोगको अपेक्षा समेत गरेका छन् । क्याम्पसमा सहयोग प्राप्त हुने क्रम जारी छ ।
यसैवीच पर्वतको कार्किनेटा गाविसले रकम खर्च गरेर स्नातक तहको क्याम्पस सुरु गरेको छ । गाविसको रकम खर्च गरेर अन्नपूर्ण उच्च माध्यामिक बिद्यालयलाई अन्नपुर्ण बहुमुखी क्याम्पस बनाइएको हो । गाविसलाई शिक्षा गाविसको रुपमा बिकास गर्नका लागि यहाँका सम्पूर्ण राजनीतिक दल शिक्षासेवी तथा अभिभावकहरु यो अभियानमा लागेका छन् । उच्च शिक्षा लिनका लागि बिभिन्न सहर बजारका साथै घण्टौंको पैदल यात्रा गरेर अन्य गाविसमा जानु पर्ने बाध्यताको अन्त्य गर्नका लागि अभिभावकहरु यस्तो अभियानमा लागेका हुन ।
क्याम्पस सन्चालन पछि पर्वत जिल्लाका कार्किनेटा र छिमेकी गाविसका साथै स्याङ्गजाका बिभिन्न गाविसका विद्यार्थीहरुले गाउँमानै कक्षा १ देखि स्नातक तहसम्म पढ्न पाउने भएका छन् । क्याम्पसमा यसै वर्षबाट बिभिन्न बिषयमा स्नातक तहका कक्षा सुरु गरिएको क्याम्पस सन्चालक समितिले जनाएको छ । गाउँमा क्याम्पस सन्चालन भएपछि यस गाबिस लगायत अन्य छिमेकी गाबिसहरुबाट कुस्मा पोखरा काठमाण्डौ लगायतका स्थानमा जानुपर्ने बाध्यता हट्ने र गरिव बिद्यार्थीहरुले पनि गाउँमै उच्च शिक्षा तह सम्मको पढाई पढ्न सक्ने भएकाले छाक कटाएर भएपनि क्याम्पस संचालन गर्ने अभियान चलाएको अभिभावकहरुको भनाई छ ।

No comments:

Post a Comment