mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Saturday 18 December 2010

सामुदायीक बिद्यालय स्रोतको अभावमा बन्द हुने अवस्थामा

पर्वत
गाउँमै निशुल्क र गुणस्तरीय अंग्रेजी शिक्षा दिने उद्देश्यले पर्वतको सुदुर दक्षिणी रानीपानी गाबिसमा संचालनमा आएको एक सामुदायीक बिद्यालय स्रोतको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बिद्यालय संग प्रयाप्त आर्थिक स्रोत नभएको कारण बिद्यालयले सो समस्या झेल्नुपरेकॊ हो ।
मुलुकमा शान्ति वहाली सँगै रानीपानीमा संचालित सामुदायिक प्राथमिक विद्यालयमा निजि विद्यालयमा जस्तै अंग्रेजी माध्यममा पढाई संचालनमा आएको थियो । गाउँमै गुणस्तरीय रुपमा अंग्रेजी शिक्षाको पठनपाठन हुन थालेपछि पर्वत जिल्लाका पाँच गाविसका साथै छिमेकी जिल्लाहरु गुल्मी वाग्लुङ र स्याङजा लगायतका विद्यार्थीहरु लाभान्वित भएका छन् ।
द्वन्दको समयमा गाउँ गाउँमा रहेका नीजि बोर्डिङ्ग स्कुलहरु बन्द भएपछि बाल बच्चा पढाउन सदरमुकाम लगायतका शहरहरुमा केन्द्रित अभिभावकहरु गाउँमा नै अंग्रेजी माध्यममा पढाई हुने बिद्यालय खुलेपछि गाउँ फर्केका थिए ।
सत्तरी प्रतिशत भन्दा वढि दलित परिवारका विद्यार्थीहरुले अध्ययन गर्ने सो विद्यालयमा अंग्रेजी माध्यममा कक्षा संचालन भएपछि अभिभावकहरुले राहत महशुस गरेका थिए । गत शैक्षिक सत्र देखि संचालनमा आएको लोकतन्त्र प्राथमिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि शहर वजारका वोडिङ पढाएका बालबालीकाहरु गाउँमै फर्काएका थिए ।
कक्षा नस्ररी देखि पढाई संचालन भएको सो विद्यालयमा अहिले एक शिक्षक र तीन जना शिक्षिकाहरु कार्यरत रहेको विद्यालयका संरक्षक हरी न्यौपानेले वताउनुभयो । बिद्यालयमा एकमात्र राहत दरवन्दी रहेको र सोही दरबन्दीमा प्राप्त भएको रकमले चार जना शिक्षकलाई तलब व्यवस्थापन गरिएको न्यौपानेले बताउनुभयो । बिद्यालय संकटमा परेपछि बन्द गर्नुको बिकल्प छैनु न्यौपानेले बताउनुभयो - शिक्षा कार्यालयले दश जना बिद्यार्थी भएको ठाउँमा अनावश्यक दरबन्दी थपेको छ तर हाम्रो जस्तो बिद्यालयमा कुनै चासो देखाएको छैन ।
सो विद्यालयमा दलित गरिव पिछडीएका वर्गका ८० भन्दा वढि विद्यार्थीहरुले शिक्षा लिदै आएका छन् । गाउँमा गुणस्तरिय शिक्षा नभएको भन्दै विगतका दिनहरुमा छोराछोरीलाई राम्रो शिक्षा दिनको लागि शहरवजारमा वस्न वाध्य भएका स्थानीयवासीलाई बिद्यालय संचालनमा आएपछि राहत मिलेको न्योैपानेले वताउनुभयो 

No comments:

Post a Comment