mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Sunday 19 December 2010

बालबालीकाहरुले बचत गर्न थाले

पर्वत ।
अभिभावकहरुले बिद्यालयमा खाजा वापत दिएको रकम कटाएर बालबालीकाहरुले बचत गर्न थालेका छन् । बालबालीकाहरुले आँफुले गरेको बचतको रकमले उच्च शिक्षाको लागि खर्च गर्ने योजना बनाएकाछन् ।
जिल्लाको ठानामौला गाविस-९ स्थित जनज्योति माध्यमिक विद्यालय र शिशुकल्याण प्राथमिक विद्यालयका बालबालिकाहरु एक आपसमा संगठित भई आँफुहरुसँग भएको रकम वचत गरि भबिष्यमा शिक्षामा लगानी गर्ने निर्णय गरेका हुन् ।
एक कक्षादेखी दश कक्षा सम्म अध्ययन गर्ने १६ वर्ष मुनीका बालबालिका संगठित रुपमा आफ्नो रकम बचत गर्नको लागि खुतुर्के बचततर्फ आकर्षित भएका हुन । २०६३ साल देखि नियमित खाजा खर्च कटाएर तथा चाडपर्वमा दिएको पैसा खुतुर्केमा राख्न थालेपछि हालसम्म ४४ हजार रुपयाँ जम्मा गरिसकेकाछन् ।
वालवालिकाहरु खुतुर्के बचतको साथ साथै गाउँमा विभिन्न रचनात्मक कार्यक्रम समेत गर्न थालेका छन् । उनीहरुले बालअधिकार सम्वन्धि जनचेतना मुलक कार्यक्रम टोलटोलमा सरसफाई अभियान लगायतका कार्यहरु समेत गर्ने गरेको स्थानीय डिल बहादुर बिकले बताउनुभयो । बालबालीकाहरुकै पहलमा जाँडरक्सी जुवातास नियन्त्रण अभियान विद्यालय जान नसकेकाहरुलाई बिद्यालय लैजान पहल गर्ने काम समेत गरेका छन् 

No comments:

Post a Comment