mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Saturday, 18 December 2010

पातीखोला हाइडा्रेपावर बार्षिक ५० लाख घाटामा

पर्वत मंसिर २७ । पर्वतको पातीखोला हाइडा्रेपावर बार्षिक ५० लाख घाटामा सचालन भैरहेको छ । निजी क्षेत्रको युनिफाइड हाइड्रोपावर कम्पनीले पर्वतको पातीखोलामा १ मेघावाट क्षमताको पातीखोला हाइड्रोपावरमा पानीको मात्रा कम हुँदा उत्पादन घटेकाले घाटामा सचालन भैरहेको आयोजनाले जनाएको छ । पातीखोला हाइड्रो पावरले दुई बर्ष पहिले देखि व्यावसायिक उत्पादन थालेको थियो । पातीखोलाको पानीलाई बाजुङ्ग र देउराली गाबिसको सीमानाबाट बाँध बाँधेर देउराली गाबिसको घुरुङ्ग शेरामा रहेको पावरहाउसमा खसालिएको छ । यो पर्वतको निजी क्षेत्रको पहिलो बिद्युत गृह पनि हो । यहाँ उत्पादित बिद्युत मोदीखोला जलबिद्युत केन्द्र हातामा रहेको सबस्टेशनबाट केन्द्रिय प्रसारणमा पुर् याइएको छ । आयोजनाले दिएको जानकारी अनुसार बर्षा याममा खोलामा पानीको बहाव राम्रो भएकाले १ मेघावाट क्षमतमा नै बिद्युत उत्पादन भैरहेको छ । पानीको मात्रा बढी हुँदा ५ सय किलोवाट क्षमताका दुई वटा टर्वाईन पूर्ण्र रुपमा साचालनमा आउने गरेका छन् 

No comments:

Post a Comment