mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Monday 27 December 2010

२०११ लाई सफल बनाउन पर्वतका गाउँ गाउँमा महोत्सव हुने

पर्वत पुष ११ । पर्यटन वर्षको रुपमा मनाउन लागिएको सन् २०११ लाई सफल बनाउन पर्वतका गाउँ गाउँमा महोत्सव हुने भएका छन् । पर्यटन वर्षलाई भव्यताका साथ सफल पार्न र परिणाममुखि बनाउन जिल्लाका आर्थर, हुवास, दुर्लुङ्ग, वाँसखर्क, भुकताङले र सदरमुकाम कुश्मावजारमा महोत्सव गर्न लागिएको हो ।
ग्रामीण पर्यटनको विकास गर्ने उद्धेश्य र ग्रामीण क्षेत्रमा रहेका मौलीक पहिचानको प्रवद्र्धन तथा प्रचारप्रसार गरी बढि भन्दा बढि पर्यटक भित्राउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।
पर्वत, कास्की र स्याङजाको संगम स्थलमा रहेको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल पचासेको प्रचार प्रसार गर्ने उद्धेश्यले माघ १ गते देखि ६ गतेसम्म आर्थर महोत्सव गरिने भएको छ । पचासे आउने पर्यटकको संख्यामा वृद्धि गर्न र चित्रे आर्थर भदौरे लगायतमा गाउँमा विस्तार गरिएको होम स्टेको प्रवद्र्धन तथा प्रचार गर्न तथा गुरुङ्ग संस्कृतिको जगेर्ना गर्नका लागि महोत्सव गर्न लागिएको हो ।
यस्तै भूकताङले गाविस स्थित लौसीबोटमा स्थानीय युवाहरुले लौसीबोट ल्होसार महोत्सवको आयोजना गरेका हुन् । क्लाधुँ तमु समाजको संयोजकत्वमा स्थानीय नवद्धिप युवा क्लवले पौष १७ देखि २१ गते सम्म साचालन हुने गरी महोत्सवको आयोजना गरेको हो ।
त्यस्तै दुर्लुङ्ग गाविसमा जिल्लामै पहिलोपटक लालीगुराँस महोत्सव गरिने भएको छ । साँस्कृतिक तथा प्राकृतिक सम्पदाले महत्वपुर्ण स्थल मानिने दुर्लुङ्गमा पर्यटन सुचना तथा प्रविधि सम्वद्र्धन समितिको आयोजनामा माघ २६ देखि २९ गते सम्म दुर्लुङ्ग लालीगुराँस महोत्सब गरिने भएको हो ।
यसैगरी दक्षिण पर्वतको पैंयु क्षेत्रमा पैंयु महोत्सव हुने भएको छ । रमणीय पैंयु हाम्रो आधार ग्रामिण विकासको लागि कृषि हाम्रो पूर्वाधार भन्ने मुल नाराका साथ फागुनको पहिलो साता महोत्सव गरिने भएको हो । दक्षिण क्षेत्रको पर्यटन एवं कृषिको बजारीकरण र प्रवद्र्धन गर्नका लागि महोत्सव गर्न लागिएको छ ।
त्यसैगरी ‘समग्र पर्वत जिल्लाको प्रवद्र्धन हाम्रो दायित्व’ भन्ने मुल नाराका साथ आगामी फागुन १६ गतेदेखि २२ गतेसम्म तेस्रो पर्वत महोत्सव हुने भएको छ । व्यापार औद्योगिक तथा पर्यटन विकास कृषि लगायत जिल्लको चौतर्फी विकासका लागि महोत्सव गरिने भएको हो ।

No comments:

Post a Comment