mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Friday 24 December 2010

भोलिदेखि अनिश्चितकालीन धौलागिरि बन्दको घोषणा

 पुस ९ । धौलागिरिका बागलुङ पर्वत र म्याग्दीका उद्योग वाणिज्य संघहरुले भारतीय नोट सहित पक्राउ परेका दुइ जनाको रिहाइ लगायत १० बुदे माग गर्दै शुक्रवार बागलुङ बजार बन्द गराएका छन् । स्थानीय प्रशासनले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै विरोधमा ब्यापारीहरुलॆ भोलिदेखि अनिश्चितकालीन धौलागिरि बन्दको घोषणा गरेका छन् । भोलीदेखि उद्योग, कलकारखाना, शिक्षणसंस्था, यातायात, बजार लगायत सबै ठप्प बनाउने संघले जनाएको छ । हिजो भारतीय नोट सहित पक्राउ परेका दुइ जनालाई रिहा गर्न प्रहरीले नमानेपछि विरोधमा व्यापारीहरु बिरोधमा उत्रेका हुन् ।
भारतीय ५ सय र १ हजारको नोट लिएर बागलुङबाट बाहिर जादै गरेका भारतको रक्सौल घर भएका ४० बर्षिय जगत गुप्ता र पसा्र जिल्लाको छप्कैया गाविस ३ का बष ३७ का हिरालाल कर्णलाई प्रहरी हिजो पक्राउ गरेको थियो । प्रहरीले आज बिहानै दुवै जनालाई राजस्व विभाग काठमाडौंमा पठाएको जनाएको छ ।
भारतमा रोजगारीका लागि गएका हजारौं अन्चलवासीहरु भारतबाट साथमा ५ सय र हजारका भारतीय नोटहरु लिएर स्वदेश फर्कने हुंदा अन्चलमा भारतीय रुपयाको कारोबार हुंदै आएकोमा एक्कासी प्रहरीले व्यापारीहरुलाई पक्राउ गरेकोमा व्यापारी र स्थानीय जनताहरु आन्दोलित बनेका हुन । व्यापारीहरुसंग मात्र नभएर भारतीय सेनामा कार्यरत, अन्य रोजगारीका लागि भारत गएका अन्चलवासीहरुका घरघरमा हजार र पांचसयका भारतीय नोटहरु हुन अस्वाभाविक होईन । प्रहरीले पूर्वाग्रह राखेर नै जनतालाई दुख दिन खोजेका आरोप जनताहरुले लगाएका छन् ।

No comments:

Post a Comment