mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Monday 27 December 2010

दृष्टिबिहिनहरुका लागि शैक्षिक सामाग्रीहरु वितरण

गणेश पौडेल
पर्वत
प्लान नेपालको सहयोगमा बाग्लुङ्ग नेत्रहिन संघले धौलागिरीका ३ जिल्लाका दृष्टिबिहिनहरुका लागि बिभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । पर्वत बाग्लुङ्ग र म्याग्दी जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययनरत ६० जना बिद्यार्थीहरुका लागि ती सामाग्रीहरु वितरण गरिएको हो ।
३ जिल्लाका ३ वटा दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई रु १ लाख ८० हजार बरावरका शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । पर्वत जिल्लाको शालिजा उच्च माध्यामिक बिद्यालय बाग्लुङ्ग जिल्लाको जनताधन उच्च माध्यामिक बिद्यालय र म्याग्दी जिल्लाको ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्यायनरत नेत्रहिनहरुलाई ति शैक्षिक सामाग्रीहरु वितरण गरिएको बाग्लुङ्ग नेत्रहिन संघका अध्यक्ष हरिदत्त शर्माले जानकारी दिनुभयो । संघले नेत्रहिनहरुका लागि सेतोछडि बे्रल पेपर स्लेट स्टाईलस डिभिडि प्लेयर लगायतका सामाग्रीहरु वितरण गरेको थियो ।
नेत्रहिन बिद्यार्थीहरुलाई शैक्षिका सामाग्री अभावका कारण उचित शिक्षा लिनबाट बिाचत हुनुपर्ने अवस्था आएकाले ति वितरण गरिएको हो । सामाग्रीले उनीहरुको शैक्षिक बिकासमा सहयोग पुग्ने शर्माले बताउनुभयो । नेत्रहिनहरुको हितमा काम गर्ने गरि बिभिन्न संघ संस्थाहरु गठन भएको भएपनि लक्षितबर्ग सम्म पुग्न नसकेकाले उनीहरुले सेवा लिनबाट बिाचत हुनुपरेको उहाँको भनाई थियो ।
बाग्लुङ्ग पर्वत र म्याग्दी जिल्लामा अझैपनि थुपै नेत्रहिनहरु रहेको भएपनि उनीहरुले उचित अवसर पाउन नसक्दा बिद्यालय जान सम्म पनि सकेकाछैनन् । बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुका लागि पनि शिक्षा बिभाग र जिल्ला शिक्षा कार्यालयले ब्रेल पाठ्यक्रम समेत उपलब्ध गराउन नसक्दा पढ्न लेख्न समेत समस्या रहेको शर्माले बताउनुभयो । नेत्रहिनहरुका लागि राज्यले उपेक्षा गरेकाले उनीहरुले उचित अवसर पाउन नसकेको उहाँको भनाई छ 

No comments:

Post a Comment