mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Tuesday 21 December 2010

विदेशीहरुको आकर्षण बढ्दै

 नेपाली प्रविधि प्रयोग गरेर नेपालकै नमुना पुलको दावीसहित निर्माण गरिएको पर्वतको पुल अवलोकनका लागि विदेशीहरुको आकर्षण बढ्दै गएको छ । हिमाली तथा पहाडी क्षेत्रका राजमार्गका लागि परीक्षणका रुपमा सो पुलको निर्माण गरिएको हो । 
पर्वतको सदरमुकाम कुस्माबजार नजिकै रहेको दोबिल्ला फलेबास कृषि सडकमा पर्ने मोदीखोलामा निर्माण गरिएको सो पुल बेलायती संसदीय टोलीले हिजो अवलोकन गरेको हो ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्राविधिकहरुले नेपालकै प्रविधि प्रयोग गरेर बनाएको यो पुल अन्य पुलभन्दा लागतमा आधा सस्तो र खोलाहरुमा निर्माणका लागि सजिलो भएकाले नेपालमै थप पाँच हजार यस्ता पुलहरु बनाउन सकिने अवस्था छ ।
बेलायती संसदीय टोलीका प्रमुख म्यालकभ ब्रुसले बेलायतले स्वास्थ्य शिक्षा मौसम परिर्वतनका क्षेत्रमा जस्तै सामुदायिकस्तरमा निर्माण हुने यस्ता पुलहरुको विस्तारका लागि सहयोग गर्न सकिने बताउनुभयो ।
खोलाहरुको बीचमा पिल्लर उठाउन कठिन हुने र खर्चसमेत बढी लाग्ने भएकाले यस्तो प्रविधिको पुल नेपालमा धेरै स्थानमा निर्माण गर्न सकिने विभागका इन्जिनियर निरज शाहले बताउनुभयो ।
उपभोक्ता समितिमार्फत ७२ मिटर लामो पुल बनेको पनि यो नै पहिलो हो । ग्रामीण तथा कृषि सडकहरुमा यसअघि यस्ता पुल चीनलगायतका विदेशी प्राविधिकहरुले बनाउने गरेका थिए । कुल रु। दुई करोड ५३ लाखको लागतमा सो पुल निर्माण गरिएको हो

No comments:

Post a Comment