mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Sunday 19 December 2010


जिल्लाकै नमुना कृषक बने दुर्गमका बर्मेली लामो समयसम्म वैदेशीक रोजगारीका लागि विदेशीएर कमाई गर्न नसकेपछि गाउँ फर्केर तरकारीखेती शुरु गरेका पर्वतको देविस्थान गाविस-८ का ६३ वर्षिय देवीप्रसाद भुषाल बर्मेली अहिले जिल्लाकै नमुना कृषक बनेका छन् ।
विगत दुई दशक अघिदेखि भुषालले आफ्नै घर वरिपरि रहेको तीन रोपनी जग्गामा विभिन्न्ा किसिमका तरकारी खेती गरेर खर्च कटाएर वार्षिक साढे तीन लाख रुपैया आम्दानी गर्न सफल भएका छन् । कुनै किसीमको रासायनिक विषादी र मल प्रयोग नगरी प्राङगारीक पद्धतीवाट खेती गरेर प्रसस्त आम्दानी गर्न थालेपछि जिल्लाकै नमुना कृषक बनेका हुन् । काउली बन्दा टमाटर भण्टा साग प्याज लसुन लगायत मौसम अनुसारका तरकारीहरु उनकहाँ पाईन्छन् । त्यस्तै मौसमी तथा बेमौसमी काक्रो घिरौला लगायतका तरकारीहरु पनि उनले उत्पादन तथा विक्री गर्ने गरेका छन् ।
जुनसुकै मौसममा पनि घरमा तरकारी खोज्न आउने ग्राहकलाई खाली हात पठाउन नपर्ने उनी बताउँछन् । जुनसुकै सिजनमा पनि तरकारी उत्पादन गर्ने उनी पैसा मात्र कमाएका छैनन् फलेवास क्षेत्रमा पर्ने पर्वतका आधादर्जन गाविसका साथै छिमेकी जिल्ला बाग्लुङ्गका एक दर्जन गाविसका वासीन्दाहरु उनले ग्राहकका रुपमा कमाएका छन् ।
जिल्ला कृषि विकास कार्यालयवाट विभिन्न तालिम लिएपछि तरकारीखेतीप्रति आकर्षित बनेका भुषालले २०४७ सालदेखि यो खेती शुरु गरेका हुन् । लामो समयसम्म रोजगारीका लागि म्यानमारमा गाडी मर्मत गर्ने तथा नेपाल फर्किएपछि केही समय कुलेखानी र मस्र्याङदी जलविद्युत परियोजनामा काम गरेपनि कमाई नभएको उनको अनुभव छ । मेहनत र जाँगर हुने हो भने जहाँ बसेर पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने मान्यता रहेका भुषाल उमेरले बुढो भएपनि जाँगरिला र मेहेनती छन् 

No comments:

Post a Comment